नेपालमा लोकतन्त्र : विदेशीका दलालहरुको औजार

0
495

साम्राज्यवाद र आफ्ना स्वार्थहरूको सन्तुलन मिलाउन उनीहरूलार्इ ८ बर्ष चाहिएको हो, यससँग संबन्धै नभएको जनतालार्इ ८ दिन पनि बढी हो।

सिके राउत त्यसको छोरो हो, नन्दप्रसाद अधिकारी खालि बोरा हो। फरक किन हुँदैन ?

भरत दाहाल

Bharat Dahalएम्नेष्टीले सिके राउतका पक्षामा जारी गरेको फर्मान मलार्इ अनौठो लागेन, बरू अनौठो लाग्यो तिनीहरूलार्इ जस्ले यस्ता साम्राज्यवादी हतियारहरूलार्इ मानवता र अधिकारको रक्षा कबच ठान्दै आएका थिए।

दुई दशक अगाडि जस्तो लाग्छ, पेरूको “टुपाक अमारू” का नेता नेष्टोर सेर्पा सहित १४ जना लडाकुको हत्या गर्न रेडक्रसले जासुसी गरेर सिआइएलार्इ सघाएको थियो। ग्वान्टानामो जेलमा हुने अमेरिकी अत्याचारदेखि ड्रोन हमलासम्मका घटनाहरूमा यस्ता अपराध समर्थित संस्थाहरू खासै बोल्दैनन् तर कान फुट्नेगरी कराउँछन् चीनमा कुनै गाउँ स्तरको पाङ्दुरे अधिकारवादीको नजरबन्दीको विरोधमा।

सिके राउत त्यसको छोरो हो, नन्दप्रसाद अधिकारी खालि बोरा हो। फरक किन हुँदैन ?

केपी ओलीले संविधानको मस्यौदा जनतामा लैजान जरूरी नभएको भने भनेर सामाजिक सञ्जालमा ठूलो रोष छ। नेपालको शासन प्रणाली एक त गुलामीमा बाँचेको छ। गुलामीमा चलेको प्रणालीका शासकहरू स्वभावतः गुलाम मानसिकताका हुन्छन्। चलखेल गर्ने चलाकीका रूपमा यसलार्इ लोकतन्त्र भनी प्रचार गरिए पनि अन्तर्वस्तुमा यो छद्म फासिवादी हुन्छ, किनकी गुलामी कहिल्यै पनि जनताप्रति उत्तरदायी हुँदैन।

साम्राज्यवाद र आफ्ना स्वार्थहरूको सन्तुलन मिलाउन उनीहरूलार्इ ८ बर्ष चाहिएको हो, यससँग संबन्धै नभएको जनतालार्इ ८ दिन पनि बढी हो।

केपी ओली वा फाष्ट ट्रयाकका आविष्कारकहरू कोही पनि गलत ठाउँमा छैनन्, सबै आफ्नो कर्तव्यमा प्रष्ट छन्। समस्या त हाम्रो हो।

हामीले हाम्रो घाँटी समाउन आएका साम्राज्यवादी टेन्टाकलहरूलार्इ आफ्नो मानव अधिकारको रक्षक बनायौँ। हामीले हाम्रै जीवन चुसेर मोज गर्दै आएकाहरूलार्इ शासक बनायौँ। तिनीहरूले मौका पाउनासाथ झम्टिन जानेका छन्, हामीले जति लात्ती खाएपनि तिनैको जयकार गर्न सिकेका छौँ।

सामान्य बेला सबै उस्तै देखिन्छन्, संकटको बेला सबैको आफ्नो परिचय खुल्छ। इतिहास र वर्तमानमा भएको यही हो, भोलि हुने पनि यही हो। दुनियाँमा सबै कुरा पक्षधरतामा आधारित भएर बनेको, चलेको छ। हामीले आफ्नो पक्षलार्इ संगठित गर्न सकेका छैनौँ। यो समस्या समाधान भएको दिन हाम्रो कुन्ठा पनि शान्त भएर जानेछ।