मृत्यु शैय्यामा पुगिसकेको ‘लोकतान्त्रिक गणतन्त्र’

अहिलेको नाकाबन्दीले यो मुलुकका जनतामा मौसमी राष्ट्रवादको पुनर्जागरण गरेको छ  । गजव के छ भने २०४५ को नाकाबन्दी गुलियो लाग्नेहरुलाई अहिलेको नाकाबन्दी तीतो लागेको छ ।

बाबुराम पौडेल

Baburam Poudel.द्वापर युग अन्त्य तिरको महाभारत युद्धका कारणहरु मध्ये हस्तिनापुर नरेश धृर्तराष्ट्रको आफ्ना छोरा दुर्योधनको हठ पूरा गर्ने लाचारी प्रमुख थियो । महाभारत युद्धको खेलमा यदुवंशीहरुको सर्वनाश गर्न कृष्णको अभीष्ट, अदृश्य भूमिका र गान्धार नरेश शकूनीको हस्तिनापुरलाई बर्बाद गर्ने बदलाको खेल पनि कारक थियो । हस्तिनापुर राज्य प्रति वफादार राजगुरु, भीष्म पितामह आदिले नूनको सोझो गर्नुपर्ने धर्मका कारण दुर्योधनको अन्याय, अत्याचारलाई प्रतिरोध गरेर निर्णायक भूमिका निर्वाह गर्न सकेनन् ।

राज्यको आधिपत्यबाट षडयन्त्रपूर्वक बञ्चित गरिएका पाण्डवहरुले पाँच गाउँ भएको इन्द्रप्रश्थ माग गर्दा पनि नपाए पछि पाण्डव र कौरबहरुको युद्ध अनिवार्य बन्यो । भगवत गीता र महाभारत युद्धले आधुनिक राजनीतिका लागि पनि सम्पूर्ण रहश्यहरु सिकाएको छ भनिन्छ । आधुनिक राजनीतिज्ञ सबैले गीता पढुन् भन्ने पनि होइन । तर इतिहास नसुनेको वा राजनीतिमा कूटनीति झिकेको सन्ठ निति र दृष्टिहीनले देश चलाउँछ भने त्यो देश निश्चित रूपले दूर्घटनामा पर्छ, जसरी शिकारु सवारी चालकले साधनलाई भीरबाट खसाल्छ ।

ठीक हस्तिनापुरको मोडमा आज यो देश छ । २७१ बर्ष अघि आधुनिक नेपालको एकीकरण शुरु गर्ने महानायक पृथ्वीनारायण शाहको कूटनीति आधुनिक नेपाली नेताहरुलाई ‘प्रतिगामी’ लाग्यो । ‘टीस्टा देखि सतलजसम्म’ को विशाल नेपाल तत्कालीन शासकहरुको विवेकहीनताले २०० बर्ष अघि खुम्चिएको होइन र ?

हामी नेपाली जनता राजनितिक दलका स्थाई दास हौ ।

अपवादलाई छोडेर २००७ सालदेखि यताका राजा, नेता सत्ता माग्न कुन तीर्थ स्थल गए भन्ने कुरा कस्लाई थाहा छैन ? कसको मध्यस्थतामा नेपाली राजनीतिका पात्र-कूपात्रहरु सत्तासीन भए, कसरी र कसको भूमिकामा नेपाली देशभक्तहरु मारिनु पर्यो, कसरी कस्ले यो मुलुकका प्राकृतिक स्रोतहरुलाई पराइलाई बुझाए ? भन्ने इतिहास ताजा छ ।

शासकहरुमा बुद्धि, विवेक र न्यूनतम गुण भएन भने त्यसको असिमित मूल्य मुलुकले चुकाउनु पर्नेरहेछ र भोट दिने जनता फुर्सदमा पछुताउनु बाहेक अर्को बिकल्प नहुने रहेछ । पञ्चायतलाई कालरात्री भनियो । आज जनता जिउँदै जलाउने, एम्बुलेन्सबाट थुतेर मार्ने, हाटबजारको भीड़मा गोली हान्ने, किनेर भोक मेटन नपाइने, काम गरेर खान्छु भन्न नपाइने, औषधि नपाएर आफन्त गुमाउनु पर्ने र जातीय / क्षेत्रीय युद्ध-सरदारहरुले देश नै बन्धक बनाएर बिखण्डनमा होम्ने यो कुन चाँही ‘स्वेतरात्री’ रहेछ ?

नेपालको अहिलेको हालत यही हो । २०५१ मा बहुमतको आफ्नै सरकार ढ़ाल्ने र बहुमत हुँदाहुँदै संसद विघटन गर्ने कांग्रेसको मति ठीक थियो ? पञ्चायतले खड़ा गरेका उद्योग धरोहरहरुमा कार्यकर्ता भरेर तन्नम् गराएपछि कौड़ीको मोलमा व्यापारीलाई बेचेर देशलाई परनिर्भरताको दुश्चक्रमा हाल्ने को हो ? चुनावमा बहुमत नल्याउने र बहुमतको सरकार ढाल्न कर्मचारी आन्दोलन गराउने, अरुण तेश्रो जलबिद्युत आयोजना असफल बनाउने, महाकाली सन्धिमा राष्ट्रघात नदेख्ने एमाले निति ठीक थियो ? चुनाबमा मत ल्याएर बहुमतले शासन गर्ने प्रजातान्त्रिक प्रणाली बिरुद्ध हतियार उठाउने माओबादी युद्धले गरेको असिमित धन-जनको नोक्सानी जायज मान्न सकिन्छ ? हामीले कुनै राजनीतिज्ञ वा भोट माग्न आउने दललाई प्रश्न सोध्ने आँट गरेनौ, किनभने हामी नेपाली जनता राजनितिक दलका स्थाई दास हौँ । सामन्ती, केन्द्रीकृत शासनबाट शासित भैरहने र ईमानदारीपूर्वक कर तिरेर देश डुबाउनेहरुका कर्तूत माफ गरिरहने हाम्रो सनातनी संस्कृति हो ।

सामन्ती, केन्द्रीकृत शासनबाट शासित भैरहने र ईमानदारीपूर्वक कर तिरेर देश डुबाउनेहरुका कर्तूत माफ़ गरिरहने हाम्रो सनातनी संस्कृति हो ।

अहिलेको नाकाबन्दीले यो मुलुकका जनतामा मौसमी राष्ट्रवादको पुनर्जागरण गरेको छ  । गजव के छ भने २०४५ को नाकाबन्दी गुलियो लाग्नेहरुलाई अहिलेको नाकाबन्दी तीतो लागेको छ / जनता भोकै मर्दा, जिउँदै जलाइँदा र देश डूब्नै लाग्दा पनि नेपाली मोडेलको कथित लोकतन्त्र र संघीय गणतन्त्र धृर्तराष्ट्रहरुलाई फलिफाप भएको छ । भूकम्प र नाकाबन्दीले जर्जर यो मुलुकमा कहिँ नभएको  दुनिया हसाँउने छ जना उपप्रधानमंत्री, देख्नेलाई भन्दा … लाई लाज होइन त ?

फरक के छ भने यो सत्ता प्रति दिल्लीको अरुचि र जनताको बितृष्णा भए पनि भारतको अर्घेलोको कार्पेट मुनि परेको छ र पहिलेका भन्दा राष्ट्रवादी ठानिएको छ । यो बिजुली गएको अन्धकारमा तेल सकिन लागेको टूकी मात्र हो, जुन सकिएपछि अन्धकार अरु चुकिलो हुनेछ । वामपन्थीहरु दलाल हुँदैनन् भन्ने जस्तो भ्रम दुनियामा केही छैन, किनभने अघिल्लो उग्र बामपन्थी सरकारमा दिल्लीले आजसम्मको एक नंबर इमान्दार दलाल पाएको थियो भनिन्थ्यो ।

बुझ्नेका लागि, अल्पमतले बन्धक बनाउने र देश नै डूबाउने कथित यो लोकतान्त्रिक गणतन्त्र भनिने यो भाँडतन्त्रले अल्पायूमै मृत्यूवरण गर्ने देखिँदैछ ।

धृर्तराष्ट्रहरु, आफू सत्ता लिन दिल्ली जाँदा ठीक मान्छन्, अर्को जाँदा बेठीक ! १२ बुँदे दिल्लीमा गर्नु ठीक थियो भने हालै प्रस्तावित ११ बुँदे डिजाइनको अन्तिम निर्णयकालागि दिल्ली जानुलाई कसरी बेठीक मान्ने ? कठपुतलीहरु जसरी अरुले चलाउँछ, त्यसरी चल्ने न हो ! तर नेपाली धृर्तराष्ट्रहरुले सिक्किमको इतिहास पढेका छैनन् जस्तो छ । सिक्किमलाई भारतमा बुझाएपछि लेन्डूप दोर्जेले दिल्लीतिर गुमनाम मृत्यूवरण गरे, जसरी ९० को भूकम्पमा भारदारबाट चन्दा उठाएर जनताको ऋण मिनाहा गर्ने जुद्द शमशेर भाइ-भारदार कै षडयन्त्रबाट दिक्क भएर शासन सत्ता नै छाडी पाल्पाको अर्गलीमा बैराग्य जीविकामा गएका थिए । बुझ्नेका लागि, अल्पमतले बन्धक बनाउने र देश नै डूबाउने कथित यो लोकतान्त्रिक गणतन्त्र भनिने यो भाँडतन्त्रले अल्पायूमै मृत्यूवरण गर्ने देखिँदैछ । होइन भने यी धृर्तराष्ट्रहरुको नियति जुद्ध शमसेर, लेन्डूपहरु जस्तै गुमनामी नै हुने छ ।

आगे प्रभुको मर्जी !

 

1225 Total Views 1 Views Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>