शिक्षामा मौन क्रान्ति

0
694

शिक्षामा मौन क्रान्ति

(Silent Revolution in Education)

पूर्व विद्यार्थी जागौँ : आ–आफ्नो विद्यालयका लागि केही गरौँ

दीपक गजुरेल,

सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

दीपक गजुरेल,
सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय

सरकारी लगानीमा सञ्चालित, (सरकारी / सामुदायिक) विद्यालयहरूको शैक्षिक गुणस्तर दयनीय छ । विभिन्न तथ्याङ्क, जानकारी र अनुभवले सरकारी विद्यालयमा पढेका विद्यार्थीहरूको कार्यक्षमता (Performance) कमजोर हुँदै गएको देखाउँछन् ।

राष्ट्रले शिक्षा क्षेत्रमा ठूलो लगानी गरिराखेको छ । तर, व्यापारिक उद्देश्यले सञ्चालित निजी विद्यालयहरूको तुलनामा सरकारी विद्यालयका विद्यार्थी पछि परेका छन् ।

यो स्थिति आउनुमा सरकार, विद्यालय व्यवस्थापन, शिक्षक, अविभावक लगायत समग्र समाज घटी वा वढी सबै दोषी हुन सक्छन् । शिक्षा सम्बन्धी सबै पक्षले आ–आफ्नो भूमिका प्रभावकारी बनाउनु जरूरी छ ।

यस सन्दर्भमा सरकारी विद्यालयका पूर्व विद्यार्थीहरूको भूमिका देखिएको छैन, अहिले सम्म ।

१० –१५ वर्ष अघि सम्म पनि, सरकारी विद्यालयबाट गुणस्तरीय शिक्षा पाएर अहिले देश–विदेशमा प्रभावकारी भूमिकामा रहेका पूर्व विद्यार्थीहरूले अब चाहिँ केही गर्नै पर्ने बेला आएको छ ।

मुलुकका हरेक सरकारी विद्यालयका केही जना मात्र पूर्व विद्यार्थी जाग्ने हो र अलिकता मात्र समय आफूले शिक्षा हासिल गरेको विद्यालयका लागि दिने हो भने सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा कायापलट हुन सक्छ ।

पूर्व विद्यार्थीले :

के गर्ने ?

कस्ले गर्ने ?

किन गर्ने ?

कसरी गर्ने ?

कहाँ गर्ने ?

कहिले गर्ने ?

कस्तो परिणाम आउने छ ?

यी लगायत, विद्यालय शिक्षाको गुणस्तर उचाल्न जरूरी पक्षहरू बारे यो भिडियो Monologue मा उल्लेख र व्याख्या गरिएको छ ।