संविधान र कानुन हाम्रो लागि हो !

0
270

एउटा पार्टीमा दुई कार्यकारी अध्यक्ष हुन्छ भने एउटा मुलुकमा दुई प्रधानमन्त्री, दुई राष्ट्रपति किन नहुने ?”

केशबप्रसाद भट्टराई

केशबप्रसाद भट्टराई

एउटा पार्टीमा दुई कार्यकारी अध्यक्ष हुन्छ भने एउटा मुलुकमा दुई प्रधानमन्त्री, दुई राष्ट्रपति किन नहुने ?”

“हाम्रो महान पार्टीले संसारमा सबैभन्दा प्रष्ट विचार र सिद्धान्त बोकेकोले नै यत्रो युगान्तकारी सफलता प्राप्त गरेको छ ।”

“हो त त्यसैले,  हामीले विचार र सिद्धान्तबारे पछि फुर्सदमा बिस्तार छलफल गरौंला । अहिले पद बाँडचुँड गरिहालौं भन्ने सहमति गरेको । ”
***

“अनि हाम्रो पार्टी परस्पर विश्वासको चुरोमा बाँधिएको असाधारण संगठन हो । “

“भन्नै परेन, त्यसैले हाम्रा दुई महान अध्यक्षहरू वीचको गोप्य सहमति लिखित मात्रै नभएर साक्षी समेत राखेर गरिएको हो ।”
***

“परस्पर विश्वास बढाउने उद्देश्यले नै हामीले संसारका कम्युनिष्ट पार्टीहरूमा मात्र नभएर दुनियाँमा नै असामान्य मानिने एउटा पार्टीमा दुई अध्यक्षको व्यवस्था गरेको –

विश्वले सिक्नु पर्छ हामीसँग राजनीतिक व्यवस्थापन कसरी गर्ने भनेर ।   
***

हामी संविधान र कानुनका लागि होइनौ संविधान र कानुन हाम्रोलागि हो भन्ने हाम्रो मूल नीति हो

“ अब त्यो विश्वास बढाउन हामीले हरेक घटक र गुटका मन्त्रीहरूलाई नेतृत्व गर्ने गरी दुई तीन प्रधानमन्त्री पनि बनाउने सोचिरहेका छौं !

एउटा पार्टीमा दुई कार्यकारी अध्यक्ष हुन्छ भने एउटा मुलुकमा दुई प्रधानमन्त्री, दुई राष्ट्रपति किन नहुने ?”
***

“अनि संविधान ? “
“हामी संविधान र कानुनका लागि होइनौ संविधान र कानुन हाम्रोलागि हो भन्ने हाम्रो मूल नीति बिर्सिनु भयो !”
***

“काङ्ग्रेस जस्तो आफूलाई संसारको श्रेष्ठ प्राजातान्त्रिक र कानुनको शासनको पक्षधर भनेर दावी गर्ने दलमा त किसुनजी नेतृत्वमा एउटा संविधान, गिरिजाबाबु नेतृत्वमा अर्को संविधान र सुशील कोइराला नेतृत्वमा अर्को बन्यो भने हामी ?
***

यो संविधान पनि एउटा हतारको सम्झौता त हो नी !

काङ्ग्रेसलाई आफ्नो दलको वैधानिकता जोगाउन र हामीलाई हाम्रो नेतृत्वको सरकार गठन गर्न हतारो थियो ।

भित्र र बाहिरका कतिलाई गणतन्त्र, धर्म निरपेक्षता र संघियतालाई जसो तसो संविधानमा हुलेर रासन भत्ता पचाउनु थियो ।
**


हामीलाई जुन दिन संविधान बाधक लाग्दछ त्यही दिन फालिने छ यो संविधान ,

कांग्रेसले फाल्न मिल्छ , हामीले नमिल्ने हो र ?

संविधान घोकेर समाजवाद र साम्यवादमा पुगिन्छ र ?

“क्रान्तिकारीहरूलाई के को संविधान ? परे दुई तिहाई के त ?”

“ए हो त हगी ?”
***

यत्रा यत्रा सारा संसार नै आश्चर्य चकित हुने परिवर्तन संविधान सिरानीमा हालेर आएको हो र ?
परिवर्तनले संविधान रचना गर्दछ, संविधानले त परिवर्तनको रचना गर्दैन !

जब सबै विरोधी सकिन्छन, हाम्रो शासन सत्ता अकण्टक रहिरहने अवस्था आउँछ त्यो अकण्टकताको रक्षा गर्न, अनि त्यसका विरुद्ध कुनै पनि आवाज उठ्न नदिन हामीले ल्याउने संविधान मात्रै हाम्रो संविधान हुने छ I
***

“अनि एकताको कुरा ?”

“हाम्रो पार्टीमा एकता नेता व्यवस्थापनबाट आरम्भ हुन्छ र त्यहीं गएर टुंगिन्छ !

हिजो सबैको अगाडि चुनाव थियो, सबै साना ठूला नेताहरूको चुनावमा विजयको स्वार्थ सामुन्ने नभएको भए एकता सम्भव थियो र ?

समान विचार, दृष्टि र विश्वासले गराएको एकता होइन । चुनावको स्वार्थले गराएको तपाइँलाई थाहा नभएको हो र ?

अनि फेरि हाम्रा दुई महान नेताबीच आलोपालोको भए ???”
***

“ठिक भन्नु भयो !

विचार-सिचार, सिद्धान्त आदर्श भनेका त्यस्तै हुन् !

बैदिक युग देखि नै “‘सर्वे भवन्तु सुखिन ——‘ भन्दै आए जस्तो !

मुखको बाउको के जान्छ र ? ” !
***.

(एउटा काल्पनिक सम्वाद — कहिँकतै वास्तविकतासँग मेल खाए मात्र संयोग मात्र )