अनेक प्रकारका यी जानकारी र तथ्याङ्कको एउटै अर्थ हो – गरीबीका कारण उत्पन्न हुने अनेक अवस्था, रोग र भोकले प्रत्येक महिना यो संसारमा कम्तिमा १२ लाख मानिस मर्ने गरेका छन् ।

खान नपाएर, भोकले, मात्र यो साढे चार महिनामा ४५ लाख मानिस मरे । प्रति महिना १० लाख मानव कालको आहारा !

दीपक गजुरेल

सह-प्राध्यापक, त्रिभूवन विश्वविद्यालय

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

कोरोना भाइरसबाट लाग्ने रोग (कोभिड-१९) को प्रभाव बिचित्र देखिन्छ ।

कोभिड-१९ रोगको उपचार छैन । रोकथाम एक मात्र उपाय हो यसबाट जोगिने । यसका लागि ‘सामाजिक दूरी’ अनिवार्य र अचुक उपचार हो भनेर सोही अनुरूप संसारभर ‘लकडाउन’ लाई उच्च प्राथमिकता दिइँदैछ ।

चार महिना देखि संसारका सबै मानवीय गतिविधि लगभग ठप्प पारिएका छन्, ‘लकडाउन’ मार्फत् । अर्थतन्त्र, समाज, धर्म-संस्कृति, शिक्षा, अध्ययन-अनुसन्धान लगभग बन्द छन् सबै क्षेत्र । मानवीय विकासको गति रोकिएको छ ।

यो कोरोनाको प्रभावले मानव जातिका हरेक पक्षमा अभूतपूर्व असर पार्ने र त्यो असर लामो समय सम्म रहने, र वर्षौ सम्म यसले उथल-पुथल ल्याउने प्रक्षेपण गर्दैछन् विशेषज्ञहरू ।

लकडाउन निर्विकल्प हो ?

विश्वभर कोभिड संक्रमणको विविध तथ्याङ्क विश्लेषण गर्दा तार्किक दिमाग खलबलिन्छ ।

संक्रमितको संख्या, संक्रमित मध्ये मृत्यु हुनेको गणना, उपचारबाट निको हुनेको संख्या जस्ता तथ्याङ्क हेर्दा रोचक छ ।

‘लकडाउन नगरे ध्वस्तै हुन्छ’, ‘त्यसैले थुनिएर बस्नै पर्छ’ भन्ने ‘अचुक’ ठानिएको उपायले गज्जबको दृश्य देखाउँछ । जुन देशमा कडिकडाउ बन्दाबन्दी गरियो त्यहाँ कोभिडबाट हुने मृत्यु दर वढी छ । र, जसले बन्दाबन्दीमा ‘लापरवाही’ गर्यो उसकामा मृत्यु दर तुलनात्मक रूपमा कम देखिन्छ तथ्याङ्कमा ।

विश्व स्वास्थ्य संगठन जस्ता निकायका स्रोत उल्लेख गरेर तथ्याङ्क प्रस्तुत गर्ने, र सबैले आधिकारिक स्रोत मानेर प्रयोग गर्ने https://www.worldometers.info/coronavirus/ बाट जेष्ठ १३, २०७७ (मे २६, २०२०) मा लिइएको तथ्याङ्कका अनुसार यस्तो तस्बीर बन्छ :

विश्वको कूल जनसंख्या – ७ अर्व ७८ करोड …

कोभिड-१९ संक्रमित – ५६ लाख ११ हजार …

विश्व जनसंख्याको प्रतिशत – ०.०७२

संक्रमित मध्ये मृत्यु भएका – ३ लाख ४८ हजार …

संक्रमित मध्ये मृत्यु प्रतिशत – ६.२

निको भएका – २३ लाख ८८ हजार …

संक्रमित मध्ये निको भएका प्रतिशत – ४२.५५

अन्यको उपचार हुँदै वा क्वारेण्टिनमा वा आइसोलेशनमा ।

कोभिडबाट अत्यधिक प्रभावित केही देशको तथ्याङ्कको तस्बीर अझ रोचक देखिन्छ ।

बन्दाबन्दीलाई कडाइका साथ लागू गरेका चीन र इटलीमा मृत्यू दर क्रमश: ५.५८ र १४.२८ प्रतिशत् छ । अर्का तिर, लकडाउनलाई ‘लापरवाही’ गरेको वा बन्दाबन्दी गर्दै नगरेका संयुक्त राज्य अमेरिका र ब्राजिलमा कोभिडको मृत्यु दर क्रमश: ५.८४ र ६.२४ प्रतिशत् भन्ने आधिकारिक तथ्याङ्क आएको छ ।

झन् दक्षिण कोरियामा त कोभिड मृत्यु दर अत्यन्तै थोरै छ, २.३९ प्रतिशत् मात्र । पूर्वी एशियाको यो मुलुकले बन्दाबन्दी कति गर्यो वा के गर्यो भन्ने सबैलाई जानकारी छ नै ।

हाम्रो ‘भद्रगोल’ स्तरको निकटता रहेको भारतमा सिद्धान्तत: कडिकडाउ बन्दाबन्दी गरियो । तर, व्यवहारमा हजारौँ होइन लाखौँ मानिस महिनौँ देखि, अहिले पनि, देशव्यापी रूपमा चलायमान रहको यथार्थ सार्वजनिक जानकारीमा छ । ‘सोसल डिष्टान्सिङको धज्जी उडेको’ ठानिएको भारतमा कोभिड मृत्यु दर २.८६ प्रतिशत् छ ।

चीन र इटलीमा जस्तो बन्दाबन्दी गर्ने र आफ्ना करोडौँ जनतालाई निष्फिक्री चलयमान हुन दिइराख्ने संयुक्त राज्य अमेरिका, ब्राजिल र भारतमा कोरोना संक्रमण र मृत्युमा के भिन्नता रह्यो ? कुनै तार्किक र वैज्ञानिक आधार फेला पार्न गाह्रो छ, ‘बन्दाबन्दी नगरे ध्वस्तै हुन्छ’ भन्ने आतङ्कमा ।

(माथि उल्लेखित तथ्याङ्क यहाँ संलग्न ‘म्याट्रिक्स’ मा)

धनी मर्नु हुन्न, गरीब ‘मरिराखुन’ !

जीवन यापन, रोजगारी, उत्पादन, आय, शिक्षा, स्वास्थ्य, मनोविज्ञान, सामाजिक सम्बन्ध, हरेक हिसाबले गरीब पिसिँदैछन् । कोरोना सङ्कट नहुँदै पनि लाखौँ होइन करोडौँ गरीब मारमा परिराखेका छन् विश्वभर ।

खान नपाएर, उपचार नपाएर दशौँ लाख गरीब मरिराखेका छन् संसारभर, वर्षेनी । समाचार पनि बन्ने गर्दैन कहिल्यै यिनको मृत्युको ।

यो वर्गको कल्याणका कुरा त राजनीति गर्ने र कमाउनेहरूका नारा मात्र !

आधिकारिक सूचना र तथ्याङ्क, गरीबका हिसाबले, कहालीलाग्दा छन् :

  • ८४ करोड भन्दा बढी मानिस कूपोषणले ग्रस्त छन् संसारमा यस बेला । राष्ट्र संघ खाद्य तथा कृषि संगठनको तथ्याङ्क यसै भन्छ ।
  • झण्डै २८ अर्व डलर खर्च गरिएछ, ‘मोटोपन / भूँडी घटाउने’ उपचारमा, त्यो पनि अमेरिकामा मात्र ! यो तथ्याङ्क सन् २०२० को यो साढे चार महिनाको मात्र हो । विश्वभर के छ स्थिति यसैबाट थोरै अनुमान लगाउन सकिहालिन्छ ।
  • एकातिर खान नपाएर मान्छे मर्ने, अर्कातिर घेरै खाएका कारण रोग लागेर उपचारमा अर्वौँ डलर खर्च गर्ने – मानवीय हितको विडम्बना !
  • खान नपाएर, भोकले, मात्र यो साढे चार महिनामा ४५ लाख मानिस मरे । प्रति महिना १० लाख मानव कालको आहारा !
  • ३ लाख ४० हजार भन्दा बढी मानिस मरिसके छन्, शुद्ध खानेपानीका अभावले अनेक रोग लागेर संसारभर । यो आँकडा सन् २०२० को यो साढे चार महिनाको मात्र हो ।
  • शुद्ध खानेपानीमा पहुँच नपाएका ८० करोड भन्दा बढी मानिस छन् संसारमा ।
  • सामान्य रूघा खोकी ज्वरोको उपचार नपाएर झण्डै २ लाख मानिस मरिसके छन् यो साढे चार महिनामा ।
  • औलो रोगबाट ४ लाख जति मान्छ मरेछन् यो अवधिमा ।

यी तथ्याङ्कको स्रोत : https://www.worldometers.info

धनी मर्नु हुन्न ! गरीब त मरिराखुन् !

यही दर्शनले काम गरिराखेको त होइन कोरोनाको यो आतङ्कमा ?

चिन्ता यतिमै सकिँदैँन । अवस्था भयङ्कर गम्भीर छ । भोलिका दिन अझ बढी भयावह र हाहाकारपूर्ण हुने स्थिति बन्दैछ ।

अनेक प्रकारका यी जानकारी र तथ्याङ्कको एउटै अर्थ हो – गरीबीका कारण उत्पन्न हुने अनेक अवस्था, रोग र भोकले प्रत्येक महिना यो संसारमा कम्तिमा १२ लाख मानिस मर्ने गरेका छन् ।

तर, यी मानिस कहिल्यै समाचार पनि बन्दैनन् ! यिनीहरूको ‘उद्धार’ हुने आशा गर्न सकिने ठाउँ कत्ति छ कुन्नी ?

कोभिड-१९ ले मान्छे मार्न थाले देखि अहिले सम्म, साढे चार महिनामा, यो रोगका कारण ३ लाख ५० हजार मानिस मरेको आधिकारिक जानकारी उपलब्ध छ । यो साढे तीन लाखको आँकडामा गरीब र धनीको अनुपात कस्तो छ भन्ने तथ्याङ्क भेटिन्न । त्यस्तै यी मध्ये कति जनाको स्वास्थ्य अवस्था कस्तो थियो भन्ने जानकारी पनि देखिन्न ‘पब्लिक ‘डोमेन’ मा ।

तर, एउटा कुरो चाहिँ स्पष्ट छ, कोभिड-१९ बाट धनी देशका मानिस बढी मरेका छन् । त्यसमा पनि गोराहरू अधिकाँश !

धनी मर्नु हुन्न ! गरीब त मरिराखुन् !

यही दर्शनले काम गरिराखेको त होइन कोरोनाको यो आतङ्कमा ?

प्रमाणित छ तथ्य र जानकारीका आधारमा, कोभिड-१९ ले सबै भन्दा ठूलो बज्रपात गरीब माथि गर्दैछ ।

चिन्ता यतिमै सकिँदैँन । अवस्था भयङ्कर गम्भीर छ । भोलिका दिन अझ बढी भयावह र हाहाकारपूर्ण हुने स्थिति बन्दैछ ।

कोभिड-१९ का कारण, रोग लागेर होइन लकडाउन र यसको आतङ्कका कारण, ४ करोड देखि ६ करोड थप मानिस निरपेक्ष गरीबी (Extreme Poverty) मा जाकिने प्रक्षेपण विश्व ब्याङ्कको एक अध्ययनले गरेको छ ।

यो प्रक्षेपण अप्रिल अन्त्य तिरको रहेछ । त्यस पछिको यो एक महिना र अझ अनिश्चित कति हप्ता वा महिना थपिने हो ?

त्यस बेलाको तस्बीर ? अनि, मावनको यथार्थ जीवन ?

स्रोत: https://blogs.worldbank.org/opendata/impact-covid-19-coronavirus-global-poverty-why-sub-saharan-africa-might-be-region-hardest

93 Total Views 2 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here