हिन्दू धर्म र राजसंस्था बारे जनमत गराइनु हुन्न

0
640

राजनीतिशास्त्री दीपक गजुरेल

समाज शास्त्री जीवनाथ खनाल

छलफलको संलग्न १५ मिनेटको भिडियोमा गजुरेल र खनालको विश्लेषण ।

गजुरेल र खनालको धारणामा यस्ता महत्वपूर्ण विषयमा जनमत संग्रह गराउनु नै हुन्न् ।

विदेशीका स्वार्थमा नेपाल राष्ट्रलाई नोक्सान पुर्याउँदै आएका ‘लोकतान्त्रिक गणतन्त्र’ का हिमायतीहरूले मुलुकलाई हरेक तरिकाले कमजोर पारेका छन् । हाम्रो धर्म, संस्कृति, परम्परा मास्ने प्रपञ्च गरिराखेका छन् । राष्ट्र तथा जनताको आवश्वकता र माग नै नरहेका अनेक गलत व्यवस्था थोपरेका छन् यिनीहरूले ।

नेपाली-नेपाली बीच फाटो ल्याउन धर्म निरपेक्षता, संघीयता, जातमा आधारित आरक्षण, राजनीतिक भागबण्डा जस्ता बीष वृक्षलाई मलजल गरेका छन् । नेपाली नागरिकहरू बीच दल, गुट, जात, क्षेत्र, धर्म जस्ता आधारमा विभेद सृजना गराइदिएका छन् । र, एक सीमा सम्म चेतना शून्य (Kaplan को दृष्टिमा Driven Cattle जस्ता) नेपाली जनतालाई भ्रममा पारेर राष्ट्रलाई दूरगामी नकारात्मक असर पर्ने कामहरू गरिराखेका छन् ।

यस्तो स्थितिमा,

हिन्दू राष्ट्र कि धर्म निरपेक्षता ?

राजतन्त्र कि गणतन्त्र ?

संघीयता कि एकात्मकता ?

जस्ता अत्यन्तै संवेदनशील तथा महत्वपूर्ण मुद्दाहरूमा कुनै पनि प्रकारको चुनाउ गराउने प्रपञ्च यिनीहरूले गरे / गराए भने त्यो निर्णय फेरि पनि विदेशीको स्वार्थमा गराइने प्रशस्त संभावना रहन्छ । विगतका अनुभवले, अनेकौँ गलत् आधारमा राष्ट्रलाई विभाजन गर्ने तत्वहरूले गर्ने / गराउने काम राष्ट्रघात् हुने प्रष्ट पारिसकेका छन् ।

त्यसैले, कुनै पनि हालतमा जनमत संग्रहमा जानु हुँदैन हिन्दू धर्म र राजसंस्था जस्ता संवेदनशील विषयमा ।