भारतको साम्राज्यवादी मानसिकता र नेपाल

0
484

मालिक प्रवृत्ति भएका भारतीय नेताहरू र दास मानसिकताले ग्रसित नेपाली नेताहरूबाट नेपालको दीर्घकालीन हितका निमित्त गहकिलो कदमहरू चालिएलान् ?

शम्भुराम जोशी, उपप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

शम्भूराम जोशी

क्षेत्रीय शक्तिबाट महाशक्ति बन्ने चाहना राख्ने भारत छिमेकीहरूको विश्वास र सद्भाव प्राप्त गर्न असफल छ । यस क्षेत्रका मुलुकहरूसँग कुनै न कुनै रूपमा उसको अनबन छ । यसका लागि भारत स्वयम् दोषी छ । केही समय अघि एक भारतीय कुटनीतिज्ञले ‘नेपाल के चाहन्छ भनोस्’ सम्म भनेर गलत व्यवहारको थप उदाहरण दिएका थिए ।

साम्राज्यवादी मानसिकता छोड

सन् १९४७ मा नयाँ देशका रूपमा जन्म भए देखि नै भारतीय शासकमा साम्राज्यवादी मानसिकताले काम गरेको छ भन्ने कुरा नेपाल जस्ता मुलुकसँग भारतले गर्ने व्यबहारबाट प्रष्टिन्छ । हाम्रो निर्देशन अनुसार तिमीहरू चल्नुपर्दछ, नेपाल जस्ता मुलुकहरूका स्रोत र साधनमा हाम्रो एकलौटी अधिकार छ भन्ने भारतीय नेताहरूको मानसिकता छ ।

नेपालका धेरैजसो नदी, वन, गिट्टि-रोडा-ढुङ्गा जस्ता प्राकृतिक स्रोत र साधन छल, बल या करले भारतले हस्तगत गरिरहेको छ । नेपालका नेता र प्रशासकहरू निरीह देखिएका छन् । छिमेकीका निर्वलता र अस्थिरताबाट सकेसम्म फाइदा उठाउने भारतीय व्यवहार अब अन्त्य हुनुपर्छ ।

नेपालको सार्वभौमसत्तालाई व्यवहारमा कदर गर

नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो र यसको कदर गर्नुपर्छ भन्ने भारतले बुझ्नुपर्छ । नेपालले आवश्यकता अनुसार कुनै पनि मुलुकसँग कुनै पनि किसिमका सन्धि वा सम्झौता गर्दा भारतले रोइलो गर्नुहुँदैन । सानासाना कुरामा समेत नेपालमाथि हस्तछेप गरी समस्या खडा गर्नु भरतलाई नसुहाउँदा व्यवहार हो ।

भारतले नेपालसँगको सीमा समस्याको स्थायी समाधान खोज्नुपर्छ । ६० हजार हेक्टर भन्दा बढी मिचिएको नेपाली भूमि नेपाल फिर्ता गर्नुपर्छ भन्ने बुझेर सो अनुरूप प्रकृया अगाडि बढाउनु पर्छ । सिमानामा भारतीय एस. एस. बि. द्वारा समय–समयमा गरिने बल मिच्याईँपूर्ण व्यवहार अविलम्ब बन्द गर्दै कञ्चनपुर र अन्य ठाउँमा मारिएका गोबिन्द गौतम जस्ताका परिवारलाई भारतले क्षतिपुर्ति देओस् र दोषीलाई कारबाही गरोस् ।

नेपाल सधैं आफ्नो छातामुनी रहनुपर्ने चाहने राख्ने भारतले परराष्ट्र र रक्षा नीति राजा वीरेन्द्रको पालामा आफ्नो हातमा लिन खोजेको थियो । तर उनले नमानेको कारण उसकै सहयोगमा विक्रम सम्बत २०४६ सालमा राजनैतिक परिवर्तन गराइयो ।

नेपालको सिमाना मिचेर नेपालकै भूभाग डुवान हुने तर आफूलाई मात्रै फाइदा पुग्ने हिसाबले निर्माण गरिएका बाँध लगायत अन्य संरचना भत्काई अन्तर्राष्ट्रिय कानून अनुसार निर्माण र व्यवस्थापन गर्नुपर्छ ।

असमान सन्धि / सम्झौताका प्रश्न

कर, बल वा छलले नेपालको सार्वभौमसत्तामा आघात पुग्ने र नेपालीहरूलाई कष्ट पुग्ने ढंगले भारतसँग गर्नुपरेका सन्धि, सम्झौताहरू आवश्यकता अनुसार संसोधन, परिमार्जन वा खारेजी हुनुपर्छ । छिमेकीसँग भारतीय व्यवहार बराबरीको हुनुपर्छ । नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्वको भारतले कदर गर्नुपर्छ ।

नेपालको अखण्डतामा आँच नपुर्याऊ

छिमेकको अस्थिरता र विखण्डनले आफूलाई पनि नकारात्मक प्रभाव पुग्न जान्छ भन्ने भारतलाई थाहै छ होला । तर नेपालमा यस्तै खेल भारतले खेल्दै आएको छ । सिक्किमलाई भारतमा गाभिसके पछि नेपालको तराइमा अस्थिरता ल्याउने योजनामा भारत रहेको तर त्यो योजना कार्यान्वयन हुनु अगाडि नै इन्दिरा गान्धीले भारतमा इमर्जेन्सी लगाएर गरेको निर्वाचनमा गान्धीको दल हारेकोले उक्त योजना तुहिएको कुरा आर. के. यादवको ‘मीसन आर एण्ड एडब्लू’ मा लेखिएको छ । केही महिना अघि पाकिस्तानमा पक्राउ परेका ‘र’ का अधिकारीले फेरी पनि यस्तै कुरा भनेका थिए ।

नेपालको तराइमा बितण्डा मच्चाउनेहरूले भारतमा आश्रय पाउने मात्रै होइन, हरेक सहयोग पनि पाउने गरेका छन् । कथंकदाचित नेपालको अखण्डतामा आँच आयो भने त्यसले भारतका विखण्डनकारी शक्तिहरूलाई पनि प्रोत्साहन मिल्न गई भारत पनि विखण्डित  हुने सम्भावनालाई भारतीयहरूले आत्मसात् गरून् । त्यसैले भारतको भूमिमा बसेर नेपालका बिरूद्धमा हुने सबै प्रयासलाई उसले निरूत्साहित गरोस् ।

नेपालका माओवादीहरूलाई पालेर राख्ने भारतलाई आफ्नो मुलुकमा फैलिएको माओवादी समस्याले टाउको दुखिरहेको छ । भारतको ठूलो भूभागमा आफ्नो नियन्त्रण रहेको दाबी त्यहाँको माओवादीले गरेकोछ ।

नेपालको तराइमा बितण्डा मच्चाउनेहरूले भारतमा आश्रय पाउने मात्रै होइन, हरेक सहयोग पनि पाउने गरेका छन् । भारतको भूमिमा बसेर नेपालका बिरूद्धमा हुने सबै प्रयासलाई उसले निरूत्साहित गरोस् । नेपालका माओवादीहरूलाई पालेर राख्ने भारतलाई आफ्नो मुलुकमा फैलिएको माओवादी समस्याले टाउको दुखिरहेको छ ।

नेपालबिरूद्ध अनर्गल प्रचारप्रसार बन्द गर

नेपालको संविधान समावेसी नभएको, मानव अधिकारको हनन् भएको जस्ता नेपालका बिरूद्धमा विगतमा अनेकौं कुप्रचार गर्दै अप्ठेरो पार्ने काम भारतले बन्द गर्नुपर्छ । नेपालीको भावनाको कदर भारतले गर्न जरूरी छ ।

ठूलो मन देखाऊ

बुद्धको जन्म भारतमा भएको भन्ने झुठो प्रचार गर्दै भारतले नक्कली लुम्बिनी बनाइरहेको कुराको नेपाली घोर भत्सर्ना गर्छन् । त्यस्तै, नेपालमा नयाँ बन्दै गरेका नयाँ २ वटा विमानस्थललाई पायक पर्ने हवाई मार्ग दिन नमान्नुले उसको सानो मन देखाउँछ । उसका यस्ता प्रवृत्तिमा परिवर्तन हुन जरूरी छ ।

तर विडम्बना, नेपाल सधैं आफ्नो छातामुनी रहनुपर्ने चाहने राख्ने भारतले परराष्ट्र र रक्षा नीति राजा वीरेन्द्रको पालामा आफ्नो हातमा लिन खोजेको थियो । तर उनले नमानेको कारण उसकै सहयोगमा विक्रम सम्बत २०४६ सालमा राजनैतिक परिवर्तन गराइयो ।

वि. सं. २००७ सालदेखि नै नेपालको राजनीतिक परिवर्तनमा गरेको सहयोगको सावाँ र ब्याज  यहाँको जलस्रोत लगायत अन्य प्राकृतिक स्रोत समेत हस्तगत गर्दै असुल उपर गरिसकेको छ । हाम्रा सत्तासीनहरुले भारतको निर्दशन अनुसार ल्याप्चे ठोक्ने गरेका छन् । यो अवस्थाको अन्त हुनुपर्छ र नेपालीको अधिकारको सम्मान भारतले गर्नुपर्छ ।

नाकाबन्दीको अमानवीय इतिहास नदोहर्याऊ

पटक पटक नेपालमाथि नाकाबन्दी गरेर नेपालीहरूको जीवनलाई कष्टपूर्ण बनाउँदै र हाम्रो अर्थतन्त्र चौपट पार्दै शत्रु राष्ट्र माथि गर्ने जस्तो व्यबहार भारतले गर्ने गरेको छ । भविष्यमा भारतबाट यस्तो व्यबहार नहुने कुराको निश्चतता नेपाली चाहन्छन् । २०७२ को नाकाबन्दी गलत थियो भनेर भारतले महसुस गर्नुपर्छ । नाकाबन्दी लगाएको समेत नभन्ने भारतबाट यस्तो आशा कसरी पो गर्न सकिएला र ?

माथिका वुँदाहरूले आम नेपालीका चाहनालाई अभिव्यक्त गरे पनि भारतले त्यस्तो गर्ला भन्ने कुरामा पटक्कै विश्वास छैन । मालिक प्रवृत्ति भएका भारतीय नेताहरू र दास मानसिकताले ग्रसित नेपाली नेताहरूबाट नेपालको दीर्घकालीन हितका निमित्त गहकिलो कदमहरू चालिएलान् भन्ने विश्वासै छैन ।

जोशीलाई shambhuramjoshi@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।