सनातन धर्म सापेक्ष राष्ट्रका लागि विश्वव्यापी अभियानको घोषणा

0
249

हस्ताक्षर अभियान नेपालीको महान चाड विजय दशमी, कोजाग्रत पूर्णिमा (२०७६ आश्विन २६ गते) का दिनबाट आरम्भ गरिने छ ।

नेपाल पोलिटी डेस्क

काठमाडौँ, भदौ २६ । नेपाललाई पुन: सनातन धर्म सापेक्ष राष्ट्र बनाउन विश्वव्यापी अभियान सञ्चालन गरिने घोषणा ‘मातृभूमिका लागि नेपाली’ महाअभियानले गरेको छ ।

नेपाल राष्ट्रको आफ्ना धर्महरू : हिन्दू, बौद्ध, किराँत, बोन, इस्लाम, शिख, जैन लगायतको संरक्षण तथा प्रवर्द्धन गर्न नेपाल संवैधानिक रूपमै सनातन धर्म सापेक्ष राष्ट्र बनाइनु अत्यावश्यक रहेको ठहर गर्दै ‘मातृभूमिका लागि नेपाली’ महाअभियानले आज सो कार्यका लागि नेपाल लगायत संसारभर हस्ताक्षर सङ्कलन अभियान थाल्ने घोषणा गरेको हो ।

केन्दीय परिषद बैठकका सहभागी / तस्बीर : सनत आचार्य

हस्ताक्षर अभियान अन्तर्गत विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरु बीच सनातन धर्म सापेक्ष राष्ट्रका पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरिने जानकारी ‘मातृभूमिका लागि नेपाली’ महाअभियानका राष्ट्रिय संयोजक तथा वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीले दिनु भयो ।

सो हस्ताक्षर अभियान नेपालीको महान चाड विजय दशमी, कोजाग्रत पूर्णिमा (२०७६ आश्विन २६ गते) का दिनबाट आरम्भ गरिने छ ।

महाअभियानका विभागहरू गठन :

२०७६ जेष्ठ ४ गते आयोजित महाभेला सँगै औपचारिक रूपमा गठन गरिएको ‘मातृभूमिका लागि नेपाली’ महाअभियानले विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै साँगठनिक गतिविधि अघि बढाएको छ । यसका लागि विभिन्न विभागहरु गठन गरी र विभागीय प्रमुखहरुको जिम्मेवारी समेत निर्धारण गरिएको छ ।

केन्दीय परिषद बैठक / तस्बीर : सनत आचार्य

महाअभियानको २०७६ भदौ २६ गते ललितपुरमा सम्पन्न केन्द्रीय परिषद्को बैठकले विभाग तथा तिनका प्रमुख तोकेको हो ।

केन्द्रीय परिषद्को आज बसेको बैठकले गरेको निर्णय अनुसार ‘मातृभूमिका लागि नेपाली’ का विभाग र तिनका प्रमुख हरूको विवरण निम्न अनुसार रहेको जानकारी संयोजक त्रिपाठीले दिनु भयो :

  • संगठन विभाग – महासचिव जनकराज जोशी
  • प्रचार विभाग –   भवानी शर्मा
  • नीति तथा कार्यक्रम विभाग – अरुणकुमार सुवेदी
  • परराष्ट्र सम्बन्ध विभाग – दीपक गजुरेल
  • राष्ट्रिय सुरक्षा विभाग – विमला थापा
  • विकेन्द्रीकरण तथा स्थानीय विकास विभाग – नारायण कोइराला
  • आर्थिक विभाग – नरोत्तम श्रेष्ठ
  • संस्कृति तथा सम्पदा संरक्षण विभाग – मणिराज सत्याल
  • राजनीति एवम् सामाजिक विभाग – संयोजक देवप्रकाश त्रिपाठी