जनताले त नेताहरुलाई पत्याएकै थिएनन्।

स्वयम्भुनाथ कार्की

SN Karkiजनतालाई शान्ति, सुख तथा समृद्धिको सपना देखाएर ज्यानको समेत माया मार्न प्रेरित गर्ने शक्ति केवल राजनीतिक दलहरु मात्र थिएनन्। अझ इमानदार भएर भन्ने हो भने जनताले त नेताहरुलाई पत्याएकै थिएनन्। दलहरुबाट सर्वोत्कृष्ट मानिएको संसदीय बहुदलीय व्यबस्थाको मोरो काड्ने जुन काम भयो त्यसबाट यही राजनीतिक शक्तिबाट दु:ख र हण्डर सिवाय केही पाइँदैन भन्ने कुरा जनताले बुझिसकेका थिए।

विक्रम संवतको यो शताब्दीको शुरुबाट नै विभिन्न किसिमका शासन पद्धति भोगेका जनताको निमित्त माओवादीहरुको बेग्लै किसिमको शासन एक पटक चाखेर हेर्ने नौलो स्वाद बन्न सक्दथ्यो। बहुदलीय ब्यबस्थाले मुलुकका प्रायजसो भागको नियन्त्रण गुमाउनुमा माओवादीको लोकप्रियता भन्दा नेताहरुप्रतिको वितृष्णताको ज्यादा हात थियो।

विगतको शासन सञ्चालनमा कसले के गरे वा के गर्नुपर्दथ्यो भन्ने विवेचना यो आलेखको विषयबस्तु होइन। सर्बसाधारण जनता भए पछि अगुवाहरुलाई दिशानिर्देश गर्ने जिम्मेवारी होइन पनि। केवल सर्वसाधारणको भागमा के पर्‍यो त्यो मात्र कसैलाई सफल वा असफल भन्ने हतियार हो।

 नेताहरुले विगतको आफ्नो लुब्धो बानी बेहोरा छोड्ने बाचा गरेको कुरा पनि सुनाइयो। तैपनि जनताले सजिलै भरोसा गरेनन्। यसका निमित्त नागरिक समाज लगायतकाहरु जनतासँग जमानी बसेका हुन्।

विभिन्न क्षेत्रमा नाम कमाएका व्यक्तिहरु जसलाई आजको भाषामा नागरिक समाज भनिन्छ , बोली बिक्ने सञ्चारकर्मी तथा स्वदेशी र विदेशी गैरसरकारी संस्थाहरुले राजनीतिक दल र नेताहरुलाई विश्वास गर्न जनतालाई आग्रह गरे। कतिपय स्थानमा त नेताहरुले विगतको आफ्नो लुब्धो बानी बेहोरा छोड्ने बाचा गरेको कुरा पनि सुनाइयो। तैपनि जनताले सजिलै भरोसा गरेनन्। यसका निमित्त नागरिक समाज लगायतकाहरु जनतासँग जमानी बसेका हुन्।

‘आफ्नो बानी को छोड्छ, अर्काको बानी को लिन्छ’ भन्ने शैलीमा जव नेताहरु पहिलेकै ढर्रामा आए, यो झड्का नागरिक समाजले सहजै झेल्न सकेन। हिजो दल तथा नेताहरुको वकालत गर्नेहरु एकाएक जनतासँग मुख लुकाउन थाले। कथंकदाचित कुनै व्यक्ति भेटिइहालेछ भने पनि ऊ हामीहरुले त फलाना बाबुलाई यसो नगर्न सल्लाह दिएका थियौं वा चिलाना जीलाई अनुरोध गरेकै थियौं भनेर पन्छिन थाल्यो।

आफू जमानी बसेर शक्ति दिलाएकाहरुले गरेको कामबाट पानी माथिको ओभानो जस्तै सरक्क पन्छिने प्रवृति हावी हुँदै गएको थियो। जनताले दिउँसै बत्ती बालेर जमानी बस्नेहरुलाई खोज्नु पर्ने अवस्था आउँदै थियो। हरेकपटक प्रयोग गरिने उनीहरुको तर्क भण्डारमा भएका केही तर्कहरुको बारेमा उल्लेख गर्नु यहाँ विषयान्तर हुनेछैन।

तर्क १:

राजनीति समाजको प्रतिबिम्व हो। यसको सिधा अर्थ के लाग्छ भने जुन बेइमानी, अनैतिकता, झुटको बर्चश्व राजनीतिमा देखिएको छ त्यो समाजको प्रतिबिम्व मात्र हो। सर्वसाधारण जनताले बनेको समाज नै बेइमान हो, अनैतिक आचरणयूक्त छ, झुटले काम चलाउँछ। समाजमा यस्ता व्यक्तिहरु पनि होलान। तर समग्रमा नेपाली जनता सबै यस्तै छन भन्नु कत्तिको उपयूक्त होला? अझ भन्नु पर्दा नेता, बुद्धिजीबी वा अगुवाहरु हमेशा समाज बदल्ने दावा गर्दछन्। यदि यस्तो समाज छ भने त्यसलाई बदल्ने प्रयत्न हुनु पर्ने कि समाजै यस्तो छ भनेर त्यसैको प्रतिबिम्व भएको कुरा गरेर चोखिने? समग्रमा नेपाली समाज त्यस्तो थिएन वा छैन भनेर विभिन्न कालखण्डमा विभिन्न मुलुकका मान्छेहरुले भनेको कुरा सुनिएकै छ। इमानदारी र बहादूरीमा नाम कमाएको कारणले आज पनि विश्वका कयौं मुलुकहरु गोर्खालीहरुको हातमा आफ्नो सुरक्षा सुम्पेर निश्चिन्त हुन लालयित छन्।

 आन्दोलनमा होम्दा जनतालाई समय लाग्छ भनिएको थियो र? परिस्थिति चमत्कारिक तरिकाले छिट्टै राम्रो हुँदै जाने सपना देखाइएको थियो।

 तर्क २:

‘सही बाटोमा आउन समय लाग्छ, हामीहरुले मौका पाउनासाथ नेतृत्वको खोइरो खन्न हुँदैन’। यस्ता अमुर्त कुरा कसको अभीष्ट साधनका निमित्त अगाडि आउछन त्यो कुरा रहस्यमय छ। आन्दोलनमा होम्दा जनतालाई समय लाग्छ भनिएको थियो र? परिस्थिति चमत्कारिक तरिकाले छिट्टै राम्रो हुँदै जाने सपना देखाइएको थियो। तर परिस्थिति झनझन खरबव हुँदै गएको छ। दिन दुगुना रात चौगुनाको दरले रसातलतिर भासिने क्रम रोकिएमा मात्र पनि आशा हुने थियो। त्यसमाथि अझ नेताहरुले ठीक काम गरेका छैनन भनेर कसैले भन्यो भने त्यो खोइरो खनेको हुने कुरा त कुनै पनि हालतमा लोकतन्त्र हुनै सक्दैन। यो त दासता तर्फ उन्मूख गर्ने पाइला हो। आलोचनाले त काम गर्न हात बाँधेको छैन। योग्यता भए आलोचनाको बीउ हुनसक्ने अवस्था नै अन्त्य गरे त भइगयो नी। कसैले बेकाममा नेताको खोइरो खनेको रहेछ भने त्यो नै जनताको नजरमा झुटो हुन्छ।

 पुरानो जमानी र नयाँ जमानी दूबैको लेखाजोखा जनतासँग रहन्छ। ऋणीले नतिरेमा जमानी बस्नेले ऋण तिर्नुपर्दछ। जनता कुरो पत्याउन तैयार छन, जमानी बस्नेहरु तैयार हुनु पर्‍यो।

तर्क ३:

‘नेताहरु भविष्य सुरक्षित गर्न भगिरथ प्रयत्न गर्दैछन’। यो तर्कमा भने जनता सम्पूर्ण रुपले सहमत हुनसक्छन। तर, उनीहरुले सुरक्षित गरेको भबिष्यसँग नेपाली जनताको केही साइनो छैन भन्ने कुरा पनि उत्तिकै सत्य हो। सबैभन्दा राम्रो कुरा के भयो भने यसरी फेरि नेताको जमानी बस्न आएकाहरुलाई सर्वसाधारणले आफ्नो हानीको भरपाइको निमित्त समाउन पाउने भए। पुरानो जमानी र नयाँ जमानी दूबैको लेखाजोखा जनतासँग रहन्छ। ऋणीले नतिरेमा जमानी बस्नेले ऋण तिर्नुपर्दछ। जनता कुरो पत्याउन तैयार छन, जमानी बस्नेहरु तैयार हुनु पर्‍यो।

 

1501 Total Views 1 Views Today

SHARE
Next articleCon, Sense And Us

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here