एमाले–माओवादी मिलाप : मासिने पालो अब कसको ?

0
889

विदेशी स्वार्थ र सञ्चालनमा हामी आफैँ नेपाल सिध्याउँदैछौँ ।

राणा विरूद्ध राजा र दलहरू मिलाइयो विदेशीद्वारा । अर्को चरणमा राजा विरूद्ध, कहिल्यै नमिल्ने, काँङ्ग्रेस र कम्यूनिष्टको मिलाप गराइयो २०४६ मा । तिनै काँङ्ग्रेस र कम्यूनिष्ट विरूद्ध अर्को कम्यूनिष्ट उठाएर हिँसा गराइयो २०५२ देखि १० वर्ष सम्म ।

अनि फेरि राजाको पालो आयो । हिँसा गरिराखेको, नेपाल, भारत र अमेरिकाले समेत आतङ्ककारी भनेको, माओवादी र काँङ्ग्रेस सहित संसदीय दलहरूलाई एक ठाउँ गाभेर राजा विरूद्ध ‘आन्दोलन’ गर्न १२ बुँदे दिल्ली सम्झौता गराइयो २०६२ मा ।

भारत सरकारको प्रत्यक्ष निर्देशनमा भएको सो सम्झौताले राजालाई एक्ल्याएर अन्तत: नेपालबाट राजसंस्था नै समाप्त पार्यो । यस क्रममा एक पछि अर्को गर्दै हाम्रा सबै राष्ट्रिय संस्थाहरू कमजोर पारिए, समाप्त पारिए, हामीलाई नै हतियार बनाएर ।

लोकतन्त्रका नारा उरालेर राष्ट्रिय एकताको प्रतीक राजसंस्था समाप्त पारियो, सबै भन्दा पहिला । त्यस पछि प्रहरी, प्रशासन, व्यवस्थापिका, सेना, न्यायपालिका, राजनीतिक दलहरू, नेताहरू, संस्कृति, धर्म, परम्परा, सबैलाई कमजोर पारियो वा मासियो नै, केही गर्नै नसक्ने गरी, फेरि उठ्नै नसक्ने गरी ।

भारतले नमिलाइदिए सम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा काँग्रेस सकियो । यी दुई कम्यूनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।

तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।

प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

राजनीति शास्त्री दीपक गजुरेलको विश्लेषण यो Monologue मा ।