राजनीतिज्ञ : काम के गर्छ ?

0
329

माधबराज आचार्य

समाजसेवी = समाजका सदस्यलाई सहयोग गर्ने
कर्मचारी = नोकरी गर्ने
मजदूर = श्रम गर्ने
शिक्षक = पढाउने
किसान = कृषि गर्ने
चालक = हाँक्ने
मिस्त्री = बनाउने
भान्से = पकाउने
……. = ……..
……. = ……..

राजनीति गर्ने = ????????????????????????????????????

अचम्म लागेन ?

अरू काम जनाउने शब्दसित कुनैनकुनै काम जोडिएको रहेछ !

‘राजनीति’ सित चैं के काम जोडिएको रहेछ त ?

कुनै पनि काम जोडिएको रहेनछ !

कुनै काम नै नगरेपछि, उसले खान्छ / परिवार पाल्छ कसरी ?

स्पष्ट छ, अर्काले कमाएर उसलाई पाल्नुपर्छ

वा ऊ अर्काको कमाई चोरेर / लुटेर / ढाँटेर खान्छ ।

“राजनीति गर्ने, नेता हो” अर्थात् उसले नेतृत्व दिन्छ भन्नेहरू पनि छन् ।

तर, ‘नेता’ त कामबोधक शब्द नभै समूहभित्रको स्थान वा हैसियतबोधकमात्र शब्द हो ।

नेतृत्व दिने चैं पो नेता हुन्छ, जसले नेतृत्व नै गर्दैन ऊ कसरी र कसको नेता ?

नेता त हिमाल चढ्ने भरियाको टोलीको, ज्यामीको टोलीको, वार्ताटोलीको, पशुका वथानको पनि हुन्छन्; ती त राजनीति गर्ने मानिदैनन् !

आफै गहिरिएर सोचिहेरौं :
‘ऊ त राजनीति गर्छ’ भन्ने सुनियो भने, ऊ के काम गर्दोरहेछ भन्ने बुझ्ने त ?