दीपक गजुरेल,

सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

राजनीति शास्त्री दीपक गजुरेलले सागरमाथा टेलिभिजन सँगको अन्तर्वार्तामा उल्लेख गर्नुभएको विश्लेषणका मुख्य बुँदा :

  • नेपालका राजनीतिक दल र तिनका नेताहरूका कारण नेपाल अभूतपूर्व अशान्तिको संघारमा पुगेको छ ।
  • आरम्भ देखि विदेशीका स्वार्थ अनुसार काम गरिराखेका हाम्रा सबै दलहरूले कुनै न कुनै रूपमा राष्ट्रलाई नोक्सान पुर्‍याएका छन् ।
  • विक्रम संवत् २००७ साल देखि अहिले सम्म हरेक राजनीतिक परिवर्तन विदेशीले गराए भन्ने तथ्य प्रमाणित भैसकेको छ ।
  • पछिल्लो पटक, २०६२-६३ मा र त्यस पछि आज सम्म, नेपालका दल र नेताहरू नेपाल राष्ट्र विरूद्ध अनेक गतिविधि गरेकाले मुलुक सङ्कटमा पर्दै गएको छ ।
  • नेपालमा सरकार निर्माण गर्ने र भत्काउने मात्र होइन, यहाँको शासन प्रणालीनै फेरबदल गर्न सक्ने भारतको पहिलेको हैसियत अहिले कमजोर बनेको छ ।
  • भारतको चलखेललाई चुनौति दिने अरू बाहिरी शक्तिहरू समेतको नेपाली भूमिमा चासो बढेको हुनाले भारतको ‘एकाधिकार’ समाप्त भएको हो ।
  • हाम्रो उत्तरी छिमेकी चीनको मात्र होयन, विश्व महाशक्ति अमेरिकाको समेत यहाँ ठूलो स्वार्थ जोडिएको हुनाले हाम्रा दल र नेताहरूलाई कठिनाइ भएको हो ।
  • कतिपय गम्भीर राष्ट्रिय मुद्दाहरूमा विदेशीका इच्छा अनुसार निर्णय हुने गरेका छन् नेपालमा भन्ने कुरा अहिले प्रमाणित गरिदिए हाम्रा प्रधानमन्त्रीले ।
  • अब ती विषय षडयन्त्र सिद्धान्त रहेनन्, प्रमाणित तथ्यको रूपमा स्थापित भए ।
  • नेपालमा सरकार निर्माण गर्ने र ढाल्ने नेपाली जनता, नेपाली संसद, वा नेपाली राजनीतिक शक्तिहरूले गर्दैनन् । विदेशीले त्यो काम गर्ने रहेछन् ।
  • ‘चीन तिरको पारवहन सम्झौता गरेर फर्किए पछिसरकार ढालिएको थियो‘ भनेर सन्दर्भ सहित जानकारी दिएर प्रधानमन्त्रीले आफूहरू विदेशीको इशारामा काम गरिराखेको स्वीकार गरे ।
  • झण्डै दुई दशक देखि नेपाल विदेशी शक्तिहरूको खेल मैदान बन्दैगएको छ ।
  • खास गरी २०६२ सालमा दिल्लीमा गराइएको १२ बुँदे सहमति देखि नेपाली राजनीति सम्पूर्ण रूपमा भारतले चलायो ।
  • भारतले काँधमा बोकेर नेपालको सत्तामा चढाइदिएका धर्म निरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रका यी नेता र दलहरूलाई आफ्नो इच्छा र आवश्यकता अनुसार सञ्चालन गर्नु वा गर्ने प्रयाश गर्नु नितान्त स्वभाविक हो ।
  • यही काम भारतले लामो समय देखि गर्दै आएको हो, विशेष गरी सन् १९८९ देखि ।
  • नेपाली दल, नेता, वुद्धिजीवी समेतलाई परिचालन गरेर नेपाल विरूद्ध नाकाबन्दी लगायत अनेक वितण्डा गर्ने भारतको शक्ति बिस्तारै क्षीण बनेको छ नेपाली राजनीतिक खेलमा । त्यसैले, दशकौँ देखि हालीमुहाली गरिआएको भारत नेपालको आन्तरिक राजनीतिमा कमजोर बन्दै गएको छ ।

701 Total Views 3 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here