राष्ट्र हितका लागि सबै नेपाली जुटौँ – शेखर ढुङ्गेल

0
283

शेखर ढुङ्गेल एक सशक्त लेखक, चिन्तक, अभियन्ता हुनुहुन्छ ।

‘मातृभूमिका लागि नेपाली’ नामक महाअभियानका केन्द्रीय सदस्य तथा अमेरिका संयोजक हुनुहुन्छ ढुङ्गेल ।

नेपाली समाजमा व्याप्त साँस्कृतिक, मनोवैज्ञानिक, चारित्रिक, तथा व्यवहारगत् समस्याले चिन्तित ढुङ्गेलले ‘परिवर्तनका लागि विवेकशीलता’ लगायतका पठनीय पुस्तकहरू लेख्नुभएको छ ।

आफ्ना पुस्तक, लेख, प्रवचन आदिका माध्यमबाट उहाँ नेपाली जनता, खास गरी युवा पुस्तालाई विवेकशील बन्न आग्रह गर्नु हुन्छ । ‘हामी जनता नै जागरूक तथा सचेत भएनौँ भने शासकले राष्ट्र तथा जनताको हित गर्दैनन्,’ भन्नुहुन्छ ढुङ्गेल ।

धर्म निरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक अवस्था खस्कँदै गएको ठहर छ उहाँको । त्यसैले, मुलुकको वृहत्तर हितका लागि सबै नेपाली एक जुट भएर लाग्नु पर्छ भन्ने शेखर ढुङ्गेल ‘मातृभूमिका लागि नेपाली’ नामक महाअभियान सँग जोडिएर देश हितका काममा लाग्नु भएको छ ।

मातृभूमिका लागि नेपाली महाअभियानको केन्द्रीय सदस्य तथा अमेरिका संयोजक शेखर ढुङ्गे्ल सँग नेपाल पोलिटी (Nepal Polity) च्यानेल, तथा www.nepalpolity.com का प्रधान सम्पादक, प्राध्यापक दीपक गजुरेलले अन्तरवार्ता लिनुभएको छ ।

सो अन्तरवार्तामा ढुङ्गेलले आम नेपालीलाई राष्ट्र हितका लागि एक जुट हुन आह्वान गर्नु भएको छ ।