क्षमता भए गर्न सकिन्छ

0
234
अस्मिका गुरागाईँ र शुष्मा बराली

अस्मिका गुरागाईँ र शुष्मा बराली ।

दुई अभिन्न मित्र । एउटीलाई कतै देखियो भने अर्की पनि सँगै वा त्यहिँ छेउछाउ हुने संभावना प्रवल । रत्न राज्यलक्ष्मी कलेजमा बि ए अन्तिम बर्षका विद्यार्थी ।पत्रकारिता र राजनीति शास्त्र मुख्य विषय पढ्दै छन्, एउटै कक्षामा ।

पढाइ जारी छँदै गतिलो ‘जागीरे,’ त्यो पनि ‘ठूला मिडिया’ मा ।

शुष्मा बराली राष्ट्रिय दैनिक नागरिकमा रिपोर्टर छन् भने अस्मिका गुरागाईँ ए पि डी (Asia Pacific Daily) नामक अन्तर्राष्ट्रिय पत्रिकामा । ए पि डीको नेपाल संस्करण काठमाडौँबाट निस्कन्छ ।

यो स्तरका सञ्चार माध्यममा यति हैसियतको काम पाउन जो कोहीले सक्तैन । पत्रकारिताको ज्ञान, भाषा, लेखन दक्षता, प्रस्तुति क्षमता अनिवार्य चाहिने यस्तो काम कसरी पाए त सिक्दै गरेका यी विद्यार्थीले ?

अस्मिका र शुष्मा एकै स्वरमा, गर्वले भन्छन्, ‘कसैको सोर्समा हैन’ ।

हो, भर्खरका ‘पत्रकार’ यिनीहरूको क्षमता र दक्षताको प्रमाण ‘नागरिक’ र ‘ए पि डी’ का अङ्कहरूका प्रस्तुतिले दिन्छन् ।

यी दुई होनहार छन् । यिनले भोलि ‘केही’ गर्छन् भन्ने त यिनीहरूले भिडियो क्यामेरामा निर्धक्क साथ बोलेको हेर्दा, सुन्दा पनि अनुमान लगाउन सकिन्छ ।

पत्रकारितालाई ‘क्यारियर’ कै रूपमा लिने अठोट भएका शुष्मा र अस्मिका सँग Nepal Polity च्यानेलका लागि सहप्राध्यापक दीपक गजुरेलले गर्नु भएको कुराकानी को भिडियो रिपोर्ट