‘खानेकुरा खेर फाल्नु पाप हो’ भन्ने सन्देश प्रवाह गरौँ विभिन्न तरिकाले विभिन्न माध्यमबाट । यस्ता प्रकारका सूचना सार्वजनित ठाउँहरूमा टास्न थालौँ ।

शेखर ढुङ्गेल

शेखर ढुङ्गेल

बिषय दैनिकी कै हो । तर अहिले कोरोनाको महामारी र छिमेकी सँगको विवादले ल्याउन सक्ने विविध समस्या समेतलाई ध्यानमा राखी हामीले बानी बसाल्नु पर्ने गहन बिषय प्रस्तुत गर्दैछु ।

केही बर्ष पहिले मलेसियामा वातावरण सम्बन्धी विश्व सम्मेलन भएको थियो । त्यस सम्मेलनमा प्रस्तुत प्रतिवेदनका अनुसार संसारभर वर्षेनी ११३ अर्व टन खाद्यान्न विभिन्न कारणले नष्ट हुने गरेको छ । विश्वमा प्रति दिन ९२३ लाख मानिस भोकै बस्न बाध्य छन् । विश्वमा प्रतिदिन ३५ हजार बालबालिका कूपोषण र भोकले मर्छन् । र, संसारभर आज ८७ करोड मानिस कूपोषणको शिकार भएका छन् ।

तसर्थ खाद्य सुरक्षाको विषयलाई घरायसी फाइदा वा राष्ट्रिय हितमा मात्र होइन मानवीय सेवा र दायित्वको रूपमा समेत लिनु पर्ने  आवाज उठिरहेको छ ।

हाम्रो छिमेकी भारतले यस गम्भीरतालाई मनन गरेर खाद्यान्न सुरक्षा कानून निर्माण गरिसकेको छ । केही समाज सेवीहरूले विविध प्रकारका पार्टी, होटेल आदिमा फ्याँकिने र खेर जाने खानेकुरालाई सफा र सुरक्षित तरिकाले सङ्कलन गरी गरीबहरूको ढोकामा पुर्याउने काम शुरू गरेका छन् ।

आउनुस् हामी पनि ‘भोक छैन’, ‘मिठो लागेन’, ‘यो मन पर्दैन’, ‘बासी भयो’ जस्ता बहाना बनाएर खानेकुरा खेर नफालौँ । हामीले आयोजन गर्ने भोज, सामूहिक भोजन कार्यक्रम, होटेल, रेष्ट्रँ आदि कुनै पनि ठाउँमा खानेकुरा त्यसै नफाल्ने प्रण गरौँ । गरीबका लागि सहयोगी बनौँ । खाद्य सुरक्षाका लागि हामी सबैले आ-आफ्नो स्तरबाट सक्दो योगदान गरौँ ।

वार्षिक खर्व रूपियाँ भन्दा वढीको खाद्यान्न आयात गर्ने हाम्रो मुलुकले खानेकुरा जोगाउन हरेक प्रयाश गर्न जरूरी छ ।

‘खानेकुरा खेर फाल्नु पाप हो’ भन्ने सन्देश प्रवाह गरौँ विभिन्न तरिकाले विभिन्न माध्यमबाट । यस्ता प्रकारका सूचना सार्वजनित ठाउँहरूमा टास्न थालौँ ।

वार्षिक खर्व रूपियाँ भन्दा वढीको खाद्यान्न आयात गर्ने हाम्रो मुलुकले खानेकुरा जोगाउन हरेक प्रयाश गर्न जरूरी छ ।

घर, पसलमा मात्र होइन यो अभियान हाम्रा मठ मन्दिरमा पनि थाल्नु आवश्यक छ । देवी देवतालाई हामीले तील, जौ, अक्षता चढाउँदा अब देखि प्याकेट बनाएर चढाउन थालौँ । यसो गर्दा अन्न खेर जाँदैन ।

त्यसै गरी फलफूल चढाउँदा पनि प्रसाद सफा रहने र खान मिल्ने गरी मात्र चढाउने बानी बसालौँ । कुनै पनि सन्दर्भमा खानेकुरालाई पुन: प्रयोग गर्न मिल्ने गरी उपयोग गर्ने तरिकाहरू अपनाऔँ ।

यति गर्न सक्यौँ भने हामीले वार्षक कैयौँ अर्व रूपियाँको खाद्यान्न आयात कम गर्न मद्दत गर्न सक्छौँ । चामल मात्र होइन, अन्य खाद्य पदार्थ, फलफूल, तरकारी ठूलो परिमाणमा जोगाउन सक्छौँ ।

आस्था र सँस्कृति, परम्परा पनि निरन्तर हुने, मठ मन्दिर समेत मानवीय सेवामा प्रयोग हुने । यो नीति हामीले लागू गर्नु पर्छ ।

जसरी हुन्छ ईश्वरको अनुपम कृपाले सृजित खानेकुराको अधिकतम सदुपयोग र सुरक्षा हाम्रो दैनिकी हुनु पर्छ ।

ढुङ्गेल सामाजिक अभियन्ता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here