लोकतान्त्रिक गणतन्त्र : सपनाको व्यापार

0
129

चीन र अमेरिका, सोभियत संघ र अमेरिका तथा चीन-भारतबीचको सम्बन्ध बिग्रेका बेला ती सबै राष्ट्रलाई नेपालमा लोभ्याउनु र लगानी गर्न उत्प्रेरित गर्नु कूटनीतिक सफलता एवं चातुर्य दुवै थियो। 

युवराज गौतम

yubraj-gautamअमेरिकी राजनीतिज्ञ स्टेभेन्सनले भनेका छन्- पीडा अव्यक्त पनि हुन्छ। उमेरका कारण मानिस धुरुधुरु रुन पनि सक्दैन र हाँस्न पनि सक्दैन। सचेत नेपाली आज त्यस्तै अवस्थामा छन्।

सन् १९६० को २८ अप्रिलमा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि भएपछि नेपाल भारतको संरक्षित क्षेत्र हो भनेर गरिएको दुष्प्रचार मत्थर हुँदै गयो। चीनले काठमाडौंमा दूतावास खोल्यो। चीन जोड्ने अरनिको राजमार्ग, पोखरा-काठमाडौं जोड्ने पृथ्वी राजमार्ग, चितवन-गोर्खा राजमार्ग, बाँसबारी छाला जुत्ता कारखाना, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, राष्ट्रिय सभागृहलगायतका पचासौं आयोजनामा ठूलो लगानी गरेर सदाशय देखायो। चीन र अमेरिका, सोभियत संघ र अमेरिका तथा चीन-भारतबीचको सम्बन्ध बिग्रेका बेला ती सबै राष्ट्रलाई नेपालमा लोभ्याउनु र लगानी गर्न उत्प्रेरित गर्नु कूटनीतिक सफलता एवं चातुर्य दुवै थियो। 

आज कांग्रेसमा नेता र नीति दुवैको संकट देखिएको छ। 

राष्ट्रसंघका महासचिव (नर्वेका पूर्व विदेशमन्त्री) ड्याग ह्यामरसोल्ड लुसाकामा भएको विमान दुर्घटनामा मरेपछि त्यसबारे छानबिन गर्न राष्ट्रसंघको महासभाले अन्तर्राष्ट्रिय समिति बनायो। त्यसको अध्यक्ष पदमा नेपालका प्रतिनिधि ऋषिकेश शाह छानिए। सन् १९६१ मा अमेरिका र सोभियत संघबीचको तनाव उत्कर्षमा पुगेका बेला नेपाललाई दुवै राष्ट्रले विश्वास गर्नु ठूलो कूटनीतिक उपलब्धि मान्नुपर्छ। यस्ता धेरै कुरामा डिप्लोम्याटिक लिबरेज मिल्यो। 

आइभर जेनिङ्स र फ्र्यांक रोबर्टस् जस्ता विश्वप्रसिद्ध संविधानविद्हरूको परामर्श लिएर बनाइएको संविधान स्वीकार गरेर नेपालमा तत्कालका सम्पूर्ण राजनीतिक शक्ति अग्रसर भए। यो पनि ठूलो राजनीतिक सफलता थियो। नीति र नेता स्पष्ट छन् भने भ्रमको पर्दा आफैं च्यातिएर सुदूर क्षितिज टड्कारो देखिन्छ। दुर्भाग्यवश, धेरै राजनीतिज्ञहरू प्रलोभनमा फस्छन् र कालान्तरसम्म पश्चात्ताप गर्न बाध्य हुन्छन्। 

इतिहासलाई सरापेर भविष्य निर्माण हुँदैन। हजारौं वर्ष पुरानो स्वतन्त्र राष्ट्र नेपाल आज अपूर्व संकट भोगिरहेको छ। त्यसैले राष्ट्रलाई स्थायित्व, शान्ति र प्रगतिको बाटोमा हिँडाउन चेतनशीलहरू मात्र निर्भीक, राष्ट्रवादी, इमानदार र वस्तुपरक भइदिए हुन्छ। 

सन् १९५० को नोभेम्बर १३ मा नेपाली कांग्रेसले वीरगन्ज माल कार्यालयबाट लुटेको ३५ लाख रुपैयाँ भारत पुर्याइयो। विराटनगरमा विमान अपहरण गरेर लगिएको ३० लाख भारू पनि उतै लगियो। यस्ता घटनाले गर्दा कांग्रेसको नीति र नेताप्रति जनविश्वास घट्दै गयो र त्यसले नेपाली कांग्रेसविरुद्ध जागृत वामपन्थीहरूलाई सजिलो भयो। 

महेन्द्रविक्रम शाहले नेतृत्व गरेको नेपाल प्रजातान्त्रिक कांग्रेस र मातृकाप्रसाद कोइरालाको नेपाली राष्ट्रिय कांग्रेस मिलेर जन्मिएको नेपाली कांग्रेस सन् १९५० को २७ मार्चदेखि आजसम्म जीवित रहनुको एउटै कारण हो, प्रजातन्त्रप्रतिको समर्पण। तर आज कांग्रेसमा नेता र नीति दुवैको संकट देखिएको छ। 

डा. तुलसी गिरिका निजी सचिवसमेत भएर ५० वर्षदेखि दु:ख गरेका सुशील कोइरालासँग सरलता मात्र देखियो, क्षमता देखिएन। राजनीतिमा लागेपछि धनी हुन पाइन्छ भन्नेहरू हरेक दलमा छन्। त्यसैले ती राजनीति गर्न होइन, सपना बेचेर धनी हुन चाहन्छन्। आज पनि त्यही छ। 

झन्डै २५ वर्षअघिको कुरा हो। डिल्लीबजारमा एकजना सुसम्पन्न राणासँग भेट भयो। मैले उहाँको स्वास्थ्यबारे सोधें। उहाँले भन्नुभयो -स्वास्थ्य राम्रो छ तर श्रीमतीसँग कुरो मिलेन र डिभोर्स गर्न अदालतमा आएको। श्री ३ चन्द्र शमशेरका ती वृद्ध नातिले भने- ५० वर्षसम्म राजनीति गर्नेलाई सिद्धान्त त्याग्न बरू सजिलो रहेछ तर लोग्ने-स्वास्नीले एकअर्कालाई त्याग्न गाह्रो हुँदोरहेछ। 

 कृष्णशमशेर निसन्तान थिए र आज उनको दरबारमा विराजमान रामवरण यादवले पनि उत्तराधिकारीका रूपमा अर्को राष्ट्रपति पैदा गर्ने अवस्था र क्षमता देखिँदैन।

वास्तवमा कांग्रेसमा पनि त्यस्तै भयो। इमानदार, सिद्धान्तवादी, राष्ट्रवादी र सक्षमहरू पार्टीबाट धमाधम टाढा भए। आज कांग्रेसमा बेइमान र लोभीहरूको बाहुल्य छ। अरू दलको अवस्था पनि त्यस्तै छ। त्यसैले लोकको गरूँ हित् भनी भनेर ल्याइएको लोकतन्त्र (?) विशुद्ध लोभतन्त्र बनेको छ। जनता गणतन्त्रलाई गाँडतन्त्र भनिरहेका छन्। 

मोहन शमशेरका कान्छा छोरा कृष्णशमशेरको दरबारमा राखिएको छ राष्ट्रपतिलाई। राजनीतिक अस्थिरता र अनिश्चितताले बताइरहेको छ- रामवरण यादव नेपालका प्रथम र अन्तिम राष्ट्रपति बन्नुहुनेछ। यसबारे सप्रसंग व्याख्या आवश्यक छैन। चन्द्रशमशेरको दरबार (सिंहदरबार) र कृष्णशमशेरको शीतलनिवास दुवै आज पूरै असफल ठहरिएका छन्। 

कृष्णशमशेर निसन्तान थिए र आज उनको दरबारमा विराजमान रामवरण यादवले पनि उत्तराधिकारीका रूपमा अर्को राष्ट्रपति पैदा गर्ने अवस्था र क्षमता देखिँदैन। नयाँ राष्ट्रपति तब जन्मिन्छ, जब नयाँ संविधान आउँछ। पटकपटक भ्यासेक्टोमी गर्दै नशा जोड्दै नपुंसक भइसकेको अन्तरिम संविधानबाट अब देश चल्न सक्दैन। 

 बाबुराम भट्टराईको नेतृत्वमा दिल्लीमा राजा वीरेन्द्रलाई कालो झन्डा देखाइयो। नेपालको शान्ति क्षेत्र प्रस्तावको विरोध गर्दै भारतको संस्थापन पक्षले त्यो नाटक मञ्चन गराएको कुरा छापाहरूमा आयो। 

तत्त्वज्ञानी, दूरद्रष्टा र साधकहरूलाई भविष्यका बारेमा पनि ज्ञान हुन्छ। १९९० सालको महाभूकम्प आउनुअघि रेसुंगा महाप्रभु भनिने सन्तले आफ्ना भक्तहरूलाई भनेका थिए- नेपालमा माघमा ठूलो भूकम्प आउँछ र विनाश गर्छ। त्यसैले माघ २ गते खुला चउरमा बस्नु। दिउँसो दुई बजेर १० मिनेटमा महाभूकम्प आएर ठूलो क्षति गर्यो। विज्ञानले नसकेको भूकम्पको भविष्यवाणी गर्नु आश्चर्य थियो। 

नेपाली राजनीतिमा पनि भविष्यद्रष्टाहरू थिए। संविधानसभाले संविधान बनाउँदैन भनेर बीपीले पटकपटक साथीहरूलाई भन्नुभयो। गणेशमान सिंहले संविधानसभाको आवश्यकता छैन भन्दा बाबुराम भट्टराईले उहाँलाई मोसो दल्ने तयारी गरेको कुरा ऋषिकेश शाहको आत्मकथामा लेखिएको छ। 

 आफैंले निर्णय गर्न सक्ने भए संविधानको एउटा किताब लेख्न सात वर्ष पर्खेर सयौं करोड रुपैयाँ मास्नु आवश्यक थिएन। 

बाबुराम भट्टराईको नेतृत्वमा दिल्लीमा राजा वीरेन्द्रलाई कालो झन्डा देखाइयो। नेपालको शान्ति क्षेत्र प्रस्तावको विरोध गर्दै भारतको संस्थापन पक्षले त्यो नाटक मञ्चन गराएको कुरा छापाहरूमा आयो। 

नेपालमा राजनीतिज्ञ भनिनेहरूमध्ये ककसले राष्ट्र र जनताको भावनाको प्रतिनिधित्व गरिरहेका छन्? उनीहरू पराईनिर्देशित नाटकका ती पात्र हुन्, जो पर्दापछाडि घोकाइएका वाक्यहरू बोल्छन्। नयाँ कुरा आएपछि बैठक स्थगित गरेर मालिकहरूलाई सोध्ने गर्छन्। आफैंले निर्णय गर्न सक्ने भए संविधानको एउटा किताब लेख्न सात वर्ष पर्खेर सयौं करोड रुपैयाँ मास्नु आवश्यक थिएन। 

इतिहासलाई सरापेर भविष्य निर्माण हुँदैन। हजारौं वर्ष पुरानो स्वतन्त्र राष्ट्र नेपाल आज अपूर्व संकट भोगिरहेको छ। त्यसैले राष्ट्रलाई स्थायित्व, शान्ति र प्रगतिको बाटोमा हिँडाउन चेतनशीलहरू मात्र निर्भीक, राष्ट्रवादी, इमानदार र वस्तुपरक भइदिए हुन्छ। 

अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित