युवराज घिमिरे, वरिष्ठ पत्रकार

वरिष्ठ पत्रकार युवराज घिमिरे सँग नेपाल पोलिटीको सम्वाद ।

‘नेपाल पोलिटी’ यूट्यूब च्यानेल तथा www.nepalpolity.com का सम्पादक, त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक दीपक गजुरेल सँग कुराकानी गर्दै भूराजनीतिक विश्लेषक, वरिष्ठ पत्रकार युवराज घिमिरेले उठाउनु भएका मुख्य मुद्दा ।

यथार्थवादी, भूराजनीतिक आधारमा वरिष्ठ पत्रकार घिमिरेले गर्नु भएको विश्लेषण यो करीब २८ मिनेटको भिडियोमा हेर्न र सुन्न सकिन्छ :

  • भारत र चीन बीच लद्दाखको गलवान उपत्यकामा तनाव यति नै बेला किन ?
  • यो क्षेत्र भारत र चीन दुबैका लागि रणनीतिक महत्वको छ ।
  • सन् १९६२ पछि यी दुबै एशियाली शक्ति बीच रहेको विवाद अझै कायम छ ।
  • अर्का तिर चीन र भारत बीच ठूलो व्यापार चलिरहेको छ । अन्य क्षेत्रमा दुई पक्षीय सम्बन्ध सामान्य ढङ्गले चलिराखेका छन् ।
  • लद्दाखमा भैरहेको यो तनाव बढेर पूर्ण युद्धमा परिणत होला भन्ने लाग्दैन ।
  • हाम्रा ठूला छिमेकीको यो तनावले नेपाललाई पनि असर पार्छ । हामीलाई यो विवादमा तानिन सक्छ ।
  • २०६२-६३ को राजनीतिक परिवर्तन पछि नेताहरूले नेपाल राष्ट्रलाई कमजोर पारे ।
  • कूटनीतिक रूपमा हामीलाई यति कमजोर बनाए यिनीहरूले कि विदेशीको निर्देशनमा चल्नु पर्ने स्थिति सृजना गरे ।
  • विगत् एक डेढ दशक यता नेपालको आन्तरिक सार्वभौमसत्ता कमजोर भयो ।
  • भारत, अमेरिका, यूरोपेली यूनियन जस्ताको स्वार्थमा, उनीहरूले अह्राए अनुसार नेपाली नेताहरूले नेपाललाई गणतन्त्र, धर्म निरपेक्षता, संघीयतामा लगे ।
  • राजनीतिक दल र नेताहरूको यो चरित्रलाई ‘जति बेला पनि खरिद गर्न सकिने’ रूपमा स्थापित गरिदियो उनीहरूकै कार्य शैलीका कारण ।
  • अरू विदेशीले नेपाली नेताहरूलाई किनेर चलाउन सक्छन् भने अब चीनले पनि यिनीहरूलाई सञ्चालन गर्नु पर्छ भनेर चीनका शासक अझ बढी सशक्त रूपमा नेपालको राजनीतिमा प्रवेश गरे ।
  • र, त्यसै अनुसार विदेशी शक्तिहरूले यिनीहरूलाई आफ्नो स्वार्थ अनुरूप प्रयोग गरे ।
  • परिणाम स्वरूप नेपाल विदेशीहरूको खेल मैदान बन्यो ।
  • हाम्रो गौरवपूर्ण इतिहास, हाम्रा पुर्खाले स्थापित गरेको बलियो सार्वभौमसत्ता पुन: स्थापित गरेर मात्र नेपालले आफ्नो प्रतिष्ठा फिर्ता ल्याउन सकिन्छ ।
  • यसका लागि नेताहरूले विगत्‍मा गरेका गल्तिहरू स्वीकार गर्नु जरूरी छ । ती गल्ति सच्याएर अघि बढे मात्र मुलुकलाई सही दिशामा अगाडि बढाउन सकिन्छ ।

भिडियो रेकर्डिङ्ग तथा सम्पादन

अविनाश गजुरेल

संयोजन

पुनम गजुरेल

277 Total Views 3 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here