ध्रुवहरि अधिकारी,

अग्रज पत्रकार तथा विश्लेषक

नेपाल र भारत बीचको अव्यवस्थित सीमा नियमन गर्न अब चाहिँ ढिला गर्नु हुन्न भन्ने धारणा अग्रज पत्रकार तथा विश्लेषक ध्रुवहरि अधिकारीको छ ।

नेपाल पोलिटी (Nepal Polity) च्यानेल तथा www.nepalpolity.com का प्रधान सम्पादक, राजनीति शास्त्री दीपक गजुरेल सँग ‘भिडियो’ मार्फत् कुराकानी गर्दै श्री अधिकारीले अन्तर्राष्ट्रिय सीमा व्यवस्थित गर्नु पर्ने विषयमा निम्न बिचार व्यक्त गर्नु भयो ।

  • नेपाल र भारत बीचको सिमालाई ‘खुला सिमाना’ भन्ने गरिएको छ ।
  • हाम्रो दक्षिण, पूर्व र पश्चिममा भारत सँग जोडिएका सीमा खुला सीमा होइनन्, वास्तबमा यी अव्यवस्थित र अनियमित अन्तर्राष्ट्रिय सीमा हुन् ।
  • सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक लगायत सम्बन्धका कारण लामो समय देखि अव्यवस्थित र अनियमित रहेका छन् हाम्रा सीमा ।
  • को, कति बेला, के कामका लागि, कसरी, कताबाट कता आउ-जाउ गर्छ भन्ने कुनै अभिलेख राख्ने गरिएको छैन्, नेपाल र भारत बीचका नाकाहरूमा ।
  • अव्यवस्थित सिमानाका कारण नेपाल र भारत दुबै देशले विभिन्न समयमा अनेक समस्या भोग्नु परिराखेको छ ।
  • कुनै समय, मानिसको गतिविधि कम रहेका बेला त्यति समस्या नदेखिएको भए पनि अबको जटिल अवस्थामा सीमालाई यसरी अव्यवस्थित र अनियमित राखिराख्नु उपयुक्त हुन्न ।
  • यताबाट उता जाने र उताबाट यता आउने, दुबै देशका नागरिकका हकमा, सीमाबाट ओहोर-दाहोर गर्ने हरेक व्यक्तिको अभिलेख राख्नु जरूरी भैसक्यो ।
  • यसरी सीमालाई व्यवस्थित गर्न नेपाल र भारत दुबै देशले आपसी समझदारी गरेर छिट्टो काम अगाडि बढाउनु पर्छ ।
  • नेपालले आफ्ना प्रत्येक नागरिकलाई ‘नागरिक परिचय पत्र’ को प्रबन्ध गर्नु जरूरी छ, सीमा नियमन थाल्नु अघि ।
  • सबै नागरिक सँग परिचय पत्र भए पछि सीमाबाट ओहोर-दोहोरा गर्ने र उनीहरूका गतिविधिबारे जानकारी राख्न सरकारलाई सजिलो हुन्छ ।
  • यसो हुँदा सीमा क्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रण गर्न मद्दत पुग्छ ।
  • यसबाट नेपाल र भारत दुबै देशलाई फाइदा हुन्छ ।
  • नेपाल-भारत सीमा नियमन गर्नु जरूरी छ भन्ने हुँदा हुँदै पनि यो सम्वेदनशील तथा महत्वपूर्ण काम नेपालका अहिलेका शासकहरूले गर्लान् भन्नेमा चाहिँ विश्वास गर्न सकिने अवस्था छैन ।
  • राष्ट्र हित प्रति जिम्मेवारी, दूरदृष्टि, प्रतिवद्धता छैन हाम्रा शासकहरूमा ।
  • तर पनि, आशा चाहिँ गरौँ ।

71 Total Views 1 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here