दलहरु सबै असफल भए : पशुपति शमशेर

‘सबैले माघ ८ मा संविधान दिने प्रतिवद्धता जनाएका थिए। तर त्यो पुरा भएन। त्यसैले सबै दलहरु असफल भए।’

बालकुमार नेपाल

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राजसंस्था र दलहरुका बीचमा केही सहमति भएको दाबी गरेका छन्। 

राजधानीमा आइतबार केही पत्रकारसँगको अनौपचारिक भेटमा राणाले भने, ‘दलहरु र राजा (ज्ञानेन्द्र) बीचमा केही सहमति भएको जस्तो मलाइ लाग्छ। तर त्यसको औपचारिक जानकारी मलाई छैन।’

उनले राजसंस्थाको निरन्तरताको विषयमा दलहरुसँग सहमति भए पनि पछि श्यामशरण (तत्कालीन विदेश सचिव) नेपाल आएपछि त्यो उल्टिएको टिप्पणी गरे। उनले भने, ‘करनसिंह नेपाल आएपछि दरबारबाट पहिले आएको वक्तव्य हेर्दा त्यस्तो महसुस हुन्छ। पछि श्याम शरण आएपछि अर्को वक्तव्य आयो ।’

भारतीय संस्थापनको विशेष दूतका रुपमा वैशाखको पहिलो हप्ता काठमाडौं आएका कांग्रेसका वरिष्ठ नेता करनसिंहले दरबार र दलहरुबीच समझदारी कायम गर्न पहल गरेका थिए । करन राणाका आफन्त पर्छन्।  वैशाख ८ मा दरबारबाट सरकार गठनका लागि आव्हान गर्दै पहिलो वक्तव्य आएको थियो। त्यसमा दलहरुले असन्तुष्टी र आक्रोश व्यक्त गरेपछि वैशाख ११ मा विघटित प्रतिनिधिसभा पुनस्र्थापनासहितको अर्को वक्तव्य आएको थियो।

पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते आफू र तत्कालीन आन्दोलनकारी दलहरुबीच केही समझदारी र सहमति भएको दाबी गर्दै सार्वजनिक सन्देश जारी गरेका थिए । यसबारेमा जिज्ञासा राख्दा राणाले भने, ‘यसमा मैले टिप्पणी गर्न आवश्यक छैन।’ 

संविधान लेखनका लागि दलहरु असफल भएको टिप्पणी गर्दै, ‘सबैले माघ ८ मा संविधान दिने प्रतिवद्धता जनाएका थिए। तर त्यो पुरा भएन। त्यसैले सबै दलहरु असफल भए।’ 

अन्नपूर्ण पोष्ट दैनिकबाट

 

768 Total Views 1 Views Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>