बदलिँदो विश्व शक्ति संघर्ष : हामी के गर्दैछौँ ?

विन्देश दाहाल, दीपक गजुरेल र सुजीत मैनालीको रणनितिक विश्लेषण

  • विश्व शक्ति समीकरण बदिलिँदै छ ।
  • एकल महाशक्ति राष्ट्र अमेरिकाको विश्वव्यापी प्रभुत्वलाई चीनले कतिपय क्षेत्रमा चुनौति दिन थालेको छ ।
  • केही समय यता वाशिङ्गटन र बेइजिङ्ग बीच व्यापार युद्ध देखि रणनीतिक क्षेत्रहरूमा समेत द्वन्द्व वढ्दै गएको छ ।
  • चीनको वरिपरी, साउथ चाइन सी, नर्थ चाइना सी, तिब्बत, सिञ्जियाङ्ग – उइगुर क्षेत्र लगायत विभिन्न मोर्चाबाट क्षद्म ढङ्गले चीनलाई कमजोर पार्ने प्रयाशहरू भैराखेका छन् ।
  • चीन आफ्नो प्रतिरक्षामा कूटनीतिक, सामरिक, राजनीतिक, आर्थिक लगायत हरेक सम्भव तरिकाले काम गर्दैछ ।
  • समग्रमा, उदाउँदो चीन र पश्चिमा शक्ति बीचको द्वन्द्व वढ्दै गएको अवस्थामा नेपाल पनि अछुतो रहन सक्तैन ।
  • नेपाली भूमि यो शक्ति संघर्षमा दूरूपयोग गर्ने प्रयाश पहिले पनि भएका हुन् भने अहिले पनि फरक ढङ्गले हामीलाई प्रयोग गरिने जोखिम वढेको छ ।
  • चीन र अमेरिका बीच प्रत्यक्ष, सैनिक भिडन्त हुने सम्भावना देखिन्न । तर, क्षद्म रूपमा भैराखेका अनेक गतिविधिले नेपाललाई प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ ।
  • इण्डो-पशिफिक रणनिति अन्तर्गत अमरिकाले यस क्षेत्रमा आफ्नो गतिविधि तीव्र बनाएको छ भने चीनले Belt and Road Initiative जस्ता रणनीति अघि बढाएको छ ।
  • चीनले आफ्नो Soft power एशिया र अफ्रिकामा मात्र होइन, लेटिन अमेरिकामा समेत बिस्तार गर्दैछ ।
  • प्रभाव बिस्तारको यो विश्वव्यापी शक्ति संघर्षमा नेपालले कसरी आफ्नो राष्ट्रिय हित संरक्षण तथा प्रवर्द्धन गर्ने ?
  • हामीले अहिले गरिराखेको कूटनीतिक, रणनीतिक व्यवहार पर्याप्त छन् ?
  • नेपाललाई पर्न सक्ने नकारात्मक असरबाट जोगिएर, जोखिमहरू घटाउँदै राष्ट्रिय हित कसरी पूरा गर्न सकिन्छ ?
  • अबका दिनमा हामीले लिनु पर्ने सही बाटो कस्तो हुनु पर्छ ?

यी र यिनै मुद्दाहरूमा केन्द्रित भएर यो Panel Discussion गरिएको हो ।

सशरीर भेटेर कुरा गर्न ‘बन्दा बन्दी’ का कारण सम्भव भएन ।

त्यसैले, अनलाइन भिडियो च्याट मार्फत् गरी यो सम्वाद गरिएको हो ।

यो छलफलमा अन्तर्राष्ट्रिय सम्बन्धका तीन जना विशेषज्ञहरूको सहभागिता रह्यो ।

  • विन्देश दाहाल – अन्तर्राष्ट्रिय सम्बन्धमा गहन अध्येता
  • दीपक गजुरेल – राजनीति शास्त्री, सहप्राध्यापक, त्रिभूवन विश्ववद्याल
  • सुजीत मैनाली – समाज शास्त्री तथा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्येता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here