जनजातिको दुर्दशाका कारण : वेलायतको शोषण

0
1018

जनजातिको आजको दुर्दशा बेलायती शोषणको परिणाम हो ।

प्रा. डा. युवराज सङ्ग्रौला

प्रा. डा. युवराज सङ्ग्रौला

एउटा साह्रै धेरै शोषणको विवरण तपाइँहरु समक्ष राखौं : गुर्खा बृगेडको ।

१. अहिले सम्म बेलायतले करीव पाँच लाख नेपाली युवाहरू प्रयोग गर्यो । कति मारिए भन्ने कहिले पनि जानकारी दिएन । अमेरिकी वार अभिलेख अनुसार ब्रिटिस फौजको मृत्यु दर ३५% थियो । अनुमान गर्नुहोस् कति नेपाली युवाहरू मारिए ! तर हामी गुर्खाको वीरताको गीत गाएर बस्यौँ । उनीहरुका पीडा कहिले पनि खोजेनौँ ।

२. सन १९४७ मा भारत, बेलायत र राणाका बीचमा एक संझौता भयो । त्यसलाई त्रिपक्षीय सन्धि भनिन्छ । त्यस अनुसार ८ ब्रिगेड भारत र ४ ब्रिगेड बेलायत लाने तय भयो । बेलायत तर्फ दश हजार जति, त भारत तर्फ बीस हजार जति भागबण्डा भयो । करीव ४ लाख युवाहरु दोस्रो विश्व युद्धमा सरिक गराइएका थिए ।

खोइ ती अरु मानिस ?

३. बेलायती राजदूतावासले नेपालको प्रतिनिधि सभालाई सन १९९८ मा दिएको तथ्याङ्क अनुसार, ६१ हजार युवा दोस्रो विश्व युद्धमा प्रयोग गरिएका थिए । यस तथ्याङ्कलाई मात्रै मान्ने हो भने पनि, करीव तीस हजार मारिएका रहेछ्न् ।

तिनीहरुको क्षतिपूर्ती र तलब बेलायतले कस्लाई बुझायो ?

४. आसाम राइफल, मिलिटरी पुलिस र बर्मा राइफल उपरोक्त ६१ हजारमा परेका छैनन् । यसबाट थाहा हुन्छ, दोस्रो विश्व युद्धमा २ लाख भन्दा बढी नेपाली प्रयोग भए । उनीहरु र उनीहरुको देश नेपालले के पायो ? दक्षिण फ्रान्समा एकै दिनमा हजारौं गुर्खाहरु मारिएका थिए । मलेसियाका सबैतिर गुर्खाका लास थिए, स्याल र गिद्धले खाइरहेको देखिन्थ्यो भनी एकजना युद्धबन्दीले आफ्नो मेमोआइरमा लेखेका छ्न् ।

सन् १९५२ मा सत्र हजार युवाहरु मलेसियाको कम्युनिष्ट विद्रोह दबाउन मलेसिया लगियो । बेलायतले मलेसिया सँग युद्ध ठेक्कामा लियो । प्रत्येक सिपाहीको ४८२ मलेसियन डलर लियो । तर नेपालीलाई ८२ डलर मात्र दिएर, प्रति सिपाही ४०० डलर १९६८ सम्म लग्यो । हिसाब गर्नुहोस् बेलायतले नेपाली बेचेर कति कमायो !

५. बेलायतमा लगिएका नेपालीलाई पनि भारतीय सेना बराबर तलब र पेन्सन दिएर नेपाली युवाको शोषण गरियो । सन् १९९७ सम्म नेपालीको पेन्सन २४ पाउण्ड र बेलायतीको ४०० भन्दा माथि पेन्सन थियो । लामो संघर्ष पछि सन १९९७ पछि लागू हुने गरी तलब र पेन्सन बराबर गरे पनि गुर्खा सैनिक १५ बर्ष मा र बेलायती २२ बर्षमा रिटाएर हुने भन्दै पेन्सनमा भेदभाव कायम गरिएको छ ।

६. दोस्रो विश्व युद्धमा युद्धबन्दी बनाएका हजारौं गुर्खाको जापानले एलाइड फोर्स सँग गरेको सन्धि अनुसार दिनको १०० डलर भत्ता दिएको थियो, त्यो पनि गुर्खालाई थाहा नै नदिइ बेलायतले के गर्यो थाहा छैन । तर सुनिन्छ त्यही पैसाले पाख्रीबास र लुम्लेको कृषि फर्म बनाएको हो । तर भनियो त्यो बेलायती सहयोग हो, नेपालको लागि ।

७. सन् १९५२ मा सत्र हजार युवाहरु मलेसियाको कम्युनिष्ट विद्रोह दबाउन मलेसिया लगियो । बेलायतले मलेसिया सँग युद्ध ठेक्कामा लियो । प्रत्येक सिपाहीको ४८२ मलेसियन डलर लियो । तर नेपालीलाई ८२ डलर मात्र दिएर, प्रति सिपाही ४०० डलर १९६८ सम्म लग्यो । हिसाब गर्नुहोस् बेलायतले नेपाली बेचेर कति कमायो !

८. ब्रुनाइमा रिटाएर्ड गुर्खा दुई हजार राखेर प्रति व्यक्ति २,५०० डलर ब्रुनाइ सरकार सँग लिई नेपालीलाई १,००० डलर दिई बेलायत नेपाली युवा बेचेर पैसा कमाइ रहेको छ । यस्तै अवस्था सिंगापुर पोलिसको पनि हो । कुन सन्धि अनुसार बेलायत नेपाली नागरिक अरु देशलाई सुरक्षा फौजमा दिइरहेको छ ?

९. १९६८ मा करीव दश हजारलाई बिना पेन्सन अवकाश दिई, खाली खुट्टा नेपाल पठायो । यिनीहरुले भोगेको गरिवी नेपालका कुनै सरकारको सरोकार भएन । किन ?

कुन सन्धि अनुसार बेलायत नेपाली नागरिक अरु देशलाई सुरक्षा फौजमा दिइरहेको छ ?

यी त केही झलक मात्र हुन् । जनजातिको आजको दुर्दशा बेलायती युवा शोषणको परिणाम हो । 

गुर्खा भु. पु. सैनिक सबै नेपालीको माया चाहान्छन् । उनीहरुको आन्दोलनलाई सहयोग गरौं । नेपाल सरकारले तत्काल बार्ताद्वारा यो समस्या समाधान गरोस् । 

नेपाली सेनाले भु. पु. गुर्खालाई नेपाली सेना सरहको मर्यादा देओस् । यस्ले नेपाली सेनाको मान बढ्ने छ । गुर्खा सैनिकलाई नेपाली सेनाले निर्माणको काममा सरिक गराओस् । उनीहरु सँग उच्च स्तरको प्राविधिक ज्ञान छ ।

वर्तमान भेदभावको समस्या समाधान गरी, अब कति बर्ष यसलाई कायम राख्ने हो, नयाँ सन्धि गर्नु आवश्यक छ।

(प्राध्यापक सङ्ग्रौलाको फेसबुक वालबाट । हार्दिक आभार प्राध्यापक सङ्ग्रौला ।)

30 Total Views 2 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here