नेपालको प्रतिष्ठा धूलिसात् : परराष्ट्र सम्बन्ध भारतको नियन्त्रणमा

0
656

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

हाम्रा प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धक्का लाग्ने भयो । प्रधानमन्त्री चैत्र २३ देखि २५ गते सम्म भारत जाँदैछन् । विदेश मन्त्री पनि सँगै जानै पर्यो दिल्ली, कूटनीतिक मर्यादा अनुसार ।

त्यसै बेला, चैत्र २१ देखि २३ गते सम्म, असंलग्न आन्दोलनको मन्त्री स्तरीय सम्मेलन अजरबाइजानको बाकुमा हुँदैछ । यसरी मिति जुध्नु संयोग मात्र हुन सक्तैन । ‘असंलग्न आन्दोलनलाई नेपालले महत्वहीन ठानेको छ है’ भन्ने सन्देश विश्व समुदायमा जाने प्रष्ट छ, हाम्रो व्यवहारको कारण ।

यति मात्र होइन । यसै समयमा बोआओ सम्मेलन हुँदैछ चीनमा र त्यसमा नेपालका राष्ट्र वा सरकार प्रमुखको सक्रिय सहभागिता रहँदै आएको हो आरम्भ देखि नै । चैत्र २५ गते शुरु हुने बोआओ फोरममा नेपाली प्रधानमन्त्री कसरी, कति तयारीका साथ पुग्लान्, सोही दिन दिल्लीबाट फर्केर ?

यो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चलाई पनि नेपालले ‘वाहियात’ ठहर गरेको सन्देश जाने निश्चित छ ।

किन यसो गरिँदैछ ?

जवाफ प्रष्ट छ : भारतले तोकेको समय र मितिमा दिल्ली गएर प्रधानमन्त्रीले ‘हामी भारतको निर्देशनमा काम गर्छौँ’ भन्ने सन्देश दिँदैछन् ।

कूटनीतिमा यसको महत्व, प्रभाव र हाम्रो स्थिति बारे सहप्राध्यापक दीपक गजुरेलको विश्लेषणको भिडियो रेकर्ड यहाँ प्रस्तुत छ :