“चरी” मारिएको होइन, काल सल्किन सुरू गरेको हो

1
688

भरत दाहाल

भरत दाहाल
भरत दाहाल

पार्टी नेता “चरी” मारिएपछि एमालेहरूको मुखारबिन्दबाट कुनै पनि हत्याको व्यवस्था नभएको भन्दै कानूनी शासन, न्यायीक हिरासत र जेलको महत्व बाचन सुरू भएको छ। मैले “चरी”को हत्यालार्इ कुनै बहादुरी वा शान्तिको दिशातर्फको कदम ठानेक छैन तर “चरी”को नाममा विलाप गर्नेहरूलार्इ अकल्पनिय दरबार हत्याकाण्डको याद आउँछ ? द्वन्दका बहानामा जनतालार्इ माओवादीका नाममा ढुकुर खसाएझैं खसाएको वा संसदवादीका नाममा सुंगुर रेटेझैं रेटेको संझना आउँछ ? राज्य र माओवादी दुबैतिर हत्यारा घोषितहरूलार्इ पुरस्कृत गरिएको घटनाको झझल्को आउँछ ? जमिम साह, फैजान अहमद र न्यायाधिश बमका परिचित हत्याराहरूलार्इ सुटुक्क उम्काएको तस्विर आँखा अगाडि देखिन्छ ? जंगल अतिक्रमण गरेको नाममा घाँसपात भन्दा पनि तुच्छ ठानेर सुकुम्बासीहरूका छाति उडाएका घटनाहरूको स्मरण छ ?

ती घटनाहरूमा कता सुतेको थियो तिम्रो कानूनी राज ? कता बरालिएको थियो तिम्रो न्यायिक हिरासत ? र कुन ग्रहमा स्थानान्तरण भएका थिए तिम्रा जेलहरू ? तिम्रो कुत्सा कमजोर हुन थालेपछि बाँच्न पाउने मानव अधिकारको याद आयो ? तिमीहरूले हिंजो सर्वसाधारणमाथि जे गरेका थियौ र जे सिकाएका थियो, त्यो तिम्रो घरमा सल्किंदैछ अब । तिम्रो चारैतिर अपराधीहरूको जंजाल छ। तिमीहरू आफै पनि अपराधी हौ । त्यसैले कसले के स्वार्थका लागि कसलार्इ कतिबेला ढुकुर बनाउँछ भन्ने कुरा थाहा हुँदैन । यो त स्कूलिङ हो । स्कूलमा पढ्ने सबैले उस्तै शिक्षा पाएका हुन्छन् । एक समयमा पुलिस, सेना, तस्कर, माफिया, भ्रष्टाचारी, काला बजारिया, डन, विदेशी सबै तिम्रा हुन्छन् । काम सकिएपछिको अर्को समयमा तिम्रो कोही हुँदैन । कारण, तिमीहरू पनि कसैका विश्वसनीय भएनौ । तिम्रो यो नियतिको समय अब आउँदैछ ।

(दाहालको फेसबुक स्ट्याटसबाट)

1 COMMENT

  1. I agree with the opinion of Mr Bharat dahal -the ground reality of Nepalese politics is that present day so called leaders and Chari are of the same boat same character and same notion -This is why the parliament exhibited its affinity and concern on the encounter of Chari-virtually this country is being run by the Chari like people .thanks