संघीयताको परिणाम !

0
317

माधबराज आचार्य

आफूलाई ठूलै नेता ठान्ने एकजना संघीयतावादी र मबीचको छलफल :

माधबराज आचार्य
माधबराज आचार्य

म : संघ बनेपछि, तपाईंकै प्रदेशको प्रतिनिसभाले कुनै दिन, ‘आजदेखि हामी नेपालबाट अलग भै, एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र भयौं। हाम्रो स्वतन्त्रतालाई स्वीकार नगर्नेहरूको सम्पत्ति जफत गरी, उनीहरूको सबै नागरिक अधिकार खारिज गरिनेछभन्ने प्रस्ताव पास गरी कार्यान्वयन गर्न पनि लागे भने, तपाईहरूले कसरी रोक्नुहोला ?
ऊ : त्यसो गर्न पाइदैन । संविधानविपरीत हुन्छ ।
म : माओवादी विद्रोह, 047 को संविधानविपरीत थिएन ? रोक्न सक्नुभो ?
ऊ : अब, केन्द्रले बलप्रयोग गरेर भए पनि त्यसलाई रोक्नेछ ।
म : हिजो, बल प्रयोग गर्दा पनि, माओवादीलाई रोक्न सक्नुभएको थियो ?
ऊ : त्यो र यो बेग्लैबेग्लै कुरा हो ।
म : कुरा जेसुकै होस्, यति मात्र भन्नुस् कि कसरी रोक्नुहुन्छ ?
ऊ : त्यस्तो कुराको सक्रिय विरोध त्यहीका जनताले गर्नेछन् ।
म : अर्थात्, स्वतन्त्र हुन चाहने र नचाहनेबीच गृहयुद्ध हुनेछ ! हजारौं मारिनेछन् ! लाखौं विस्थापित हुनेछन् !
ऊ : त्यति उग्र नकारात्मक सोच नराख्‍नुस् न ! त्यस्तो हुदैन ।
म : माओवादी विद्रोह शुरू हुँदा पनि, ‘नकारात्मक सोच नराख्‍नु, केही पनि हुँदैनभन्नुभाहैन ? तपाईंहरूको सकारात्मक सोच‘-ले, 17000 नेपालीको ज्यान किन बचाएन ? त्यत्रो विध्वंश हुनबाट देशलाई किन जोगाएन ?
ऊ : विश्वमा त्यतिका संघीय देश छन् ! सबैमा भाछैन नि !
म : पाकिस्तान विभाजित भै वाङ्लादेश, सोभियत संघ, वारसा-संधि समूहका संघहरूको चोइट्याई आदि बिर्सिनुभयो ? एड्सको पहिलो घटना नेपालमा घटेको थियो ?
ऊ : तपाई नराम्रो मात्रै सोच्नुहुन्छ !
म : ठीकै छ ! भोलि, त्यसै भयो भने, तपाईहरूका धनीजति नेता त, भागी, विदेशमा मोज गरेर बस्लान् ! तर, तपाईंहरू त यहीं बस्नुहुनेछ ! अनि, विस्थापितहरूको लाखौंको भीडले, खोजिखोजी तपाईं संघीयतावादी नेताहरूको घरद्वारमा प्रवेश गरी, ‘कि बस्न-खान दे, कि गोली हान् !भन्नथाल्यो भने, उनीहरूप्रति पनि पूर्णसकारात्मकनै रहनुहुनेछ, हैन त ?’
उसको अनुहारमा गहिरो सोचाईको भाव देखियो, जवाफ भने आएन ।

हामी 2 मध्ये, कसको कुरा औचित्यपूर्ण छ भनी निर्णय, साथीहरूबाटै आओस् ।

श्री आचार्यको फेसबुक स्ट्याटसवाट स-धन्यवाद ।