‘आतङ्ककारीबाट मूलधार’ मा ल्याइएको माओवादी कहाँ पुगेछ ?

1
661

नेपाल पोलिटी डेस्क

‘आतङ्ककारीलाई राजनीतिको मूलधारमा ल्याएको’ दावी गर्ने काँग्रेस र एमालेका नेताहरु यतिबेला किंकर्तव्यविमूढ बन्न पुगेको देखिँदैछ ।

नेपाली राजनीतिको ‘सहमति’ फेरि बिथोलिएको छ । सत्तामा रहेका काँग्रेस–एमाले लगायतले प्रस्ताव गरेको बहुमतबाट संविधान बनाउने ‘प्रक्रिया’ प्रतिपक्षी एमाओवादी र उसले नेतृत्व गरेको २२ दलीय मोर्चाले नमान्ने भएपछि ‘सहमतिमा संविधान बनाउने’ उद्देश्यमा ठेस लागेको हो ।

सुधारिएको संसदीय प्रणालीका पक्षपाती कांग्रेस-एमालेसंग कुरा नमिल्ने देखेपछि एमाओवादीसहित प्रतिपक्षले दल सडक आन्दोलन गर्ने बताएका छन् । बहुमतबाट पेल्न खोजेको भन्दै प्रतिपक्षले आन्दोलनको विकल्प नभएको बताएको हो । आन्दोलनको तयारीका लागि गृहकार्यसमेत शुरु गरिसकिएको समाचार सार्वजनिक भएका छन् ।

 ‘आवश्यक परे स्वायत्त जनसरकार गठन गर्नेसम्मका आन्दोलन हुनेछ,’ सम्मको धम्की संविधानसभाको प्रमुख प्रतिपक्षी एमाओवादीका नेताहरुबाट आएको छ ।

संसदवादीहरुलाई आफ्ना एजेण्डामा ल्याउन दवाव दिन प्रतिपक्षी दलहरुले फिदिम, जनकपुर र धनगढीमा दबावमूलक सभा गरिसकेका छन् । ‘आवश्यक परे स्वायत्त जनसरकार गठन गर्नेसम्मका आन्दोलन हुनेछ,’ सम्मको धम्की संविधानसभाको प्रमुख प्रतिपक्षी एमाओवादीका नेताहरुबाट आएको छ ।

‘आतङ्ककारीलाई राजनीतिको मूलधारमा ल्याएको’ दावी गर्ने काँग्रेस र एमालेका नेताहरु यतिबेला किंकर्तव्यविमूढ बन्न पुगेको देखिँदैछ ।

बन्दूकको नालबाट सत्ताको स्थापना गर्ने उद्देश्य बोकेको माओवादीले ‘बहुमतको बलमा पेलेर’ संविधान बनाए आफूलाई मान्य नहुने बताएको छ ।

‘लोकतन्त्र’ मा बहुमतको निर्णय स्वीकार नगर्ने, अनि बहुमतका विरुद्ध आन्दोलनको बाटो रोज्ने ‘मूलधारमा ल्याएको’ भनिएको माओवादी कहाँ पुगेको रहेछ ? यो प्रश्नको जवाफ दिल्लीको निर्देशनमा १२ बुँदे सम्झौता गरेर मुलुकलाई आजको अनिश्चयमा पुर्याउने काँग्रेस–एमालेले दिनु जरुरी छ ।

‘लोकतन्त्र’ मा बहुमतको निर्णय स्वीकार नगर्ने, अनि बहुमतका विरुद्ध आन्दोलनको बाटो रोज्ने ‘मूलधारमा ल्याएको’ भनिएको माओवादी कहाँ पुगेको रहेछ ? यो प्रश्नको जवाफ दिल्लीको निर्देशनमा १२ बुँदे सम्झौता गरेर मुलुकलाई आजको अनिश्चयमा पुर्याउने काँग्रेस–एमालेले दिनु जरुरी छ ।

गढिमाई मेलामा हुने पशुवलीलाई हिंसा भनेर विरोध गर्नेहरु मुलुक र जनतालाई फेरि काटमार र विध्वंशमा जाक्ने तयारीमा लागेको प्रष्ट हुँदैगएको छ ।

आजसम्म औपचारिक रूपमा हिंसा नत्यागेको र विगतमा सशस्त्र विद्रोह गरेको शक्तिले ‘अनिष्ट हुन्छ,’ ‘देश मुठभेडमा जान्छ’ जस्ता धम्की दिने, अनि आन्दोलनको तयारी पनि गरिराखेको अहिलेको अवस्थामा ‘लोकतन्त्रवादी’ हरुले आ–आफ्नो स्थिति प्रष्ट पार्न ढिलो गर्न हुन्न ।

 

 

1 COMMENT

  1. पशुलार्इ मार हान्दा बरू केही वेर रोकिए होलान् तर निर्दोष, निरपराध, निहत्था नेपालीलार्इ बिना अपराध गिँड्दै हिँडे । त्यस्तो समूहको नेतृत्वले गढिमाई मेलामा हुने पशुवलिलाई हिंसा भनेर विरोध गर्नेहरुलार्इ सहयोग गर्ने वचन दिएका छन् रे । तर जसरी पनि जनता र मुलुकलाई फेरि काटमार र विध्वंशमा नलगि नछाड्ने तयारीमा लागेको प्रष्ट हुँदैगएको छ ।

    विगतमा सशस्त्र विद्रोह गरेको र आजसम्म औपचारिक रूपमा हिंसा त्यागेको घोषणा नगरेकाे वा हिंसा नत्यागेको शक्तिले ‘अनिष्ट हुन्छ,’ ‘देश मुठभेडमा जान्छ’ भन्ने जस्ता धम्की दिंदै आन्दोलनको तयारी समेत गरिराखेको स्पष्ट देखिएको छ । अहिलेको यस्तो अवस्थामा ‘लोकतन्त्रवादी’ हरुले आ–आफ्नो धारणा एवं स्थिति प्रष्ट पार्नै पर्छ । गहिरार्इ नबुझेर वा क्षमतै नपुगेर यसमा ढिलो गरे भने पनि त्यसकाे परिणाम वास्तवमा ‘लोकतन्त्रवादी’ ले मात्र हाेइन समग्र प्रजातन्त्रवादीहरूले नै चुकाउ नै पर्ने हुन्छ है, बेलैमा होस् पुर्याऔँ ।