नेपालीको नियति, आत्मरती र यथार्थ

यसरी शुरु भयो यो मुलुकमा पुराना नयाकलेबरकालेन्डूपहरुको राज

नेपाली राजनीतिका ठूला दलालहरुले तिनका मालिकहरुद्वारा तोकिएको काम यस पटक फत्ते गरेनन हामी के रौँ ??

 बाबुराम पौडेल

Baburam Poudel.यो देशको हावा-पानी र माटो सुहाँउदो पञ्चायत व्यबस्था ढालेर देशले गल्तीको शुरुवात गर्यो । अराष्ट्रिय तत्वहरु र विदेशीको रणनीतिको साँठगाँठले त्यो व्यवस्था फालियो । स्मरणीय छ, ६७ बर्ष पुरानो ‘प्रजातन्त्र’ भारतमा आजपर्यंत पञ्चायत राज कायम छ ।

राष्ट्रियताको धरोहर राजतन्त्र (त्यसो त राजसंस्थालाई ६०१ नव-सामन्त / मुलुकमारा भन्दा खराब भनी चित्रित गराइयो, विदेशीको निर्देशनमा) लाई पनि फिजीकरणको रणनीति अन्तर्गत नागरिकता विधेयकमा लालमोहर नदिएकै कारण विदेशी र स्वदेशी दलालहरुको साँठगाँठमा २०५८ मा कत्लेआम गरी २०६४ मा पूर्णाहुति दिइयो ।

यसरी शुरु भयो यो मुलुकमा पुराना र नयाँ कलेबरका ‘लेन्डूप’ हरुको राज ।

भारत रिसाउने गरी नेपालको अरण्य-रोदन चीनले सुनेर नेपाली राजनीतिका विश्वसनीय बर्तमानका खलनायकहरुका पितृ उद्धार गर्छ भन्ने सोच्नु हाम्रो देशको मृतक कूटनीतिलाई श्रद्धाञ्जली दिनु मात्र हो

अहिले मोदीलाई गाली गर्नु बेकार छ, किनभने मोदीको दोष हुँदै होइन । पश्चिमा रणनीति अन्तर्गतको धर्म निरपेक्षता र सांस्कृकित एकताको राष्ट्रियतामा टिकेको यो मुलुकमा कुनै हालतमा फाप्दै नफाफ्ने संघीयता लाद्ने खेलमा मोदी सामेल नभए मोदी राज नै धरापमा पर्छ भन्ने कुरो खोई बुझेको ?

हो त्यही कारण भारत र मोदीलाई गाली गर्नु भनेको ओछ्याँनमा मुतेर न्यानो लिए जस्तै हो । नेपाली कथित राष्ट्रवादको अर्को बचकना र आत्मरत्ती के हो भने नेपालमा भन्दा बीस गुणा धेरै व्यापार भएको भारत रिसाउने गरी नेपालको अरण्य-रोदन चीनले सुनेर नेपाली राजनीतिका अविश्वसनीय बर्तमानका खलनायकहरुका पितृ उद्धार गर्छ भन्ने सोच्नु हाम्रो देशको मृतक कूटनीतिलाई श्रद्धाञ्जली दिनु मात्र हो ।

दुनियाँका शक्तिहरु आफ्नो प्रभाव बिस्तार गर्ने रणनीतिमा खेली आएको कुरा सत्य युग देखि चलि आएको राजनीति हो । सत्य युगमा देवता-दानव, त्रेतामा कैकेईको कूटनीति, द्वापरमा कृष्णको अभीष्ट र धृतराष्ट्रको कुबुद्धि एबम् कलि युगका पछिल्ला दुइटा महायुद्धहरु भन्दा अरु प्रमाण के चाहियो ?

नेपाली राजनीतिका ठूला दलालहरुले तिनका मालिकहरुद्वारा तोकिएको काम यस पटक फत्ते गरेनन् त हामी के गरौँ ?? शक्तिकेन्द्रहरुले नवदलालहरु नियुक्ति गरे ।आगे नवदलालहरुकै मर्जी !!

भूटानीहरुलाई भारतीय रणनीतिमा राज्यबिहीन बनाउने राष्ट्र संघ होइन ?

पावर र पैसा हुनेहरुको संसार हो यो । अमेरिकाले आफ्नो दुश्मन ओसामा विन लादेनलाई आफैँले जन्मायो, पछि अरबौँ खर्च गरे त्यो ‘दुश्मनलाई’ मार्यो ।

ISIS पनि त पश्चिमाहरुको मानस पुत्र हो भन्दैछन् पश्चिमाहरु नै । सिरियाको तानाशाहलाई रुसले जोगाउने र बिद्रोहीलाई अमेरिकाले पाल्ने गर्दा सिरियनहरुको देश सकिएको राष्ट्र संघलाई थाहा छैन र ?

प्यालेष्टाइन खोई ? म्यानमारमा २५ बर्ष प्रजातन्त्र बन्धक भएको राष्ट्र संघले देखेन ? भूटानीहरुलाई भारतीय रणनीतिमा राज्यबिहीन बनाउने राष्ट्र संघ होइन ? अनि नेपालको भू-परिवेष्ठित अधिकार बहाल गर्न राष्ट्र संघको प्रतिनिधि कार्यालय सम्म सांग्लो हो कि माखो देखाउने मौसमी राष्ट्रवादीहरु दुनियाँ हँसाउने उपप्रधानमंत्रीहरूको लस्करले राज गर्ने सिंहदरवार घेरेर ३ दिन भित्र निकाश निकाल भन्न सक्दैनन ??? 

हामी भोका र खोक्रो राष्ट्रवादका हिमायतीहरु भारत, मोदी र एजेण्डा विहीनहरु वा मधेशीहरुलाई अर्घेलो देखाएर सत्ताको घ्यू खानेहरुलाई आराम गर्न दिने कि देश डुबेको हेरेर आँशु झार्ने ?

मिलेको मुलुकलाई मनलागी प्लटिङ्ग गर्ने ख्वामितहरुलाई तराई झरेर जनतालाई ‘तिमीले दिएको द्वन्द्वको पुलिन्दा’ संबिधान बुझाऊ भनेर दवाब दिने कि फेसबुक मार्फ़त भारत बिरोधी खाते टिप्पणीहरुमा लाइक, कमेन्ट गरेर आत्मरत्ती लिने ?

हिन्दीमा एउटा उखान छ, ‘आप तो डूबे सनम्, हमको भी ले डूबे’ ।

यो गरीबको कुरो कस्ले पो सुन्ला र ???????

बाबुराम पौडेल सुरक्षा विज्ञ हुन् । पौडेललाई brampoudel@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

914 Total Views 1 Views Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>