नेपाल पोलिटीमा विशेषज्ञ चिरफार

आम सञ्चारका विशेषज्ञ, अनुसन्धाता, प्राध्यापक रामकृष्ण रेग्मी

आम सञ्चारका अनुसन्धाता, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी

सञ्चार विश्लेषक लक्ष्मण दत्त पन्त

प्रस्तुति :

राजनीति शास्त्री तथा नेपाल पोलिटीका सम्पादक, सहप्राध्यापक दीपक गजुरेल

करीब ५६ मिनेट लामो भिडियो छलफलमा नेपाल पोलिटीले निम्न मूल मुद्दा उठाएको थियो ।

  • नेपाली आम सञ्चारका माध्यम कत्तिको विश्वसनीय छन् ?
  • मूल धार (मेन स्ट्रिम) का अखबार, रेडियो, टेलिभिजन, अनलाइनका सामग्री (कण्टेण्ट) ले पाठक, श्रोता, दर्शकलाई कत्तिको सुसूचित तथा शिक्षित गरिराखकेका छन् ?
  • समाचार, मिथ्या समाचार (फेक न्यूज), हल्ला (नइज), गलत सूचना प्रवाह (डिस इन्फर्मेशन) को स्थित हामीकहाँ कस्तो छ ?
  • आम सञ्चार, राजनीति, पेशा, र व्यापारको मिश्रण, निहित स्वार्थको प्रभाव के कस्तो छ नेपाली आम सञ्चार क्षेत्रमा ?
  • कोभिड -१९ का सन्दर्भमा हाम्रो सञ्चार जगतले गरेको कर्तव्य निर्वाहलाई कसरी मूल्याङ्कन गर्ने ?
  • नेपाली भूमि, कालापानी, लिपु लेक, लिम्पियाधूरा क्षेत्र, भारतद्वारा अतिक्रमण गरी विवाद उठाइएको मुद्दामा नेपाली आम सञ्चारले कुन सीमा सम्म सूचना प्रवाह, संयम् र राष्ट्रियता प्रवर्द्धन गरिराखकेका छन् ?
  • आम सञ्चार क्षेत्र र तिनमा खटिने सञ्चारकर्मीहरूले के कस्ता समस्या भोग्नु परिराखेको छ ?

यी र यस्तै अन्य गम्भीर विषयमा ‘प्यानलिष्ट’ विशेषज्ञहरूले स्पष्ट स्थिति ठम्याउनु भयो, यो ‘भर्चुअल’ छलफलमा ।

389 Total Views 1 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here