नेपाली भूमि विदेशीलाई सुम्पने तयारी !

दुनियाँलार्इ छक्क पार्ने १२ बुँदे चमत्कारको टेकोका रूपमा “जन्मका आधारमा नागरिकता ऐन” नामको धुरी खाँबो थियो भन्ने कुरा ०६३ साल कार्तिकमा मात्र थाहा भयो। अहिले १२/१२ घन्टामा १६ बुँदेप्रति समर्थन र विरोधको ज्वारभाटाका पछि पनि यस्तै कुनै धुरीखाँबो छ।

भरत दाहाल

Bharat-Dahalभूर्इंचालाले भन्दा बढ्ता पृथ्वी फटाइदिउँला झैं गरी १६ बुँदे सहमतिका विरूद्धमा तिघ्रा बजाउनेहरूले संविधानसभामा आफ्नो विमति राखेर प्रकृयामा सामेल हुने र १६ बुँदेका पितामध्येका कोहीले चाहिँ आएको मस्यौदामा आगो सल्काउने रे भन्ने समाचारहरू सुनिन थालेका छन्।

०६२ सालको १२ बुँदेलार्इ सम्झिनेहरूले यसलार्इ अस्वाभाविक मान्दैनन्, जुनबेला १० बर्षे शत्रु योद्धाहरू दुनियाँलार्इ चकित पार्दै एकाघरका बनेका थिए। र त्यो कालखण्डलार्इ क्रान्ति र प्रतिक्रान्तिका बीचको घमासान भन्ठान्नेहरूलार्इ पटमूर्ख सावित गरिदिएका थिए।

दुनियाँलार्इ छक्क पार्ने १२ बुँदे चमत्कारको टेकोका रूपमा “जन्मका आधारमा नागरिकता ऐन” नामको धुरी खाँबो थियो भन्ने कुरा ०६३ साल कार्तिकमा मात्र थाहा भयो। अहिले १२/१२ घन्टामा १६ बुँदेप्रति समर्थन र विरोधको ज्वारभाटाका पछि पनि यस्तै कुनै धुरीखाँबो छ।

मेरो बुझार्इमा, संविधानमा सहमतिको नाता जोड्नका लागि यहाँ दाइजोमा बार्गेनिङ भैरहेको छ। दाइजोमा मागिएका विषयहरूमा कालापानी, लिपुलेक, लिम्पियाधुरा, धर्मनिरपेक्षता, नागरिकता, सुरक्षा तथा विदेश मामिला, सुपुर्दगी जस्ता विषयहरू केन्द्रमा परेका हुन सक्छन्।

बर्षौँ कब्जा गरिएको ठोरीको जमिन नेपाललार्इ फिर्ता गर्नु राम्रो हो तर यो सहजै फिर्ता गरिएको छैन। आफूले लचकता अपनाएको बहानामा सट्टामा लिम्पियाधुरा, लिपुलेक, कालापानी मागिने संभावना छ। यहाँका रैतीहरू यसैका लागि छिनछिनमा तल/माथि गरिरहेका हुन सक्छन्।

केही न केही दार्इजो नदिएसम्म संविधान जन्मने छैन। यस्तो आशा गर्नु हाम्रो मूर्खताको हद हुनेछ। ०६२ को १२ बुँदेलार्इ “वाहवाह” गर्दा आधा जति परचक्री “आफन्तहरू” भित्र्याएका हामीहरूले १६ बुँदेमा हुने कथित आम सहमतिको वाहवाही गर्दागर्दै भूमिदान भएको हेर्नु नपरोस्।

रैतीहरूको जुटान र फूटानको हुलिया हुँदैन। विरोध र समर्थनको कुनै निष्ठागत आधार हुँदैन। अर्काले आफ्नो जगेडा शक्तिका रूपमा सञ्चय गरिएकाहरू सञ्चयकर्ताको निशाना अनुसार हुइँकिन्छन्। १६ बुँदे गर्नेहरू लड्ने र लड्नेहरूले संविधान जारी गर्ने भयो भने पनि अनौठो मान्नु हुँदैन। यी त प्यादाहरू मात्र हुन्।

 

2362 Total Views 2 Views Today

2 thoughts on “नेपाली भूमि विदेशीलाई सुम्पने तयारी !

  1. सन् १९६१ देखि १९८१ सम्म राष्ट्रिय जनगणना गर्दा मानिसको आप्रवासनको पनि अभिलेखगर्ने चलन थियो | उक्त अवधिमा २० लाख मान्छे भारतका बिभिन्न प्रान्तबाट नेपाल बसाइँ आएको अभिलेख छ | १९९१ मा बहुदल आयो र त्यो चलन खोसियो | अहिले ति ८० लाख कति पुगे होलान ?
    नेपालका जनसंख्याविद् मध्ये कसैले प्रष्ट पारिदिनुभए मुलुक अनुगृहित हुनेथियो |

  2. After the so called jana andolan the nagarikta bidhek was passed, which resulted in the increase of population of this country by 50%.

    Not only that govt servants, general public and even maoist were systematically killed. People of Nepalese origins were forced to flee terai and climb mountains.

    The leaders of political parties, the so called intellectuals and majority of media are all BIKEKA chan. All the students union are totally bought by foreign elements.

    Yes we are in a very critical situation, people from all aspects of life should come forward to save this beautiful, sacred, ancient and proud nation.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>