रणनीतिक विश्लेषण :

दीपक गजुरेल, राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय

विन्देश दाहाल, सञ्चारकर्मी, अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता

  • विश्वको एक मात्र महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र उदीयमान् शक्ति चीन बीच अनेक विषयमा आरोप प्रत्यारोप चलिराखेको छ ।
  • यी दुई शक्ति व्यापार विवादमा चर्का चर्की गरिराखेको लामै समय भैसक्यो ।
  • कोरोना भाइरस रोगको विश्वव्यापी महामारीको सन्दर्भमा बेइजिङ्ग र वाशिङ्ग्टन दुबै अझ आक्रामक रूपमा एक अर्काका विरूद्ध लागेका छन् ।
  • अमेरिकी नीति निर्माताहरू ‘चीनलाई पाठ सिकाउने’ सम्मको भाषा बोल्दैछन् ।
  • झण्डै तीन दशक देखि एक स्तर सम्म विश्व शक्ति प्रदर्शनमा हालिमुहाली गर्दै आएको अमेरिकालाई चीनले उछिन्ने प्रक्षेपण केही विद्वानहरू गर्दैछन् ।
  • अर्का थरी अनुसन्धानकर्ताहरू अमेरिकालाई कसैले दबाउन नसक्ने बताउँदैछन् ।
  • अवस्था जुन स्तरको भए पनि, भोलिका दिन वा वर्षमा स्थिति कस्तो हुने हो भन्ने अहिले नै प्रष्ट छैन, हुन पनि सक्तैन । किनकि यो स्तरको शक्ति समीकरण र प्रभाव विस्तारको संघर्षलाई अनेक पक्ष र कारक तत्वहरूले असर पारिराखेका हुन्छन् ।
  • तर एउटा कुरा चाहिँ प्रष्ट छ अहिले नै : विश्व सम्बन्ध अबका दिनमा पहिलेको जस्तो नरहने देखिइसकेको छ ।
  • विश्व मञ्चमा कुन शक्ति राष्ट्रको प्रभाव कस्तो र कुन स्तरको हुने हो र त्यसको असर कुन क्षेत्र र वर्गमा कस्तो पर्ने हो भन्ने कुरा एउटा पक्ष हो अध्ययनको ।
  • तर, क्षेत्रीय स्तरमा हुने, हुन सक्ने शक्ति संघर्षको असर नेपाल जस्तो अन्तर्राष्ट्रिय शक्ति समीकरणका दृष्टिले कमजोर राष्ट्रमा कस्तो पर्ला भन्ने महत्वपूर्ण कुरा हो । खास गरी चीनको छिमेकी भएका कारण नेपालले कस्तो तयारी गर्नु पर्ला ? कसरी चल्नु पर्ला नेपालका नीति निर्माताहरूले ?

यी र यिनै मुद्दाका वरिपरी रहेर विन्देश दाहाल र दीपक गजुरेलले भिडियो सम्वाद गर्नु भएको छ ।

कोभिड-१९ का कारण बन्दाबन्दीमा परिएकाले आमने-सामने बसेर कुरा गर्न सम्भव नरहे पछि, ‘अनलाइन भिडियो मिटिङ्ग’ मार्फत् यो छलफल गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here