नेपाल विरुद्ध क्रिश्चियनहरूको षडयन्त्र

1
712

माधबराज आचार्य

Madhav Raj Acharyaअङ्ग्रेजले बेलायतबाट गोराको फौज ल्याएर युद्ध जितेर भारतलाई आफ्नो उपनिवेश वनाएका थिएनन्! व्यापारी र धर्मप्रचारकको रूपमा पसेर, साना-साना राज्यको रूपमा विभक्त भारतीयहरूलाई आपसमै जुधाएर, तिनैका मानिसबाट विस्तारै-विस्तारै आफ्नो सेना बनाएर, भारतीयको विरूद्ध भारतीयलाई नै लडाएर आफ्नो उपनिवेश खडा गरेका थिए।

पृथ्वीनारायणले यो सबै कुरा राम्ररी बुझेका थिए। त्यसैले, काठमाडौं जितेपछि उनले, केपुचिन पादरीहरूलाई देशबाटै लखेटेका थिए। त्यसबेलादेखि, अहिलेसम्मै, चर्चले नेपालमा, आफ्नो सबैभन्दा ठूलो दुष्मन पृथ्वीनारायणलाई नै देखिरहेको स्पष्ट छ।

कुनै नेपालीले पृथ्वीनारायणको विरोध गर्छ भने, किन गर्छ त भनेर इतिहासको सन्दर्भमा केलाएर हेर्दा, कसले गराएको रहेछ भन्ने कुरा स्वत: स्पष्ट हुँदैन र ?

यिनै काँग्रेस-एमालेको पालामै, २०४७ सालदेखि २०६२ सालसम्म पनि, पृथ्वीनारायणलाई राष्ट्रनिर्माता मानिरहेकोमा, २०६३ सालदेखि यता, सम्भव हरेक तरिकाले उनको अपमान गर्न शुरू हुनुको असली कारण कमै नेपालीलाई मात्र थाहा नहोला!

हिजो, गोराहरूले, भारतीयका विरूद्धमा भारतीयलाई नै प्रयोग गरेर आफ्नो उपनिवेश वनाएका थिए! आज, गोराका चर्च, धर्मको झगडामा नेपालीको विरूद्ध नेपालीलाई नै प्रयोग गरेर, नेपाललाई सखाप पार्ने खेल खेलिरहेका छन्। बेलायती राजदूतको अस्ति भरखरैको नाङ्गो नाच, यही कुराको प्रमाण हैन र?

यो देशलाई, आज फेरि, पृथ्वीनारायणको अनिवार्य आवश्यकता भइसकेको छ ।


1 COMMENT

  1. बाइबल पढ्दा के थाहा हुन्छ भने येसुले ठूलो अपराध गरेकोले उसलाई सुलीमा झुण्ड्याइयो । उस्की आमाले कुनै परपुरुषबाट येसु जन्माएकी थिइ । येसु धामी झाँक्री जस्तै फटाहा थियो । यस्तो थाहा पाउँदा पाउँदै क्रिस्चियन हुनेहरु महामूर्ख नै हुन् ।