जङ्गलमा बाँदर नियाल्दै

0
101

By Nepal Polity Desk

पूजा उपाध्याय प्राणी शास्त्र (Zoology) मा स्नातकोत्तरका लागि Thesis गर्दै हुनुहुन्छ ।

त्रिभूवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागमा अध्ययनरत् पूजाको अनुसन्धान जङगलमा बाँदर अध्ययनमा केन्द्रित छ ।

पूजा उपाध्याय

नागार्जुन जङ्गलका पहरे बाँदर र बालाजु उद्यानका राता बाँदरका गतिविधि हेर्दै, अनेक जानकारी, तथ्याङ्क अनि सूचना सङकलन गर्दै अचेल उहाँका दिन बित्छन् ।

पहरे बाँदर र राता बाँदरका बानी–व्यवहारमा हुने समानता तथा भिन्नता बारे अनुसन्धान गर्दै हुनुहुन्छ उहाँ । यी दुबै उप प्रजातीका बाँदरका आमा र बच्चा बीच कस्तो सम्बन्ध हुँदोरहेछ ? आमाले बच्चाको हेर–बिचार, स्याहार–सुसार कसरी गर्दा रहेछन् ? समूहमा यिनको व्यवहार कस्तो हुँदोरहेछ ?

वन्यजन्तु, खास गरी बाँदर प्रजातिमा पाइने यस्ता आनीबानीबाट मानिसले के सिक्न सक्छ ? मानव जातिका हितका लागि गरिने अध्ययन, अनुसन्धानमा यस्ता स्थलगत् अनुसन्धानले के मद्दत पुग्न सक्छ ? जस्ता महत्वपूर्ण पश्नहरूको जवाफ खोज्ने प्रयाशमा हुनुहुन्छ पूजा ।

यिनै विषयका वरिपरि केन्द्रित रहेर Nepal Polity का लागि हामीले पूजा सँग कुराकानी गर्यौँ ।

www.nepalpolity.com तथा Nepal Polity Channel का प्रधान सम्पादक, सह प्राध्यापक दीपक गजुरेलले पूजा उपाध्याय सँग गर्नुभएको कुराकानीको भिडियो रिपोर्ट :