दीपक गजुरेल,

राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

क्यापिटल एफ एम ९२.४ मा कृष्ण तिमल्सिनाले लिनुभएको अन्तर्वार्ताका मुख्य पक्ष । विस्तृत अन्तर्वार्ता यहाँ दिइएको लिङ्कमा ।

  • षडयन्त्रको सिद्धान्त(Conspiracy Theory) ठानेर पन्छाइने गरेका गम्भीर राष्ट्रिय मुद्दाहरू अहिले प्रमाणित गरिदिए हाम्रा प्रधानमन्त्रीले ।
  • अब ती विषय षडयन्त्र सिद्धान्त रहेनन्, प्रमाणित तथ्यको रूपमा स्थापित भए ।
  • नेपालमा सरकार निर्माण गर्ने र ढाल्ने नेपाली जनता, नेपाली संसद, वा नेपाली राजनीतिक शक्तिहरूले गर्दैनन् । विदेशीले त्यो काम गर्ने रहेछन् ।
  • ‘चीन तिरको पारवहन सम्झौता गरेर फर्किए पछिसरकार ढालिएको थियो‘ भनेर सन्दर्भ सहित जानकारी दिएर प्रधानमन्त्रीले आफूहरू विदेशीको इशारामा काम गरिराखेको स्वीकार गरे ।
  • झण्डै दुई दशक देखि नेपाल विदेशी शक्तिहरूको खेल मैदान बन्दैगएको छ ।
  • खास गरी २०६२ सालमा दिल्लीमा गराइएको १२ बुँदे सहमति देखि नेपाली राजनीति सम्पूर्ण रूपमा भारतले चलायो ।
  • भारतले काँधमा बोकेर नेपालको सत्तामा चढाइदिएका धर्म निरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रका यी नेता र दलहरूलाई आफ्नो इच्छा र आवश्यकता अनुसार सञ्चालन गर्नु वा गर्ने प्रयाश गर्नु नितान्त स्वभाविक हो ।
  • यही काम भारतले लामो समय देखि गर्दै आएको हो, विशेष गरी सन् १९८९ देखि ।
  • नेपाली दल, नेता, वुद्धिजीवी समेतलाई परिचालन गरेर नेपाल विरूद्ध नाकाबन्दी लगायत अनेक वितण्डा गर्ने भारतको शक्ति बिस्तारै क्षीण बनेको छ नेपाली राजनीतिक खेलमा । त्यसैले, दशकौँ देखि हालीमुहाली गरिआएको भारत नेपालको आन्तरिक राजनीतिमा कमजोर बन्दै गएको छ ।

 

706 Total Views 2 Views Today

1 COMMENT

  1. i fully agree neplease leaders are foreign agents not nky present scenario the past also’prove this in all all treaties we are sold out by corrupt power hungry looter greedy leaders

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here