चन्द्र नहर र सय वर्ष पुराना यी बलिया पुल

0
167

दीपक गजुरेल

दीपक गजुरेल

 

 

 

झण्डै १०० वर्ष अघि बनेको यो पुलमा सिमेण्ट प्रयोग भएको छैन ।

बाटो काट्न, चन्द्र नहरमा ठाउँ-ठाउँमा उस बेला बनाइएका सबै पुल यस्तै छन् ।

कञ्चनपुर, बरगाछी-चाँदनी चौकमा रहेको चन्द्र नहरको पुल

एक शताब्दि आयु पुग्न लागेका, चन्द्र नहरमा बनाइएका, यस्ता पुल अझै जस्ताको त्यस्तै छन् । अहिलेका ‘ठूला’ मालबाहक ट्रक समेत मज्जाले धानेका छन् ।

‘मर्मर सम्भार’ नियमित गरिए जस्तो पनि देखिन्न !

चन्द्र नहर नेपालको पहिलो ‘आधुनिक’ सिँचाइ प्रणाली हो, राणा प्रधानमन्त्री श्री ३ महाराज चन्द्र शमसेरले बनाएका ।

त्रियुगा नदीको पानी, फत्तेपुरबाट नहरमा पठाइने यो नहरले सप्तरी जिल्लाको निक्कै ठूलो क्षेत्रमा सिँचाइ सुबिधा पुर्याइराखेको छ, अहिले पनि ।

चन्द्र नहरको मुहान : फत्तेपुरमा रहेको नहरको ‘हेड वर्क्स’

वि. सं. १९७९ (१९२२ इ.) मा निर्माण आरम्भ गरेर वि. सं. १९८५ (१९२८ इ.) मा, जम्मा ६ वर्षमा, बनिसकेर सिँचाइ गर्न थालेको हो, यो नहरले ।

नेपालका पहिलो इञ्जिनियर डिल्ली जङ्ग थापाले यसको ‘डिजाइन’ गरेका रहेछन् ।

श्री ३ चन्द्र शमसेर