पेपिनो मेलोनबारे वृत्तचित्र

यो पेपिनो मेलन हो । यसलाई अंग्रेजीमा पेपिनो डुल्स् पनि भन्छन् ।

स्पेनिस भाषामा यसलाई पेपिनो मात्र भनिन्छ ।

यो विदेशी फल हो । नपालमा भर्खरै मात्र फाट्ट–फुट्ट देखा पर्न थालेकाले यसको नेपाली नाम के हो भन्ने जानकारीमा छैन ।

यो फलको वैज्ञानिक नाम भने सोलानम् म्युरिक्याटम् हो ।

यो फल दक्षिण अमेरिकी महादेशका पेरु, इक्वेडर, कोलम्बिया, बोलिभिया, चिले आदि देशमा अत्यधिक पाइन्छ । यो फल ती देशहरूमा प्रचुर प्रयोग हुने हुँदा, किसानहरुले यसको व्यवसायिक खेती गरेर आय आर्जन समेत गर्छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा व्यापक उत्पादन र खपत हुने भए पनि यो फललाई पूरै विश्वले अझै चिनेको छैन । दक्षिण पूर्वी एशियामा चाहिँ केही समयदेखि यसको खेती कतै कतै हुनथालेको छ ।

यो फल काँचो खाँदा मीठो हुँदैन । पाके पछि मात्र मीठो हुन्छ । यो फलको स्वाद सबैलाई मन पर्ने, मीठो हुन्छ ।

पेपिनो धेरै प्रकारका हुन्छन् । कुनै हरियो, पहेँलो, धर्के हुन्छ भने कुनै पाकेको मेवा जस्तो देखिन्छ । आकारमा पनि गोलो, लाम्चो, अण्डाकार आदि हुन्छन् ।

यो फल हेर्दा राम्रो र खाँदा स्वादिलो मात्र होइन, औषधीय गुणले समेत भरिपूर्ण छ । अमेरिकाको न्याशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार हामीलाई स्वस्थ्य रहन चाहिने भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन के प्रशस्त पाइन्छ यो फलमा । पेपिनोमा प्रोटिन, फलाम जस्ता प्रतिरक्षा प्रणालीलाई आवश्यक तत्वहरू पनि हुन्छ । हड्डी बलियो बनाउने क्याल्सियम, रक्तचाप घटाउन चाहिने पोटासियम समेत पाइने यो फल, पिसाव सम्बन्धी रोग नियन्त्रण गर्न समेत गुणकारी देखिएको छ ।

नियमित रुपमा दैनिक १-२ वटा पेपिनो खाने हो भने यसले उच्च रक्तचाप तथा मधुमेहको रोग बढ्न दिंदैन । यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

तर, यो औषधि होइन । त्यसैले त्यस्ता बिरामीले खाइरहेको औषधि छोड्न भने हुँदैन ।

हावापानीका हिसाबले अत्यन्तै चिसो ठाउँमा बाहेक, यसको खेती जाडो, गर्मी जहाँ पनि गर्न सकिन्छ । समुद्री सतह देखि दश हजार फिट सम्मको उचाइमा पेपिनो फलाउन सकिन्छ ।

पेपिनोको खेती सजिलो छ । यसको बेर्ना उमार्न अनेक झण्झट गर्नै पर्दैन । गोलभेँडाको बोट जस्तो देखिने यसको एउटा हाँगावाटै धेरैवटा नयाँ विरुवा उत्पादन गर्न सकिन्छ ।

रोप्न र हुर्काउन सजिलो, खान मीठो, यति गुणकारी, यो फल तपाईँ पनि फलाउने हैन त ! आजै करेसाबारीमा पेपिनो मेलनका लागि ठाउँ छुटयाइ हालौँ । ठाउँ नहुनेले २–४ वटा गमलाको जोहो गरौँ । गमलामै पनि यो फल मज्जाले फलाउन सकिन्छ ।

यस्तै यस्तै अन्य उपयोगी जानकारी, सूचनाका लागि हाम्रो यूट्यूव च्यानल नेपाल पोलिटीलाई सब्स्क्राइब र लाइक गर्न नबिसौँ है ।

भिडियो डकुमेण्ट्री उत्पादन

क्यामेरा : दीपक गजुरेल, कविता वस्ती

लेखन : इन्दिरा कोइराला, पुनम गजुरेल, कविता वस्ती

न्यारेसन : पुनम गजुरेल

सम्पादन तथा निर्देशन : दीपक गजुरेल

हामी आभारी छौँ

दामोदर कोइराला, टिकाथली, ललितपुर

इन्दिरा कोइराला, टिकाथली, ललितपुर

कविता वस्ती, टिकाथली, ललितपुर

 

323 Total Views 1 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here