दीपक गजुरेल

दीपक गजुरेल

सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

कोरोनाको कारण अन्य क्षेत्र सँगै शिक्षा क्षेत्र पनि ठप्प छ ।

विश्वविद्यालय, कलेज, विद्यालय लगायत सबै प्रकृतिको सिक्ने सिकाउने गतिविधि बन्द भएका छन् ।

अझ कति दिन वा महिना यस्तो स्थिति रहने हो भन्ने अनुमान समेत लगाउन नसकिने अवस्था छ ।

त्यसैले, नेपालमा ‘अनलाइन’ प्रविधिबाट शिक्षा दिने प्रकृया आरम्भ गर्न खोजिँदैछ ।

त्रिभूवन विश्वविद्यालयले सूचना नै जारी गरेर स्नातकोत्तर (Masters level) तहको पढाइ अनलाइन मार्फत् अगाडि वढाउने भनेको छ ।

कतिपय विषय र स्थानमा यो अनलाइन कक्षा शुरू समेत भैसकेको जानकारी सार्वजनिक भएको छ ।

  • के हो अनलाइन शिक्षा ?
  • कसरी गरिन्छ यो पढाइ ?
  • अनलाइन शिक्षाका लागि नभैनहुने आधारभूत आवश्यकताहरू के-के हुन् ?
  • छन् हामी सँग यी सुबिधा ?
  • न्यूनतम् पूर्वाधार समेतको अभावमा कसरी सञ्चालन गरिने यस्ता कक्षा ?
  • शहरी क्षेत्र बाहिर, अझ दूर्गम गाउँहरूमा इण्टरनेटको पहुँच सम्म छैन ।
  • बन्दा बन्दी अघि नै विश्वविद्यल र कलेजका पढाइ स्थगित भएका कारण विद्यार्थीहरू गाउँ गाउँ पुगेका छन् ।
  • हजारौँ विद्यार्थी यति बेला न्यूनतम् सञ्चार सुबिधा समेत उपलब्ध नभएका गाउँहरूमा छन्, बन्दा बन्दीका कारण ।
  • कमप्यूटर, उच्च गतिको इण्टरनेट, विद्युतीय पाठ्य सामग्री जस्ता आधारभूत सुबिधा गरीब विद्यार्थी सँग छैन ।
  • यस्तो बेला, यो विषम परिस्थितिमा अनलाइन कक्षा सञ्चालन गर्दा हजारौँ विद्यार्थी पढाइबाट बञ्चित हुने प्रष्ट देखिँदैछ ।
  • यसबाट मूल रूपमा गरीब विद्यार्थी प्रति घोर अन्याय हुनेछ ।

यी र यस्तै अनेक प्रश्न र पक्षको जवाफ खोज्ने प्रयत्न हो त्रिभूवन विश्वविद्यालका सहप्राध्यपाक दीपक गजुरेलको यो भिडियो मनोलग ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here