डा. विकाशराज सत्याल,
प्राध्यापक, त्रिभूवन विश्वविद्यालय

‘नेपाल हातमा सूनको कचौरा लिएर कनिका माग्न बसेको विचित्रको देश हो’ ।
एक जना चिनियाँ विद्वानले केही समय अघि यसै भनेका थिए । वास्तबमा उनले ठीक भनेका हुन् । हामी सँग सूनको ‘कचौरा’ मात्र होइन, प्रकृतिले दिएको अथाह सम्पत्ति छ । तर, हामीले त्यो सम्पदा चिन्न समेत सकेका छैनौँ ।
के हुन् त्यस्ता सम्पत्ति ? हामीले के गर्नु पर्छ ? कसरी ? अनि, उपलब्धि के हुनेछ ?
यस्ता गम्भीर प्रश्नको जवाफ प्राध्यापक डा. सत्यालले दिनु भएको छ ।
www.nepalpolity.com तथा नेपाल पोलिटी यूट्यूब च्यानेलका सम्पादक, त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक दीपक गजुरेल सँग कुरा गर्दै प्राध्यापक डा. विकाशराज सत्यालले प्रस्तुत गर्नु भएका तथ्य, तथ्याङ्क, र बिचारका साराँश ।
यस बारेमा बिस्तृत जानकारीका लागि ३७ मिनेटको भिडियो कुराकानी यहाँ संलग्न गरिएको छ ।
नेपालले पाएका अनेक प्राकृतिक सम्पदा मध्ये ‘लोक्ता’ र ‘अर्घेली’ जातका झाडी महत्वपूर्ण छन्, जसमा समृद्धिको अपार सम्भावना छ । यसलाई निर्यात गर्न सके त्यसै खेर गएको यो हिमाली जंगली झाडीले नेपालीको दरिद्र छविको कायाकल्प नै गर्न सक्छ ।
यदि विशेषज्ञहरूको आकलन अनुसार, १ सय करोड (एक अर्व) टनको, आधा मात्र लोक्ता संकलन गरेर सुकाएर निर्यात गर्न सके नेपाली बजार भाउ अनुसार १ सय ७० खर्ब कमाउन सकिन्छ ।
मलेसियाले रबर र अस्ट्रेलियाले ओकको काठलाई चक्ला बनाउँदै एकातिरको काट्दै अर्कोतिर हुर्किन दिँदै गरे जस्तै लोक्ताको व्यवस्थापन गर्न सके यो बुट्यानबाट हरेक वर्ष हामीलाई सयौँ खर्वको आम्दानी हुन सक्छ ।
तसर्थ, यो यक्ष प्रश्न हामी सबै नेपालीलाई हो, वुद्धिजीवीहरूलाई हो, अर्थशास्त्रीहरूलाई हो, देशको नेतृत्व गर्ने वर्गलाई हो — के हामी सधैं भिक्षापात्र लिएर अरूको दयाको आशा गरेर, अरूको थिचोमिचो र प्रपञ्च सहेर बाँचिरहने ? वा ‘ल हेर, हामीसँग यस्तो विशिष्ट चिज छ, जो संसारकै लागि उपयोगी र कल्याणकारी छ’ भनेर गर्वका साथ व्यापार गरेर समृद्ध जनता बनेर छाती फुलाएर बाँच्ने ?
भिडियो रेकडिङ्ग तथा सम्पादन : अविनाश गजुरेल
संयोजन : पुनम गजुरेल
www.nepalpolity.com and ‘Nepal Polity’ Youtube channel are the forum for the analysis of Nepal’s domestic affairs, Geopolitics, Policy Research, Himalayan Asia affairs and International Relations.
डा. सत्यार सर बाट नेपालको विकासको लागि एक महत्वपूर्ण सुसमाचार सुन्न पाउदा निक्कै खुशी महसुस गरेको छु ।
यसको लागि उहाँ अवस्यपनि धन्यवादको पात्र हुनुहुन्छ ।
तर 600 खरवको कामको लागि प्रसस्त कामदारको जरुरत पर्दछ ।
यदि खरबौं रूपैयाँको देशको आम्दानी हुने सम्भावना छ भने अरबौं रूपैयाँ खर्चेर भएपनि जवान देखि बुढा बुढी सम्म काम गर्न इच्छुक प्रत्येक नेपालीलाई काम दिन सकिन्छ ।
अहिलेको अवस्थामा टोलटोलमा कोठाकोठामा गली गलीमा पत्र पत्रिकामा देश विकासको कुरा गर्ने व्यक्तिहरु प्रयोग गर्न सकिन्छ ।
यसरी खेर गइरहेको जनशक्ति उपयोगमा ल्याउने यो सुनौलो अवसर हो ।