संघे शक्ति कलियुगे

दामोदर कोइराला

राष्ट्रिय अनुसन्धान बिभागका भूतपूर्व कर्मचारीहरू संगठित रूपमा ‘राष्ट्रकालागि अझ केही गरौँ’ भन्ने हेतुले सक्रिय हुँदैछन् र आफ्नो संगठनको दोस्रो साधारण सभा गर्दैछन् ।

Damodar Koiralaयो विभाग मूलतः देशको गुप्तचर संस्था हो र सिद्धान्ततः सुरक्षित राज्य सञ्चालनमा निजामती सेवा, सुरक्षा निकायहरू तथा अन्य विविध व्यक्ति, संस्था, स्थान र प्रक्रियाबाट सूचनाहरू प्राप्त गरी त्यसको वस्तुगत विश्लेषण पश्चात सरकारलाई आवश्यक पर्ने सूचना र सुझाव दिने तथा सरकारबाट माग भएका विषयमा प्रतिवेदन दिने समेतका काम गर्ने हो ।

सरकारका कुनै पनि सेवाका कर्मचारी राज्यले निर्धारण गरेको निश्चित अवधि पश्चात सेवानिवृत्त हुनैपर्छ । सेवा निवृत्तहरूको लामो अनुभव, व्यापक जनसम्पर्क/सम्बन्धका कारण उनीहरूबाट कतिपय ठोस तथा रचनात्मक काम हुनसक्छ ।

सेवामा रहँदा कर्मचारीसंग अधिकार, साधन, स्रोत तथा संगठन हुन्छ र कार्य सहज हुन्छ भने सेवा निवृत्त कर्मचारीसँग रहेको क्षमता र चाहनाले मात्र असलै काम पनि सहज नहुन सक्छ । तसर्थ सँगठनको आवश्यकता अपरिहार्य हुन्छ । यही आवश्यकता महशुस गरी राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारीहरू पनि धेरै वर्षको योजना र मेहनत पश्चात वैधानिकरुपमा संस्था दर्ता गरी अहिले दोस्रो साधारण सभा गर्दैछन् ।

सेवा निवृत्तहरूको लामो अनुभव, व्यापक जनसम्पर्क/सम्बन्धका कारण उनीहरूबाट कतिपय ठोस तथा रचनात्मक काम हुनसक्छ ।

यदाकदा राष्ट्रिय अनुसन्धान विभागप्रति जिम्मेवार व्यक्ति/पदाधिकारीबाट समेत नकारात्मक टिप्पणी हुने गरेको पाइन्छ । विभागलाई दिइएको जिम्मेवारी, छुट्ट्याइएको स्रोत–साधन तथा यस्ता कार्यसम्पादन गर्न व्यवस्था भएको ऐन कानूनको आधारमा हेर्न हो भने यस विभागले सम्पादन गरेका कामहरू समकक्षी कुनै पनि निकायको भन्दा कम गर्व गर्न लायक छैन । तसर्थ, यस्ता अनर्गल कुरा तत्काल खण्डन गरी सही जानकारी दिनु यस विभागका सबै भू.पू. कर्मचारीहरूको पनि दायित्व हो ।

वर्तमान पदासिन कर्मचारीले त केही गर्न नसकेको अवस्थामा भूपू कर्मचारीको यस संगठनले के नै गर्ला र ? भनी संगठन प्रति अविश्वास गर्नु सर्वथा गलत हुन्छ । पहिला हामी पदीय आचरण र अनुशासनमा बाँधिएका थियौ भने अहिले सत्य र यथार्थ कुरा शिष्ट तरिकाबाट राख्न स्वतन्त्र छौ । जस्ले गर्दा भन्नै पर्ने तर चाहेर पनि आजसम्म भन्न नसकेका कुराहरू सरकारसमक्ष प्रस्तुत गर्ने अवसर हामीलाई अब मिलेको छ ।

विभागबाट देश र जनताको हितमा सम्पादित, हालसम्म सार्वजनिक नभएका तर राष्ट्र तथा नागरिकका हितमा प्रकाशन गर्न हुने किसिमका गतिविधि र योगदान सर्वसाधारणको जानकारीमा ल्याउनु उपयुक्त हुन्छ । यसो गर्दा विभागको काममा नागरिकहरूको सहयोग र समर्थन जुट्न जानेछ । यस दिशामा यो संगठनले पहल गर्नु पर्छ ।

विश्वमा प्रभावशाली रुपमा स्थापित जासूसी संस्थाहरूबाट सिकेर अहिलेको भन्दा थप प्रभावकारी र परिणाममुखी काम गर्न विभाग, विद्यमान अन्य सरकारी संयन्त्रका साथै यस विभागका पूर्व तर अनुभवले एक हलसम्म विशेषज्ञ बनेकाहरूको सेवा लिनसक्ने वातावरण/संयन्त्र बनाउनु आवश्यक छ भन्ने कुरामा सरकारलाई उत्प्रेरित गर्न यो संगठनले पहल गरोस् ।

सेवानिवृत्त कर्मचारीहरूको अनुभव विभागीय हितको लागि उपयोग गर्ने वातावरण तयार गर्न संगठन सक्रिय बनोस । यसकालागि विभाग र ताल्लुकदार निकायहरूको पनि गम्भीर ध्यान जान ढिलो नहोस् ।

विश्वमा प्रभावशाली रुपमा स्थापित जासूसी संस्थाहरूबाट सिकेर अहिलेको भन्दा थप प्रभावकारी र परिणाममुखी काम गर्न विभाग, विद्यमान अन्य सरकारी संयन्त्रका साथै यस विभागका पूर्व तर अनुभवले एक हलसम्म विशेषज्ञ बनेकाहरूको सेवा लिनसक्ने वातावरण/संयन्त्र बनाउनु आवश्यक छ भन्ने कुरामा सरकारलाई उत्प्रेरित गर्न यो संगठनले पहल गरोस् ।

नेपालका राष्ट्रसेवक वर्तमान तथा भूतपूर्व कर्मचारी तथा तिनका आश्रित परिवारको औषधि उपचारको निमित्त हाल निजामती कर्मचारीहरूको लागि नागरिक अस्पताल र सुरक्षा निकाय मध्ये राष्ट्रिय अनुसन्धान विभाग बाहेक नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका आ–आफ्नै अस्पतालहरू सञ्चालनमा छन् । नागरिक अस्पताल बाहेक सुरक्षा निकायका अस्पतालहरू तत्–तत् निकायका कर्मचारीहरूको कल्याणकोषबाट सञ्चालित हुन् भने नागरिक अस्पताल निजामती कर्मचारीहरूको योगदानबाट भन्दा पनि मित्रराष्ट्र चीन सरकारको सहयोगमा निर्माण भै नेपाल सरकारबाट सञ्चालनमा छ । नेपाल विशेष सेवाका कर्मचारीहरू पनि निजामती कर्मचारी जस्तै पूर्णरुपमा नेपाल सरकारको कर्मचारी भएका हुँदा र हाल यसको आफ्नै अस्पताल नभएको र हुने सम्भावना समेत नभएकोले निजामती सेवाका कर्मचारीहरूलाई व्यवस्था भए सरह नेपाल विशेष सेवाका कर्मचारीहरूलाई पनि नागरिक अस्पतालमा औषधि उपचार हुने व्यवस्था हुन आवश्यक छ । यसका लागि निजामती सेवालाई समेत विश्वासमा लिई यस संगठनले जोडदार पहल गरोस् ।

संस्थामा कार्यरत रहँदा नेतृत्व र विभिन्न तहका कर्मचारीहरूबीच विभागको कार्यप्रकृतिलाई आवरण बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्दा होस वा वास्तवमा नै विभागीय एवम् राष्ट्रिय स्वार्थ संरक्षण गर्ने क्रममा होस केही मनमुटावहरू भएका होलान् । यस्ता मनमुटावलाई अझै पनि बोकेर हिड्ने प्रवृत्ति रह्यो भने यसले संस्था वा व्यक्ति कसैको पनि हित गर्दैन । तसर्थ पुराना वैमनश्यता छन् भने पनि त्यसलाई छाडेर संगठित हुनुको विकल्प छैन ।

संस्थामा कार्यरत रहँदा नेतृत्व र विभिन्न तहका कर्मचारीहरूबीच विभागको कार्यप्रकृतिलाई आवरण बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्दा होस वा वास्तवमा नै विभागीय एवम् राष्ट्रिय स्वार्थ संरक्षण गर्ने क्रममा होस केही मनमुटावहरू भएका होलान् । यस्ता मनमुटावलाई अझै पनि बोकेर हिड्ने प्रवृत्ति रह्यो भने यसले संस्था वा व्यक्ति कसैको पनि हित गर्दैन । तसर्थ पुराना वैमनश्यता छन् भने पनि त्यसलाई छाडेर संगठित हुनुको विकल्प छैन ।

संगठन पुरानो पदीय सँरचनाको आधारमा नभइ चाहना, क्षमता तथा क्रियाशीलताको आधारमा प्राप्त भूमिकाबाट नै सञ्चालन हुनेछ र पहिलेका गल्ती कमजोरीहरूले स्थान पाउने छैनन् भन्ने कुरामा आश्वस्त हुन जरुरी छ ।

स्मरण रहोस्, कुनै पनि लक्ष्य प्राप्तिका लागि शक्ति चाहिन्छ र कलियुगमा सँगठन नै शक्ति हो ‘संघे शक्ति कलियुगे’ तसर्थ आउनुहोस हामी पनि संगठित हौँ

कोइराला राष्ट्रिय अनुसन्धान विभागका पूर्व उप अनुसन्धान निर्देशक हुन् ।

 

970 Total Views 6 Views Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>