भारतीय विदेश मन्त्री यस बेला किन ?

0
103

दीपक गजुरेल / दामोदर कोइराला

Damodar Koirala and Deepak Gajurel

भारतीय विदेश मन्त्रीको भ्रमण निरुद्धेश्य किमार्थ होइन । यस भित्र भारतको निहित रणनीतिक उद्धेश्य रहेको छ ।

त्यसैले चुनाव सकिएर सरकार बन्ने संक्रमणमा रहेको नेपाली राजनीतिमा तरङ्ग नै ल्याउने गरी यो भ्रमण भएको हो भन्नेमा शंका छैन ।

कूटनीति तथा मर्यादाका विषयमा सधैँ सचेत र सम्बेदनशील देखिने भारतले, आज कुनै पदमा नरहेका पूर्व प्रधानमन्त्रीको निमन्त्रणमा (कसको निम्तो भन्ने अझ खुलेको छैन) आफ्ना उच्च हैसियतकी विदेश मन्त्रीलाई नेपाल पठाउनुलाई सामान्य रूपमा कसरी हेर्न मिल्छ र ?

सुष्मा स्वराजले यहाँ गरेका गोप्य वार्ताहरूका कारण उनको दुई दिने नेपालको यात्रा रहश्यमय देखियो । सभ्य समाजमा स्थापित कूटनीतिक मर्यादा विपरितका दृश्यहरूले नेपाल सँग दिल्लीले सम्बन्ध सुधार्न खोजेको भन्ने दावी गलत सावित गर्यो । भारत अझै पुरानै नीति तथा शैलीमै हिँडेको देख्दा भारतीय शासकहरू प्रति नेपालमा रहेको छवि सुधार भएको देखिँदैन ।

यिनै विषयको सेरोफेरोमा गरिएको छलफल यहाँ प्रस्तुत गरिएको छ ।