देवप्रकाश त्रिपाठी,

बरिष्ठ पत्रकार तथा केन्द्रीय संयोजक, मातृभूमिका लागि नेपाली

देवप्रकाश त्रिपाठी
  • अचानक आइलागेको कोरोना भाइरसको रोगले विश्वलाई नै अस्तव्यस्त पारिदिएको छ ।
  • संसारका प्रत्येक मानिसलाई यसले सङ्कटमा पारेको छ ।
  • एकातिर रोगको त्रासले पिरोलेको छ भने, अर्का तिर, बन्दाबन्दीका कारण सम्पूर्ण मानव जाति घर भित्रै थुनिएर बस्न बाध्य भएको छ ।
  • मानिसले जति विकास गरेको भए पनि, विज्ञानले जति प्रगति गरेको भए पनि रोगको यो सुक्ष्म जीवाणुले हरेकलाई आच्छु-आच्छु पारेको छ ।
  • मानिस निरीह बन्न पुगेको छ प्रकृतिको यो प्रहारका अगाडि ।
  • न कुनै औषधि छ, न उपचार, न खोप !
  • यसबाट बच्ने एउटै उपाय भनेको मानिस – मानिस बीच दूरी कायम गर्ने मात्र हो ।
  • यसले गर्दा मानिस एक्लिएको छ । महिनौँ देखि एकै ठाउँमा, घरमा थुनिएर बस्नु पर्दा अनेक मनोवैज्ञानिक प्रभाव पर्न थालेको छ ।
  • मानसिक, भावनात्मक र सामाजिक रूपमा अबको समाज पहिलेको जस्तो हुने संभावना देखिन्न ।
  • अबको मानव जीवन फरक पद्धतिबाट चल्नु अनिवार्य देखिन्छ ।
  • मानिसले प्रकृतिको सम्मान र संरक्षण गर्नु जरूरी देखियो ।
  • त्यसै अनुसार हामी मध्ये प्रत्येकले आफ्नो जीवन शैली बदल्नु आवश्यक छ ।
  • यसको लागि उपयुक्त ढङ्गको तयारी अहिल्यै देखि थालिहाल्नु पर्छ सबैले आ-आफ्नो स्तरबाट ।
  • सरकारले निश्चित नीति-नियम, कार्य शैली, योजना र उपयुक्त कार्यान्वयनका खाका तयार गरेर काम गर्नु पर्छ ।
  • त्यसै गरी सामाजिक स्तरमा हामीले तयारी गर्नु पर्छ ।
  • व्यक्ति र परिवारको स्तरमा पनि हाम्रो जीवन शैली सोही अनुसार चलाउन थाल्नु आवश्यक छ ।
  • हाम्रो पूर्वीय जीवन पद्धतिलाई अहिलेको सन्दर्भमा लागू गर्नु पर्ने देखियो ।
  • हाम्रा पूर्खाले बनाएको जीवन पद्धति नै वैज्ञानिक मात्र होइन व्यवहारिक पनि ठहरियो ।
  • आधुनिकताको नाममा हामी अहिले सम्म गलत बाटोमा लागेका रहेछौँ भन्ने पुष्टि भयो ।
  • त्यसैले, हामी सबैले आ-आफ्नो स्तरबाट तत्काल काम थाल्न अब ढिला गर्नु हुन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here