राजसंस्था, बीपी र नेपाली काँग्रेस

नेपाली कांग्रेसका नवगणतन्त्रवादीहरूले नेपाली जनतालाई निर्णय गर्न दिनुभन्दा बाह्रबुँदेका रचयिताप्रति बढी विश्वास र समर्पणको रबैया अपनाए, नेपालमा परिवर्तनको यात्रा निर्धारण गर्न।

एमाले माओवादीले उग्र परिवर्तनका नाममा भारतको हस्तक्षेपलाई २०६२/६३ मा स्विकारेनन् मात्र त्यसलाई संस्थागत गर्न लागेका छन्।

अठ्ठाईस वर्षअघि आजका दिन बीपी कोइराला र गणेशमान सिंह आठ वर्षको आत्मनिर्वासन अन्त्य गर्दै भारतबाट नेपाल फर्के। त्यसबेला मुलुकमा निर्दलीय पञ्चायत व्यवस्था र निरंकुश शासन व्यवस्था थियो। B.P.-Koirala

बीपी, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का र रामबाबु प्रसाई नेपाल भित्रिनुको पछाडि अनेक बाध्यात्मक परिस्थिति थिए होलान् राजनीतिक हिसाबले। त्यो परिस्थितिलाई उनीहरूले अर्को हिसाबले पनि सम्बोधन गर्न सक्थे पक्कै पनि।

तर आत्मसम्मानमाथि भारतमा इन्दिरा गान्धी र उनको शासनबाट भएको प्रहार र सिक्किमको भारतमा विलयपछि उत्पन्न परिस्थितिलाई नेपालकै स्वतन्त्र अस्तित्वमाथिको खतराको संकेत भएको बीपी र गणेशमानको ठहर सबभन्दा बढी निर्णायक कारण थिए भारत निर्वासनको अन्त्यपछाडि। 

नेपाल एकीकरण हुँदै उसको स्वतन्त्र अस्तित्वको अविछिन्नता एकातिर र अर्कोतिर राजसंस्थाकै निरन्तरताका लागि पनि मुलुकको अस्तित्वको निरन्तरता आवश्यक भएकाले त्यो संस्थाले कमसेकम राष्ट्रिय अस्मिता र मुलुकको स्वतन्त्र हैसियतमा सम्झौता गर्दैन भन्ने उनको ठहर थियो। 

आत्मनिर्वासनबाट फर्कंदा त्यो ठहरकै आधारमा एक किसिमको विश्वास पनि थियो नेपाली कांग्रेसका शीर्ष नेताहरूको राजामाथि। तर राजामाथिको त्यो विश्वास आफ्नो जीवनरक्षाको सानो स्वार्थमा जेलिएको थिएन। 

नेपालको स्थायी स्वतन्त्रता अनि अन्तर्राष्ट्रिय जगतमा उसको सक्षम र सम्मानित छवि विस्तारका लागि पनि स्वतन्त्रता र राष्ट्रियताका प्रतिनिधिका रूपमा राजसंस्था र स्वतन्त्रता र प्रजातन्त्रका प्रतिनिधि शक्तिका रूपमा नेपाली कांग्रेस तथा जनताका अन्य दलहरूबीच मेलमिलाप या सहकार्य हुनुपर्ने मान्यतालाई उनीहरूले अघि बढाएका हुन्। 

बीपी, गणेशमान र यता नेपाली कांग्रेसका कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरेका कृष्णप्रसाद भट्टराईद्वारा अगाडि बढाइएको ‘मेलमिलाप नीति’ राष्ट्रिय सरकारको पृष्ठभूमिमा आएको थियो। 

पुस १६ गते या डिसेम्बर ३१ ले त्यसबेला देखि ‘राष्ट्रिय मेलमिलाप’ दिवसको स्वरूप पाएको हो। आरपी यादव नामका भारतीय जासुसी संस्थाका एक वरिष्ठ अधिकृतले लेखेको ‘मिसन रअ’ नामक पुस्तकमा सिक्किम विलयपछि नेपालको तराई क्षेत्रलाई अलग गरी भारतमा गाभ्ने तयारी इन्दिरा गान्धी सरकारले गरेको रहस्योद्घाटन अहिले गरेका छन्। 

अर्थात बीपी, गणेशमान र यता नेपाली कांग्रेसका कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरेका कृष्णप्रसाद भट्टराईद्वारा अगाडि बढाइएको ‘मेलमिलाप नीति’ राष्ट्रिय सरकारको पृष्ठभूमिमा आएको थियो। 

तत्काल इन्दिरा गान्धीको पराजयपछि त्यो षड्यन्त्र कार्यान्वयन हुन पाएन, तर भारतीय कांग्रेसको त्यसपछिको नेपाल नीति हेपाहा रहिरह्यो। राजीव गान्धीद्वारा भएको आर्थिक नाकाबन्दी र मनमोहन सिंह-सोनिया गान्धीद्वारा प्रेरित बाह्रबुँदे र गणतन्त्र त्यही मनसायको निरन्तरता थियो। 

नेपाली कांग्रेसका नवगणतन्त्रवादीहरूले नेपाली जनतालाई निर्णय गर्न दिनुभन्दा बाह्रबुँदेका रचयिताप्रति बढी विश्वास र समर्पणको रबैया अपनाए, नेपालमा परिवर्तनको यात्रा निर्धारण गर्न। 

एमाले माओवादीले उग्र परिवर्तनका नाममा भारतको हस्तक्षेपलाई २०६२/६३ मा स्विकारेनन् मात्र त्यसलाई संस्थागत गर्न लागेका छन्। कांग्रेस, एमाले र माओवादी जसरी नै त्यही आन्दोलनका कुनै नेताले परिवर्तनको त्यो पृष्ठभूमिमा संविधान लेखन र नेपाली राजनीति नेपाली जनताको सार्वभौम दायरामा पर्छ, पर्नुपर्छ भन्न सकेका छैनन्। 

मेलमिलाप दिवसका अवसरमा कांग्रेसलगायत अनेक दलले विविध ‘कर्मकाण्ड’ पूरा गर्ने छन्। तर बीपीको मेलमिलापको नारा फगत कर्मकाण्ड थिएन। त्यो नेपालको स्वतन्त्र हैसियत र प्रजातन्त्रलाई संस्थागत गर्न परम्परागत शक्ति र जनताद्वारा अनुमोदित शक्तिबीचको सहकार्यको अपरिहार्यतामा विश्वास थियो। 

वर्तमान नेताहरू र नेपाली कांग्रेसले बाह्रबुँदेयता आफ्नो आत्मसमर्पणको नीति र मुलुकको राष्ट्रियतामाथि आइलागेको खतराबारे आत्मालोचना गर्न सक्तैनन् र त्यसको जवाफदेही लिने नैतिक चरित्र प्रदर्शन गर्न सक्दैनन् भने बीपीको नाममा त्यो मेलमिलापको नारा भट्टयाउनु इमानदारीरहित कर्मकाण्ड मात्र सावित हुनेछ। 

अन्नपूर्ण पोष्ट सम्पादकीय

 

1521 Total Views 2 Views Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>