केदार सिटौला

सामाजिक अनुसन्धाता तथा विश्लेषक

केदार सिटौला

नेपाल पोलिटीका लागि राजनीति शास्त्री, सहप्राध्यापक दीपक गजुरेल सँग कुरा गर्दै अधिवक्ता तथा रणनीतिक विश्लेषक केदार सिटौलाले अब सृजना हुने बेरोजगारीको समस्यालाई उपयुक्त ढङ्गले सम्बोधन गर्न सकिएन भने स्थिति विकराल हुन सक्ने जोखिम रहेको बताउनु भएको छ ।

यहाँ संलग्न, १९ मिनेटको भिडियो कुराकानीमा विश्लेषक सिटौलाले निम्न मुख्य पक्ष उल्लेख गर्नु भएको छ :

  • कोरोना भाइरसबाट लाग्ने रोग कोभिड – १९ का कारण विश्वभर परेको प्रभाव नेपालमा पनि परेको छ ।
  • बन्दाबन्दीले पारिराखेको सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन मनोवैज्ञानिक असर गम्भीर बन्दै गएको छ ।
  • बालबालिका, वृद्ध, अशक्त, र कमजोर आर्थिक अवस्था रहेका मानिसहरूले अनेकौँ समस्या भोग्नु परिराखेको छ ।
  • यस्ता असरले दूरगामी रूपमा हाम्रो समाजलाई नराम्ररी गाँज्ने स्थिति छ । यसबाट जोगिन राष्ट्रले समयमै उपयुक्त कदम चाल्नु जरूरी छ ।
  • देशको अर्थतन्त्रलाई ठूलो धक्का लाग्ने देखिँदैछ । उत्पादनका क्षेत्रहरू अस्तव्यस्त भएका छन् ।
  • स्वदेश र विदेशमा रहेका लाखौँको रोजगारी गुमेको वा गुम्ने अवस्था छ । वैदेशिक रोजगारीमा गएका र कोभिडका कारण रोजगारी गुमेका लाखौँ जनशक्ति ह्वारह्वार्ति स्वदेश फर्कने, अर्कातिर स्वदेशमै रोजगारी गुमेका थप लाखौँ युवा जनशक्तिको व्यवस्थापन गर्नु अबको चुनौति हो ।
  • यदि यो ‘वेरोजगार सेना’ लाई सही तरिकाले समयमै व्यवस्थापन गर्न सकिएन, र तिनीहरूलाई वैकल्पिक रोजगारीको वातावरण सृजना गरिएन भने त्यो लाखौँको भीड राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा बारूदका रूपमा दूरूपयोग हुन सक्ने जोखिम छ ।
  • राज्यले चाह्यो भने, र इच्छा शक्ति भयो भने चाहिँ यो जोखिमलाई अवसरमा परिणत गर्न सकिन्छ ।

www.nepalpolity.com and ‘Nepal Polity’ Youtube channel are the forum for the analysis of Nepal’s domestic affairs, Geopolitics, Policy Research, Himalayan Asia affairs and International Relations.

 

524 Total Views 1 Views Today

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here