मोदीको बढ्दो शक्ति र नेपाल

0
233

दीपक गजुरेल

भारतीय आम चुनाउको परिणाम ।

अबका दिन र महिना निक्कै कठीन हुने छ – ‘नेपाली’ नेता र दलहरूका लागि ।

तर, नेपाली नागरिकका लागि चाहिँ स्थिति भयानक हुन सक्ने खतरा हुनसक्छ ।

नेपालको आन्तरिक राजनीतिमा भारतको ‘हैसियत’ पहिलाको जस्तो सजिलो, एकाधिकार जस्तो, छैन ।

भारतकै आम निर्वाचनमा कसलाई ‘बहुमत दिलाउने’ सम्मको ‘तागत्’ राख्ने, भारत र नेपालमा वर्षेनी धेरै अर्व डलर खन्याएर यहाँकालाई किन्न सक्ने शक्तिसँग दिल्लीको ‘पल्ला’ परेको छ ।

पृथ्वी मात्र हैन, ब्रमाण्ड नै मेरो भन्न थालिसकेको, Pacific, Atlantic दुबै महासागरलाई Our Lakes घोषणा गरिसकेको शक्तिलाई ‘मजाक’ ठान्ने गल्ति दिल्लीले गर्ने हिम्मत नगर्ला !

यस्तो स्थितिमा, यहाँका ‘धर्म निरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्र’ वादीहरूको हैसियत !

दया मात्र गर्न सकिन्छ यिनीहरू प्रति ।