भारतको धर्मनिरपेक्षता र ‘अल्पसंख्यक’

0
92

संविधानमा ‘सेक्युलर’ शब्द छिरेपछि चाहिं भारत अल्पसंख्यकहरूको लागि अनुकूल नरहेको निष्कर्ष निस्कन्छ।

ध्रुबहरि अधिकारी

Dhruba Hari Adhikari photoभारत लोकतन्त्र भएपनि इन्दिरा गान्धी सरकारमा रहेका बखत त्यहाँको जनताले एकप्रकारको तानाशाही खेप्नुपरेको तथ्य जग-जाहेर छ।सन् १९७५को जुनदेखि १९७७को आरम्भसम्म (२०३२/३३ साल) तिनले सङ्कटकाल लगाएर शासन चलाएकी थिइन्। त्यही बीचमा, सन् १९७६ मा, संविधान संशोधन गराई प्रस्तावनामा अंग्रेजी शब्द secular प्रवेश गराइएको हो। त्यसलाई तपाईं-हामीले ‘धर्मनिरपेक्ष’ भन्ने,बुझ्ने गरेका छौं यद्यपि यसको सही अर्थ र मर्म कसैले किटान गरेको देखिदैन।

अमेरिकाको न्यू योर्क टाइम्स पत्रिकामा सन् २०१२को अन्त्यतिर प्रकाशित मनु जोसेफ (दिल्ली) को लेखमा ‘सेक्युलर’ शब्द छिराएपछि भारतमा हिन्दु राष्ट्रियताको अभियानले गति लिएको आकलन गरेका थिए। पहिले संसदमा थोरै सिटमा सीमित जनसंघ सन् ८० र ९० का दशकमा ठूलो पार्टी भा. ज. पा. भएर निस्केको कुरा जोसेफले औंल्याएका छन्। सन् १९९२ मा अयोध्याको मन्दिर-मस्जीद घटना भएको र सन् १९९९ मा त वाजपेयी प्रधानमन्त्री नै हुनपुगेको चर्चा भएको छ। र जोसेफले त्यस बखत भविष्यवाणी गरे अनुसार नै, पोहोर सालको चुनाव भाजपाले जितेपछि मोदी प्रधानमंत्री भएको देखिन्छ। उनको मूल्यांकन ठीक मान्ने हो भने संविधानमा ‘सेक्युलर’ शब्द छिरेपछि चाहिं भारत अल्पसंख्यकहरूको लागि अनुकूल नरहेको निष्कर्ष निस्कन्छ।

मोदी प्रधानमन्त्री भएपछि भारत ‘हिन्दु राज्य’ नै भैहाल्यो नि भन्ने आशयका विश्लेषण / विवेचनाहरू आए। शिवम् विजले त ३१ डिसेम्बर २०१४ मा ‘स्क्रोल.इन्’ (scroll.in)… मोदीले जापान जाँदा त्यहाँका सम्राटलाई ‘गीता’ को पुस्तक उपहार लगेकोदेखि लिएर नेपाल जाँदा पशुपतिनाथको मन्दिरलाई गरेको सहयोगकोसम्मको चर्चा गरेका थिए।

सन् १९४७ मा भारत स्वतन्त्र हुँदा मुस्लिमबहुल पाकिस्तानको स्थापना भयो। अर्थात् धर्मको आधारमा दुइ देश बनेपछि भारत स्वतः हिन्दुबहुल रह्यो भनेर त्यहाँका धेरै लेखक इतिहासकारले भन्दैआएका छन्। ख्यातिप्राप्त पत्रकार (स्वर्गीय) खुसवन्त सिंहको पुस्तकमा पनि यस्तो दृष्टिकोण पढेको सम्झना हुन्छ।

यी र यस्ता सन्दर्भ, प्रसङ्ग जानकारीमा राख्दा बेशै होला कि ?