बिरामी बासुदेव मुनाल

बासुदेव मुनाल ।

कुनै बेला रेडियो नेपालबाट प्रशारण हुने बाल कार्यक्रमका सञ्चालक बासुदेव मुनाल बाल–बालिकाका प्यारा बासु दाइ हुनुहुन्छ ।

‘आओ मेरा प्यारा भाइबैनी हो, रेडियो नजिक आओ ।’ रेडियो नेपालबाट साँझ साढे पाँच बजे दैनिक बज्ने बासुदेव मुनालको यो आह्वान अलि अघिको पुस्तालाई अझै ताजा सम्झना छ ।

‘भए पनि ठीकै, नभए पनि ठीकै । पानी खाने निहुँले तिम्रो घरमा आउँला ।’ जस्ता दर्जनौँ लोकप्रिय कालजयी गीतका सुरिला स्वरका धनी, गायक बासुदेव मुनाल अहिले बिरामी हुनुहुन्छ ।

घाँटीको क्यान्सरले ग्रस्त उहाँले अस्पतालको शैय्यामा पनि प्रफुल्ल मुद्रामा गीत गुनगुनाउन छाड्नु भएको छैन ।

तर क्यान्सर जस्तो असाध्य रोगले उहाँलाई गाल्दै लगेको छ । अर्को तिर, उहाँको परिवार माथि महँगो उपचार लगायतको भार थपिँदो छ ।

बासुदेव मुनालका उसबेलाका प्यारा भाइबैनीहरू यस बेला राष्ट्रका विभिन्न क्षेत्रमा जिम्मेवार भूमिकामा होलान्, छन् । अस्पतालको शैय्यामा क्यान्सर जस्तो कडा रोग सँग झुत्ती खेलिराखेका यी मायालू बासु दाइलाई ती प्यारा भाइबैनीहरुले कत्तिको सम्झेका छन् कुन्नी !

2133 Total Views 24 Views Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>