देश साँस्कृतिक द्वन्द्वको दिशातिर

0
27

भरत दाहाल

Bharat Dahalशान्ति प्रक्रिया र राज्य पुनसँरचनाको बहानाममा नेपालमा विदेशीहरूले जे खेल शुरू गरेका थिए, अब देश त्यही द्वन्द्वको दिशामा अग्रसर भएको छ ।

यसलार्इ अभिव्यक्त गर्ने पात्रहरू जो सुकै होउन् र अभिव्यिक्ति जुनसुकै कोणबाट आएको होस्, यथार्थ के हो भने अब देश सभ्यताको लडार्इंतिर अग्रसर हुँदैछ । यो नेपालको मात्र होइन, विश्व प्रवृतिका रूपमा देखापरेको छ ।

आतङ्कवाद, मानव अधिकार, स्वतन्त्र मिडिया, वैयक्तिक स्वतन्त्रता, प्रजातन्त्र जस्ता साम्राज्यवादी जार्गनहरू दुनियाँलार्इ दिग्भ्रमित पार्न त्यसको उद्योगबाट उत्पादन गरिएका मालहरू मात्र हुन् ।

साम्राज्यवादले उत्पादन गरेका जार्गनहरूको वास्तविक अस्तित्व दुनियाँमा हुँदैन र आजसम्म देखापरेको पनि छैन । प्रत्येक विषय आफ्नो परिस्थितिको सापेक्षतामा परिभाषित हुन्छ ।

पश्चिमी शक्तिहरूले आतङ्कवादको जामा बनाएर मुश्लिम सभ्यताका विरूद्ध हमला गर्दै आएका छन् भन्ने कुरा ल्याटिन अमेरिका र खाडीको तुलना गरे मात्र पनि प्रष्ट हुन्छ ।

ल्याटिन अमेरिकामा अमेरिकी र यूरोपियनलार्इ लखेट्ने देशहरूमाथि पिश्चमाहरूको फौजी हमला भएन । किनभने त्यो साम्राज्यवाद विरोधी आन्दोलनमा चर्चहरू पक्ष र विपक्षमा विभाजित थिए । भेनेजुयला, चिली, ब्राजिल, अर्जेन्टिना, ग्वाटेमाला आदिका चर्चहरूले राष्ट्रवादी भूमिका खेलेका थिए । त्यहाँ हमला भएको भए इसाई जगतमा विभाजन आउने खतरा थियो ।

तर खाडीमा रसायनिक हतियार भएको नक्कली निहुँ बनाएर इराकबाट शुरू भएको पश्चिमी हमला आज विश्वव्यापी मुश्लिम विरोधका रूपमा प्रकट भएको छ । खाडीदेखि अफगानिस्तानसम्म भैरहेको प्रतिरोध मुश्लिम राष्ट्रवादको अभिव्यक्ति भन्दा केही होइन ।

नेपालको सत्ता राजनीतिको सार पनि यही हो । यहाँ लोकतन्त्रको भ्रामक पर्दा खडा गरेर नेपाल विरूद्ध वारपारको लडार्इँलार्इ संगठित गरिएको छ। आफ्ना गुटहरूको एजेन्डामा उभिएर यो तथ्यलार्इ स्वीकार नगर्नेहरू आरोप प्रत्यारोपमा उत्रिए पनि नेपालमा अब साँस्कृतिक द्वन्द्व नै प्रधान भएर जानेछ ।

केही बदनाम पात्रहरूलार्इ देखाएर यस्तो द्वन्द्वका आधार र कारणहरूको न्यूनीकरणा गर्न खोज्नु मूर्खता हुनेछ । पात्र जस्तोसुकै होस्, तर द्वन्द्वको बिस्तारका कारणहरू के हुन् भन्ने कुरा महत्वपूर्ण छ । त्यस भित्रको अन्तर्बस्तुको सामाजिक पक्षको महत्व हुन्छ ।

यो लडार्इंले कुनै सँस्कृति विशेषको मात्र पक्षपोषण गर्नु हुँदैन । नेपालका सबै मौलिक सँस्कृतिहरू एकीकृत भएर आयातित सँस्कृतिका विरूद्धमा उठ्नु पर्छ । जो राष्ट्रको रक्षाकालागि साम्राज्यवाद विरोधी दिशामा उठ्दैनन्, ती कथित सँस्कृतिहरूको पक्षपोषण कसैले गर्नु हुँदैन ।