नेता हो, तिमीहरू के हौ अब स्पष्ट भन

यो आंधीलाई ब्यहोर्ने क्षमता कुनचाहिं दाहाल, भट्टराई, सिटौला वा नेम्बाङ्मा छ ?

तत्काल आ- आफ्नो ‘चर्च’ वा ‘नियोग’ मा पुगेर सरसल्लाह थालिहाल्ने कि ?

सरोज मिश्र

Saroj Mishraअंग्रेजीमा एउटा उद्गार छ – Enough is Enough !

अब अति भो, पुग्यो खप्न सकिन्न ।

८१ प्रतिशत हिन्दू, ९४ प्रतिशत ॐकार परिवार जनसंख्या भएको मुलुकमा ‘यो हिन्दू बहुल राष्ट्र हो’ भनेर संविधानमा लेखाउन र त्यसमाथि जनताले स्पष्ट रूपमा आफ्नो भावना ब्यक्त गरिसके पश्चात् ककस्का सामू कति अनुनय बिनय गर्नु पर्ने ?!

निजी छलफलका क्रममा ‘म त हिन्दू राष्ट्र समर्थक हुँ, तर सार्बजनिक रुपमा बोल्न मिलेन’ भन्ने ढोँग पनि अब चाहिएन । अब भेंडा भेंडा तिर र बाख्रा बाख्रा तिर !

६०१ सभासद् भनाउँदा र राजनितिक दलका शीर्षस्थ लगायत नेता भनाउँदाहरूलाई अन्तिम चेतावनी दिउँ ।

तिमीहरू के हौ अब स्पष्ट भन । हिन्दू राष्ट्र समर्थक कि बिरोधी ?

अब ढुलमुले कुरा गर्ने समय सक्कियो । त्यस्ता कुरालाई अब किटान साथ ‘हिन्दू राष्ट्र बिरोधी’ चरित्र भनेर बुझिनेछ । तिमीहरूले साथ दिए पनि वा नदिएपनि यो मुलुक हिन्दू राष्ट्र थियो, छ र रहनेछ ।

संबिधानमा ‘हिन्दूराष्ट्र’ नलेख्न सफल भयौ भने तिमीहरूको तात्कालिक ‘विजय’ होला, तर त्यसपछिको आँधी ब्यहोर्ने ताकत तिमीहरू मध्ये कसैसँग छैन भनेर राम्ररी बुझ्दा हुन्छ ।

जनताले हिन्दू बिरोधी, तिनका पछिल्तिरका नेपथ्यका नायक र पछिल्तिरका पनि पछिल्तिर रहेका खलनायक समेतलाई चिनिसकेका छ्न् । अब यो मुलुकमा जहिले निर्बाचन होला त्यसबेला हिन्दू राष्ट्र अभियानका तमाम् अभियन्ताहरू मुलुक भरी घुम्नेछन् र छानी-छानी ‘यो सनातन हिन्दू बिरोधी हो, यसलाई मत नदिनु’ भनी अपिल गर्दै नकारात्मक प्रचारमा हिड्ने छन् । यो कुराको पूर्व सूचना यी पाखण्डीहरू समक्ष तत्कालै पुगोस् ।

त्यो अवस्थामा कुन चाहिंको के दूर्दशा हुन्छ सम्बन्धित ब्यक्तिले नै आकलन गरून् । यो आंधीलाई ब्यहोर्ने क्षमता कुनचाहिं दाहाल, भट्टराई, सिटौला वा नेम्बाङ्मा छ ? तत्काल आ- आफ्नो ‘चर्च’ वा ‘नियोग’ मा पुगेर सरसल्लाह थालिहाल्ने कि ?

 

1122 Total Views 1 Views Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>