आरक्षण विषवृक्ष हो – डा. राजेश अहिराज

0
442

आरक्षण विषवृक्ष हो । यसले नेपाल र नेपालीलाई समाप्त पार्छ ।

– डा.  राजेश अहिराज

समाज शास्त्री डा. राजेश अहिराजको विश्लेषणमा आरक्षणले नेपाल राष्ट्र तथा नेपाली समाजलाई दीर्घ रूपमा अत्यन्तै नकारात्मक असर पार्छ ।

www.nepalpolity.com तथा Nepal Polity च्यानेलका प्रधान सम्पादन तथा त्रिभूवन विश्वविद्यालयका सह-प्राध्यापक, राजनीति शास्त्री, दीपक गजुरेल सँग कुरा गर्दै, समाजको गहिरो अनुसन्धानकर्ता, समाज शास्त्री डा. अहिराजले आरक्षणका बारे यो भिडियो कुराकानीमा गर्नु भएको विश्लेषणका मुख्य बुँदाहरू :

– आरक्षणले नेपाली समाजलाई कमजोर पार्दैछ ।

– हामीलाई जातका आधारमा विभाजन गर्दैछ ।

– जात-जातका बीच घृणा बढाउँदैछ ।

– शदियौँ देखि एक जुट रहेको सबै जातको फूलबारी नेपालीहरूमा फूट गराउँदैछ ।

– जात, धर्म, क्षेत्र जस्ता अवधारणाले नेपाललाई कमजोर पार्दैछ ।

– आरक्षणले पछाडि परेका नागरिकलाई सधैँका लागि हीनताबोध गराउँछ ।

– आरक्षणले ज्ञानको अपमान गर्छ ।

– आरक्षणले शीप र क्षमतालाई तिरस्कार गर्छ ।

– आरक्षणले राज्य संयन्त्रलाई कमजोर पार्छ ।

– आरक्षणले कमसललाई सक्षमको शासक बनाउँछ ।

– आरक्षणले सक्षमलाई पछाडि पारिदिन्छ र ज्ञान तथा शीप पलायन हुन्छ ।

– अहिलेको जस्तो जातमा आधारित आरक्षणलाई लामो समय सम्म कायम राखियो भने यसले राष्ट्र तथा समाजलाई बिषले जस्तो गरी समाप्त पारिदिनेछ ।

त्यसैले,

– आरक्षण होइन, सवलीकरणको बाटो अपनाउनु पर्छ हामीले ।

– खुल्ला प्रतिश्पर्धाबाट अवसर पाउन नसक्ने वर्गका नागरिकलाई सवल बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

– सरकारी वा अन्य क्षेत्रमा अवसर चाहने पछाडि परेका इच्छुक नागरिकहरूको पहिचान गरी उनीहरूलाई आवश्यक शीप, ज्ञान, दक्षता प्रदान गर्न विशिष्ठ प्रकारका विभिन्न कार्यक्रमहरू मार्फत् काम गरिनु पर्छ ।