यिनले नेहोरा गरे पनि राजा नआउलान्

0
310

तपाईँहरूले नै आफ्नै सुरक्षाको लागि ‘महाराज दरवार सवारी होस्’ भन्ने दिन न आउला भन्न सकिन्न

केशबप्रसाद भट्टराई

केशबप्रसाद भट्टराई

राजा आउन सजिलै सम्भव देखिन्न र यो राज्य व्यवस्था टिक्न असम्भव, के हामी भविष्यहीन जस्तै नै हो ?

कोकोहोलो मच्चाउनै पर्दैन, ढिलो चाँडो तपाईँहरूले नै आफ्नै सुरक्षाको लागि ‘महाराज दरवार सवारी होस्’ भन्ने दिन न आउला भन्न सकिन्न ।

हिजो हाम्रो हुतीले भ्याएन भनेर खिलराज कहाँ त्वं शरणं हुन गएकै हो ।

बरू आफ्ना अभाव,सीमा र मुलुकको अवस्था बुझेका राजा तपाईँहरू सबै गएर नेहोरा गर्दा पनि ‘लौ त भनिहाले’ भनेर नआउलान् !

उनमा मुलुकप्रतिको दायित्व वोध त छ तर पुन गद्दीमा बस्ने रहर होला जस्तो लाग्दैन ।

राजगद्दीमा बस्दा बस्दै त हाँसी हाँसी चटक्क दरवार छोडेर हिँडे ।

मन गरेको भए त पहिला पनि केही विकल्प त थिए होलान नी !

तपाईँहरूले चाहेर पनि रुक्माङ्गदलाई त हटाउन सक्नुभएन – तपाईँहरूकै कारण राजा हटे भनेर मान्न खै को तयार होलान ?

आफ्नो बचनको कुनै मर्यादा नराख्ने र वजन नबुझ्नेले ले भन्न त जे भने पनि भयो !

त्यसैले पदमा नरहे पनि सिङ्गो राज्य सत्ताको स्वामित्व लिएका तपाईँहरूले भन्दा बढी राजनीतिक, सामाजिक र नैतिक शक्तिलाई प्रतिनिधित्य्व गर्दछन् उनी ।

मुलुकका सबैजसो निर्णायक महत्वका राज्य संरचनाका मूख्य व्यक्तिहरू एउटा न एउटा शक्ति राष्ट्रको मोहोरा बनेर बसेको नबुझेको होलान र उनले ?

आजको जटील विश्व राजनीति, नेपालको गजमज्ज परेको भूराजनीतिक अवस्था र हाम्रो जस्तो मूल्यहीन र संस्कारहीन राजनीति र भ्रष्ट, बिकाउ र दास वौद्धिक परम्परामा नेपाली जनता अन्तिम रूपमा निर्णायक हुन सक्ने रहेनछन् ।

यही भ्रष्ट संरचना, राजनीतिक-सामाजिक मूल्य र संस्कृति भित्र कसले आएर के गर्ने ?

यो सबैका विरूद्ध कुन शक्ति र संरचानाको बलमा जुध्ने ?

यही पद्धति र संरचनामा धेरथोर हेरफेर र परिवर्तन गरेर जो आए पनि उही हो ।

विकृत, भ्रष्ट र गतिहीन संरचना बदलेर नयाँ संरचना निर्माणको म्याण्डेट र त्यसलाई अघि बढाउने यक्ति र संरचना कसरी तयार पार्ने ? 

सजिला छन् र यी कुरा ? 

राजासँग यी सबै कुराका उत्तर होलान र ? त्यसैले सजिलै आउने मन गर्लान् ?

केही बर्ष अघि मात्रै अफगानिस्तानका राजा जाहिर शाहले त्यस्तो आग्रहलाई अस्वीकार गरेका सम्झना सबैलाई होला नै !

बुझ्न सकिन्छ राजा आउन सजिलै सम्भव देखिन्न र यो राज्य व्यवस्था टिक्न असम्भव नै छ !

अनि प्रश्न यौटै -के के हामी भविष्यहीन जस्तै हौँ ?

(भट्टराईको फेसबुकबाट साभार)