सन् २०१० मा दक्षिण एशिया

2
882

दीपक गजुरेल

सन् २००९ सकिएर २०१० आरम्भ भयो राजनीतिक तथा कूटनीतिक क्षेत्रमा गएको वर्ष अनेक संझनायोग्य घटनाहरु भए दक्षिण एशियाले पनि अन्यत्रको जस्तै विभिन्न उतार चढाव भोग्यो आन्तरिक, दुई पक्षीय, राजनीतिक, आर्थिक, कूटनीतिक लगायत थुप्रै समस्याहरु छन्, दक्षिण एशियाली राष्ट्रहरुमा तिनको अन्तरसम्बन्धमा


वर्ष २००९ दक्षिण एशियाली राष्ट्रहरुका लागि मिश्रित रह्यो श्रीलंकामा पुरानो समस्या एउटा टुँगोमा पुग्यो तर यहाँ फेरि अर्को समस्या खडा हुने संकेत देखा पर्दैछ पाकिस्तान प्रजातान्त्रिक प्रणाली विकास गर्ने लक्ष्यमा कठिन मोडमा आइपुगेको भारतमा आन्तरिक सुरक्षाका साथै वाह्य जटिलताहरु थपिएका छन् नेपाल राजनीतिक संक्रमणको क्रममा झन् जटिल चरणमा प्रवेश गरेको


राजनीतिक खिँचातानी क्षेत्रीय शक्ति समीकरणको चपेटामा दक्षिण एशियाका सबै जसो देशहरु नराम्रोसंग अल्झेका छन् यस्तो पृष्ठभूमिमा सन् २०१० मा यस क्षेत्रका राष्ट्र यहाँका नागरिकले कस्तो स्थितिको सामना गर्नु पर्ला ? उत्तर सजिलो छैन तर वर्तमानले देखाइराखेको लक्षणहरुले भावी दिन महिना दक्षिण एशियालीहरुका लागि त्यति सुखद् होला भन्ने आशा गर्न सकिने ठाउँ छैन


श्रीलंकामा प्रजातन्त्र :

झण्डै २८ वर्ष सम्म चलाइएको गृहयुद्ध श्रीलंकाली सेनाले जित्यो सन् २००९ मा तमिल पृथकतावादी हिँसा विरुद्धको लडाइँमा विजयसंगै यो टापु राष्ट्रमा नयाँ खालको राजनीतिक विवाद आरम्भ भएको तमिल टाइगर विरुद्धको सैनिक कारवाहीको सन्दर्भमा मानव अधिकारको प्रश्न उठाइएको आफ्नै नेतृत्वमा प्रभाकरणको हिँसा आतंक परास्त गर्ने श्रीलंकाली जेनरल सरथ फोन्सेकालेयुद्ध अपराधको छानविन गर्ने बताएका छन्


राष्ट्रपति महेन्दा राजपाक्षे फोन्सेका एकजुट भएर आतंकवादी विरुद्ध लडेका थिए तर यही जनवरी २६ मा हुन लागेको राष्ट्रपतिको चुनावमा राजपाक्षेका प्रतिद्बन्द्बिका रुपमा फोन्सेका उठेका छन् यी दुबै सिँहाली उम्मेद्वारबीच हुने चुनावमाआतंकवाद विरुद्धको लडाइँमा जितको श्रेयका लागि समेत टकराव देखिन्छ


एउटा प्रभावशाली तमिल राजनीतिक दलको समेत समर्थन प्राप्त गरिसकेका पूर्व सेना प्रमुख फोन्सेकाको गतिविधिलाई श्रीलंकाली वौद्धिक समुदायले शंकाको दृष्टिले हेरेको पाइन्छ राष्ट्रपतिमा उम्मेद्वारीको ठीक अघि फोन्सेकाले गरेको वाशिङ्गटन नयाँ दिल्लीको भ्रमणलाई लिएर अनेक प्रश्न उठेका छन्


प्रभाकरणलाई परास्त गर्ना साथ अप्रत्यासित ढंगले सेना प्रमुखवाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा हामफालेका यी प्रभावशाली सैनिकप्रति एकप्रकारको आशंका पहिले नै उत्पन्न भएको थियो


भारतवाट झिकाइएको हतियार छाडेर चिनियाँ हतियारको प्रयोग थालेपछि तमिल पृथकतावादी विरुद्धको लामो लडाइँ जितेको श्रीलंकाली राजनीतिमा दुई ध्रुव प्रष्ट देखिन थालेको आगामी अप्रिलमा हुने संसदको चुनाव अघि हुन लागेको राष्ट्रपतिको चुनावले श्रीलंकामा प्रजातन्त्र सुदृढ हुने हो किनेपोलियनिकशासन विकास हुने हो, भन्ने प्रश्न गंभीर रुपमा उठेको प्रत्यक्ष हिँसा तथा आतंकवाट मुक्ति पाए पनि श्रीलंकाको प्रजातान्त्रिक शासन प्रणालीमा जटिलताहरु चाहिँ थपिने देखिन्छ, आगामी वर्ष


अफ–पाकमा स्थायित्व :

अधिनायकवादी सोभियत हस्तक्षेप हुँदै आतंकवादको चपेटामा परेको अफगानिस्तान आफ्नो अस्तित्व रक्षाको लडाइँमा निरिह बन्दै गएको देखिन्छ अमेरिकी नेतृत्वमा विदेशी सैनिक उपस्थिति व्यापक भए पनि यो दक्षिण एशियाली मुलुकले शान्ति पाएको छैन आतंकवाद विरुद्धको युद्धमा यहाँ प्रजातन्त्र मानव मूल्य धराशायी बनेको


अल कायदा तालिवानकोजिहादले एकातिर अफगानिस्तानलाई आक्रान्त पारेको भने, अर्कातिरआतंकवाद विरुद्धको युद्धले यो राष्ट्रको शासन प्रणालीलाई लगभग अस्तित्वहीन बनाइदिएको यस्तो अवस्थामा सन् २०१० मा अफगानी जनताले मुक्ति शान्तिको सास फेर्न पाउने संभावना क्षीण देखिन्छ


अतिवाद नियन्त्रित होइन, झन् झन् बिस्तार हुँदै गएको अफगान भूमिवाट यो हिँसाको ताण्डव पाकिस्तानमा समेत प्रवेश गरिसकेको कुरा हालका महिनामा भएका आतंकले पुष्टि गरेका छन् सोभियत प्रभूत्व धपाउन अफगानिस्तानमा उसबेला रोपिएको हिँसाको बिरुवा अहिले अझ व्यापक रुपमा विस्तार भएको


सन् १९४७ मा स्वतन्त्र राष्ट्रका रुपमा जन्म भएदेखि नै पाकिस्तान प्रजातन्त्र सैनिक शासनको चक्रव्यूहमा फँसेको हो जेनरल जियाउल हकको मृत्यु पछि छोटो समय अर्का जेनरल परवेज मुसर्रफको पतन पछिका दिनमा केही आशाका किरण पाकिस्तानमा देखिएको हो तर ती अवसर दीर्घकालीन हुन सकेनन्/सकेका छैनन् इस्लामावादको निर्वाचित नागरिक सरकार कमजोर बन्दै गएको एकातिर भने, अफगानिस्तानवाट निर्यात भएर आइलागेको प्रायोजित हिँसा पाकिस्तानमा डरलाग्दो ढंगले फैलँदैछ


हिँसा नियन्त्रण गर्न गान्धीवादी उपाय काम लाग्दैनभनेर अमेरिकी राष्ट्रपति ओवामाले हालै ओस्लोमा गरेको भाषण पाकिस्तानको सन्दर्भमा पनि लागू गरिँदैछ यो हिँसा–प्रतिहिँसाको चपेटामा परेर घाइते हुने भनेको प्रजातन्त्र नै हो अरु देशसंग एउटा सेना हुन्छ, तर पाकिस्तानको सेनासंग एउटा देश भनेर केही भारतीयहरु पाकिस्तानको शासन शैलीको आलोचना गर्छन


आन्तरिक राजनीतिक असहमति, अनियन्त्रित हिँसा आतंकले पाकिस्तानी प्रजातन्त्रलाई सजिलै उँभो लाग्न दिने छाँट देखिन्न दक्षिण एशिया, पश्चिम एशिया लगायत विश्व शान्तिका लागि अफ–पाक (अफगानिस्तान पाकिस्तान) क्षेत्रमा शान्ति स्थायित्व जरुरी भन्ने वाशिङ्गटनको रणनीतिले सन् २०१० मा यस क्षेत्रमा स्थायित्व ल्याउन कति मद्दत गर्ला ? ‘दक्षिण एशियाको विवाद समाधान गर्न चीनको समेत भूमिका आवश्यकभन्ने ओवामाको गत नोभेम्बरको बेइजिङ्ग उद्घोष पनि यस सन्दर्भमा स्मरण गर्नु उपयुक्त होला


भारतका कठिनाई :

माओवादी हिँसा भारतको आन्तरिक सुरक्षाका लागि सबै भन्दा ठूलो खतरा हो, हामी यो आतंक विरुद्धको लडाइँमा जित्न सकिराखेका छैनौँभनेर भारतीय प्रधानमंत्री मनमोहन सिँहले केही समय अघि भनेका थिए


भारतकै स्थल सेना प्रमुख दीपक कपुरले गएको हप्ता अस्वभाविक तथा उत्तेजक कुरा बोले चीन पाकिस्तानसंग एकै पटक युद्ध गर्न भारत सक्षम भनेर कपुरले बोलेको भनी भारतीयका साथै पाकिस्तानी सञ्चार माध्यमले व्यापक प्रसार गरे


आफूलाईसंसारकै ठूलो प्रजातन्त्रभन्ने भारत यसबेला जटिलता कठिनाइको कुन गंभीरतामा जकडिएको भन्ने स्पष्ट संकेत माथिका दुई पृथक भाषणहरुले गर्छन् गएको एक वर्षमा चार हजार भन्दा वढी मानिस मारिए, माओवादी हिँसा त्यस विरुद्ध चालिएको सरकारी प्रतिहिँसामा सरकारले जतिसुकैप्रभावकारीरणनीति अपनाए पनि नक्सलवादी भनिने माओवादी हिँसा भारतको आधा भन्दा वढी भूभागमा बिस्तार भैसकेको त्यो फैलने क्रममा भनेर सरकारी अधिकारीहरु नै भनिराखेका छन्


भारतीय माओवादीलाई नेपाल लगायत विदेशी भूमिवाट हतियार आपूर्ति भैराखेको भनेर भारतीय गृहमंत्री पी. चिदम्बरम्ले केही समय अघि बोले पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका, सबै छिमेकी राष्ट्रका भूमिवाटभारत विरुद्ध गतिविधि भैराखेकोभारतीय आरोप पुरानै हो यस पृष्ठभूमिमा भारतीय माओवादीलेचीन समेत विदेशवाट हतियारपाइराखेको भन्ने चिदम्बरम्को आरोपले स्थितिको गंभीरता झल्काउँछ


नेपाल लगायतका छिमेकमाप्रजातन्त्र स्थायित्व चाहनेऔपचारिक भाषण गर्ने भारत प्रोक्सी वार (क्षद् युद्ध) को चपेटामा पर्दैछैन ? यदि त्यस्तो हो भने आफ्ना कुनै पनि छिमेकीसंग जनस्तरमा सुमधुर सम्बन्ध राख्न नसकेर अनेकौँ विरोधको सामना गर्नु परिराखेको भारतले यो नयाँ जटिलतासंग लडेर कुन स्तरमा सफलता पाउने हो ?


आउँदा दिनमा भारतले छिमेकीहरुका साथै अन्यसंग पनि विश्वासको संकटको सामना गर्नु पर्ने देखिँदैछ यसको असर भारतको आन्तरिक लगायत वाह्य सम्बन्धमा समेत पर्ने निश्चित

चीन पाकिस्तान दुबैसंग एकै पटक युद्ध गर्न सक्षमभन्ने उद्घोष दिल्लीवाट त्यसबेला आएको , जुनबेला बेइजिङ्गले भारतमाथि दवाव वढाउँदै लगेको सरकारी स्तरवाट हुने गरेका भिसा, सीमा जस्ता विषय मात्र होइन बेइजिङ्गकाविश्लेषकहरु मार्फत समेत दिन प्रति दिन उत्तरी छिमेकी आक्रामक बन्दै गएको , भारत विरुद्ध


दलाई लामालाई अरुणाचल भ्रमण गराउन सफल भारत एउटा अन्तरराष्ट्रिय वित्तीय संस्थावाट लिन लागेको ऋण चीनले रोकिदिँदा केही गर्न सक्ने हैसियतमा देखिएन सन् १९६२ को भन्दा ठूलो धक्का,’ ‘सन् २०१२ सम्ममा चीनको आक्रमणजस्ता विश्लेषण भारतीय विद्बानहरुवाटै आइराखेको यो समग्र स्थितिले के कुरा प्रष्ट हुन्छ भने आगामी दिन भारतका लागि सहज छैन


आन्तरिकका साथै वाह्य परिवेश समेत अहिले भारतको पक्षमा देखिन्न अविश्वासको मात्रा छिमेकीहरुमा वढ्दो दवाव कठिनाइको प्रवृत्त जटिल बन्दै गएको यो बहुआयामिक कठिनाइको सामना भारतले ६२ वर्ष अघि जन्म भएदेखि आज सम्म गरेको थिएन


भारतका छिमेकीहरुका लागि संवेदनशील देखिएको सन् २०१० मा भारतका लागि सहज स्थितिको निर्माण हुने आशा गर्ने ठाउँ त्यति देखिन्न


नेपालीको सपना :

सन् २०१० मेमा संविधान जारी गरेर नयाँ राजनीतिक प्रणाली शुरु गर्नु पर्ने दिन नजिकिँदै जाँदा नेपालमा शान्ति स्थिरता होइन हिँसा आतंकको संकेत देखिँदैछ


भारतीय मार्गचित्र अनुरुप यहाँसम्म आइपुगेकानयाँ नेपालका राजनीतिक शाक्तिहरु निरिह बनेका छन् क्षेत्रीय मात्र होइन, अन्तरराष्ट्रिय शक्ति संघर्ष समेतको प्रभाव परेको नेपालका लागि स्थिति अहिलेको भन्दा जटिल बन्ने नेपाली नागरिकलाई देखाइएकोनयाँ नेपालको सपना पूरा हुने अपेक्षा मृग तृष्णा बन्ने लक्षण प्रष्ट हुँदैछ


राजधानी दैनिकमा प्रकाशित, माघ ०६, बुधबार, २०६६ (जनवरी २०, २०१०)

Nepalpolity.blogspot.com
Deepak Gajurel
SHARE
Previous articleNepal’s foreign policy conduct
Next articleThe bad news in Nepal
A forum for the analysis of Nepal's domestic affairs, Policy Research, Himalayan Asia affairs and International Relations with special focus on South Asia and China.

2 COMMENTS