भारतले नेपाल सिध्याउन खोज्दैछ

0
3147

दीपक गजुरेल, राजनीति शास्त्री

लोकतन्त्र, अधिकार, समानता जस्ता बहानामा नेपालका राजनीतिक दल र नेताहरूले नेपाल राष्ट्रलाई कमजोर पारे । नेपाली–नेपालीलाई अनेक तरिकाले फुटाएर हाम्रो समाज, संस्कृति मास्दैछन् यी नेताहरू । र यी सम्पूर्ण काम विदेशीको स्वार्थका लागि गरिँदैछ ।

हाम्रो क्षेत्रका दुई उदीयमान देश चीन र भारतको रणनीतिक दाउपेचले गर्दा नेपाल दुई ठूला साँढेको जुधाइमा मासिएको तोरी बारी बन्दैछ । यसरी जुध्ने दुईवटा साँढे त छँदै थिए, पश्चिमा शक्ति समेत नेपालमा पसेको छ, अनेक तरिकाले हामीलाई कमजोर बनाउन । यिनीहरूको काम गर्ने शैली देखिन्न तर नजानिँदो हिसाबले पश्चिमाहरूले हामीलाई कमजोर पार्दैछन् ।

नेपालमा भारतले नाङ्गो रूपमा, विभत्स ढङ्गले हस्तक्षेप गर्छ । तर भारत भन्दा अझ शक्तिशाली अन्य शक्तिले नेपालमा काम गरिरहेका छन् । त्यो हत्तपत्त हामी देख्दैनौँ । तिनीहरुले गर्दा नै गणतन्त्र, धर्म निरपेक्षता र संघीयता ल्याइयो नेपालमा ।

नेपालका राजनीतिक दलहरु कोही पनि सिद्धान्तमा हिँडेका छैनन् । राजनीति गर्नेहरुले समाज र देशको हितलाई केन्द्रमा राखेर काम गरिराखेका छैनन् । यिनीहरू विदेशीको स्वार्थको लागि नेपाल सिध्याउँदैछन् ।

२०६२/६३ को आन्दोलन मुलुकमा धर्मनिरपेक्षता र गणतन्त्र ल्याउन गरिएको थिएन । यो विदेशीको निर्देशनमा भएको थियो ।

२०४६ सालको आन्दोलन अगाडि राजा वीरेन्द्रलाई भारतले एउटा सन्धि गर्न प्रस्ताव पठाएको थियो । जसमा नेपालको रक्षा र विदेश नीति भारतको अधिनमा जाने व्यवस्था गरिएको थियो । भारतको उक्त प्रस्ताव राजा वीरेन्द्रले नमान्दा भारतले २०४६ सालको आन्दोलन गरायो जुन कुरा त्यसबेलाका प्रधानमन्त्री मरिचमानसिंह स्वयंले सार्वजनिक गरेका हुन् ।

सगरमाथा टेलिभिजनमा अन्तरवार्ता दिँदै राजनीति शास्त्री एवम् त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक दीपक गजुरेलले उक्त कुरा बताएका हुन् ।

अन्तरवार्ताको पूरा भिडियो यहाँ हेर्न / सुन्न सकिन्छ :